२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

इन्जिनियरको घुस आतंक, पक्राउ गर्ने क्रम जारी


२९७५ पाठक संख्या

प्रल्हाद शर्मा हुमागाई धुलिखेल-आर्थिक बर्षको अन्त्यको समयमा इन्जनियरले घुस आतंक मचचाएका छन् । बिभिन्न बिकास

  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २५, सोमबार मा प्रकाशित ५ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई

    धुलिखेल-आर्थिक बर्षको अन्त्यको समयमा इन्जनियरले घुस आतंक मचचाएका छन् । बिभिन्न बिकास निर्माणको कार्यमा गुणस्तर हिन कार्य गर्न लगाएर आर्थिक उपार्जन गर्न पल्केका उनीहरुले ठेकेदार वा उपभोक्ता समिति समक्ष मिलिमतोमा घुस लिदै आएका छन् । गुणस्तर हिन कार्य गर्नेसंग सहज ढंगबाट मिलिमतोमा आर्थिक कुम्ल्याउने कार्य गर्न पल्केका ईन्जिनियरहरु गुणस्तर युक्त साथै प्रक्रियागत ढंगबाट सम्पन्न कार्य गर्ने ठेकेदार वा उपभोक्ता समितिहरुले सहज ढंगबाट घुस नदिने हुंदा अख्तियार सम्म पुग्न थालेको छ । प्रकृया पुगेका कार्यहरुमा समेत उनिहरुले बिभिन्न बाहना वनाएर घुस लिन थालेपछि छताछुल्ल हुन थालेको छ ।

    सेवाग्राहिहरुसंग घुस लिएर काम कुरो मिलाउन लागेका ईन्जिनियरलाई रंगेहात पक्रियर आवस्यक कारवाही प्रकृया अगाडि बढाएको छ । काभे्र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाल एक लाख ३० हजार रुपैँया घुस सहित पक्राउ परेका हुन् ।
    इन्जिनियर खनालले घुसको कारोवार मिलाउनको लागि धुलिखेलको एक होटलमा सेवाग्राहीलाई बोलाएर घुस लिँदैगरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ खननाललाई पक्राउ गरेको हो ।

    पनौती नगरपालिका वडा नं ११ बल्थलीको बृहत खानेपानी आयोजनाको डिपबोरिङ मेसिन खरिद गर्नको लागि इन्जिनियरले सप्लार्यससँग कुरा गरिदिने भन्दै रकम लिएको खुल्न आएको छ । आयोजना कुल ३ करोड ४१ लाख ३५ हजार लागतमा निर्माण हँुदै गरेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिएका छन् । काभे्र जिल्लामा घुस लिने दिने कार्य बढ्न थालेपछि अख्तियार दुरुपयोग आयोगको ध्यान केन्द्रित भएको छ ।

    त्यसैगरी बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का १ लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट एक लाखसहित इञ्जिनीयर खड्कालाई रंगेहात पक्राउ गरेको थियो ।
    गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग खड्काले घुस मागेको जानकारी प्राप्त भएको छ ।

    त्यसैगरी जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । उनलाई सोमबार विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको जानकारी प्राप्त भएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार