२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगरमा भूमी करको अन्त्य, संवृद्ध पाँचखाल निर्माणको तयारी


३५७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण ९, बुधबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-“कृषि शहर पाँचखाल नगर” भन्ने मुल नारा लिएर अगाडी बढेको पाँचखाल नगरलाई नमुना ढंगको नगरको रुपमा अगाडी बढाउने उद्देस्यले भूमी करको अन्त्य गर्ने तयारी गरेको छ ।

    नगर वासिहरुको हित साथै नगरको विकासको लागि नगरले सम्पत्ति करको व्यवस्था गरेको छ । नगरको कार्यक्षेत्र भित्र रहेका भूमीहरुको पहिचान गरी चलन चल्तीको मुल्य र मालपोत कार्यालयले निर्धारण गरेको मुल्यलाई मध्यनजर राख्दै सम्पुर्ण वडाको सुझावको आधारमा भूमिको मुल्य निर्धारण गरी सम्पत्ति करको व्यवस्था गरेको हो ।

    सम्पत्ति कर व्यवस्थापन कार्यविधिको बारेमा सरोकारवालाहरुसंगको छलफल कार्यक्रममा नगरका प्रमुख (मेयर) महेश खरेलले संवृद्ध पाँचखाल निर्माणको लागि भूमीकरको अन्त्य गर्दै सम्पत्ति करको सुरुवात गरेको बताउनु भयो । नगरवासिहरुको हितको खातिर सम्पुर्ण सरोकारवालाहरुसंग व्यापक छलफल गरी जनप्रतिनिधिहरुको सुझाव साथै सल्लाहको आधारमा सम्पत्तिकरको व्यवस्था गरेको बताउनु भयो । नगरले कुनैपनि नगरवासिहरु समस्यामा नपरुन भन्ने ढंगबाट ३५ सिर्षकमा करको दायरा तयार गरेको बताउनु भयो ।

    छलफल कार्यक्रममा मेयर खरेलले थप्नुभयो नगरको प्रमुख आम्दानिको स्रोत भनेकै सम्पत्ति कर हो, अन्य कुनै भरपर्दो स्रोत नभएको बताउनु भयो । नगरभित्र धेरै उद्योगहरु, साथै अन्य स्रोत नभएको बताउनु भयो । आर्थीक बर्ष ०७५÷०७६ मा आन्तरीक स्रोतबाट ५ करोड कर संकलन गर्ने लक्षका साथ नगर अगाडि बढेको बताउनु भयो । नगरको बिकासको लागि आन्तरिक स्रोत मजबुत हुनुपर्ने भएकोले सम्पत्ति करको व्यवस्था गर्ने तयारी गरेको बताउनु भयो ।

    त्यसैगरी कार्यक्रममा पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले नगरमा करले पारेको प्रभावलाई न्युनिकरण गर्दै अगाडि बढ्ने बताउनु भयो । करदाताहरुलाई सम्पत्ति करको बारेमा सहज ढंगबाट जानकारी गराउने उद्देस्यले घरघरमा फाराम पठाउने व्यवस्थाको साथै करको वारेमा पुर्ण जानकारी गराउने तयारी गरेको बताउनु भयो । नगरको कार्यक्षेत्र भित्र रहेका सम्पुर्ण व्यवसायीहरुलाई समेत करको दयरामा ल्याउने बताउनु भयो । कर दाताहरुको सुबिधालाई मध्य नजर राख्दै आगामी पुष मसान्त भित्र सम्पत्ति कर बुझाउनेलाई १० प्रतिशत छुटको व्यवस्था मिलाएको बताउनु भयो ।

    छmफल कार्यक्रममा उद्योग वाणिज्यसंघ पाँचखाल प्रमुख राजन कार्की, नेकपा प्रतिनिधि मणि गौतम, व्यवसायी सरोज सापकोटा, समाजसेवि विजय चन्द्र जोशि लगायतले सम्पत्ति कर लगाउनु राम्रो भएको वताउंनु भएको थियो ।

    नगरले तयार गरेको करको दायरा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार