२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरल ढंगको सम्पत्ति कर लागु भयो पाँचखालमा, आजको बिषेश नगरसभाबाट पारीत


३२८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • आइ.आर.के.मैनाली

    पाँचखाल-पाँचखाल नगरपालिकाले विगतमा सार्वजकि गरेको सम्पत्ति करलाई सम्सोधन गरी सम्बभत मुलुककै कम सम्पत्ति करको दायरा निर्धारण गरेको छ । लामो छलफल र बहसको आधारमा मुलुकै भरको निर्धारित करको दाएरालाई मध्यनजर राख्दै नगरवासिहरुको हितको लागि न्युन कर निर्धारण गरेको जानकारी प्राप्त भएको छ ।

    नेकपा पाँचखाल नगर कमिटि, नेपाली काँगे्रस पाँचखाल नगर समिति र उद्योग बाणिज्य संघ साथै स्थानियहरुको सुझाव समेतलाई मध्यनजर राख्दै करको दर निर्धारण गरेको नगरका प्रमुख महेश खरेलले जानकारी गराउनु भएको छ । कार्यपालीकामा छलफल गरी बिशेष नगर शभा मार्फत करको दायरा निर्धारण गरेको खरेलले बताउनु भयो । पाँचखाल नगरमा रहेका सम्पुर्ण जनप्रतीनिधिहरु बिच अत्यन्तै सोहार्दपुर्ण वातावरण भएकोले नगरको हितको लागि कुनैपनि कार्य गर्न सहज भएको खरेलले बताउनु भयो ।

    नगरका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाइले नयाँ अभ्यास अनुसार करको दायरा निर्धारण गर्दा जिल्लामा रहेका अन्य नगर र पाँचखाल नगरमा खासै भिन्नता नदेखिएकोले संसोधन गर्नु परेको बताउनु भयो । पाँचखाल नगरका जनप्रतीनिधिहरुले हरेक कार्यमा नयाँ र वैज्ञानिक बिधि अपनाएर अगाडि बड्ने सोच अनुसार करको दाएरा पनि न्युन काएम गरेको बताउनु भयो । जिल्लाका अनय नगरको तुलनामा धेरै कम छ । जसमाकि धेरै जग्गा जमिन हुनेले बिगतमा तिरेको मालपोत कार भन्दा खासै फक नपरेको बताउनु भयो । नगरवासिको कर तिर्न सक्ने क्षमता साथै आय स्रोतलाई मध्य नजर राख्दै निर्विवाद ढंगबाट करको दाएरा निर्धारण गरेको बताउनु भयो ।

    करकै बिषयमा नेकपाका नेता मणिराज गौतमसंग सम्पर्क गर्दा पाँचखालका सम्पुर्ण राजनैतिक दलहरु साथै नगरवासिका बिचमा व्यापक छलफल गरी करको दाएरालाई निर्धारण भएकोमा उपलब्धी मान्न सकिन्छ । तर पनि अझै पुर्ण भएको छैन, समग्र रुपमा समाजमा रहेका बर्गीय धरातललाई आधार मान्य हो भने जुन बर्गले लाभ र राहत महसुस गर्नु पर्ने थियो तर त्यो खालको खासै आधार रहेको छैन, र पनि समग्र स्थानिय तहले लगाएको करको दायरालाई पाँचखालसंग तुलना गर्दा आवरणमा राहतनै अनुभुती गराउने खालको रहेको बताउनु भयो ।

    त्यसैगरी नेकपाका नेता बिस्णुहरी पौडेलसंग सम्पर्क गर्दा अन्यत्रको तुलनामा करको दायरा कमै भएपनि अझै बैज्ञानिक ढंगको नभएको बताउनु भयो । विपन्न बर्ग र धनाढ्य बर्गमा निर्धारण गरेको करको भिन्नतामा त्यती बैज्ञानिक ढंगको नरहेको बताउनु भयो । नेकपाले जारी गरेको अवधारणा पत्रमा निकै वैज्ञानिकता समावेस गरेपनि करको दाएरा निर्धारण गर्दा त्यसो हुन नसकेको बताउनु भयो ।

    त्यसैगरी नेपाली कांग्रेस पाँचखाल नगर समितिका सभापति गणेश अधिकारी संग सम्पर्क गर्दा पाँचखाल नगरका मेयर लगाएत सम्पुर्ण जनप्रतीनिधिले नगरवासिको हितको लागि राम्रो कार्य गरेको वताउनु भयो । अन्यत्र जनतालाई ठुलो करको भारी बोकाएको समएमा पाँचखालका जनप्रतीनिधिले नगरवासिको हितको लागि कार्य गरेको बताउनु भयो । नेपालि काँग्रेस, नेकपा साथै उद्योग बाणिज्य संघ पाँचखलको र नगरवासिहरुको सुझावलाई जनप्रतीनिधिहरुले अक्षरस पालना गरेकोमा खुसि व्यक्त गर्नु भयो । उहाँले थप्नुभयो पाँचखाल वासिले तिरेको करलाई दुरुपयोग हुन नदिई जनतालाई प्रत्याभूती देखाउने बिषयमा जनप्रतीनिधिले सोच्नु पर्ने बताउनु भयो । जनताले तिरेको करलाई व्यवस्थित गर्दै जनताको चाहना अनुसारको बिकास निर्माण हुनुपर्ने बताउनु भयो । यदि संकलित कर दुरुपयोग वा चुहावट भएमा नेपाली कांग्रेस चुप नरहने “पर्ख र हेरको” नीति लिने बताउनु भयो ।

    उद्योग बाणिज्य संघ पाँचखालका अध्यक्ष राजन कार्कीले पाँचखालवासी जनताको क्षमतालाई मध्य नजर राख्दै अन्यत्रको तुलनमा करको दायरा अत्यन्त कम निर्धारण भएको बताउनु भयो । पाँचखाल कृषि नगरीको रुपमा अगाडी बढेको र आम कृषकहरुको आम्दानिलाई मध्य नजर राख्दै निर्धारण गरेको करको दाएरा स्वागत योज्ञ रहेको बताउनु भयो । पाँचखालले संसोधन गरी हाल जारी गरेको वैज्ञानिक ढंगको करको दाएराले नगरवासिहरुलाई सहज भएको साथै करको बिषयमा अन्यत्रको तुलनामा नयाँपन दिएको बताउनु भयो ।

    पाँचखालमा निर्धारण गरेको करको दाएरा

     आर्थिक ऐन, २०७५ मा संशोधन – पाँचखाल नगरपालिकाको आर्थिक ऐन, २०७५ को
    दफा २ को उपदफा (२) संग सम्वन्धित अनुसूची १ मा उल्लेखित सम्पत्ति करको दरको सट्टा देहायको सम्पत्ति करको दर राखिएको छ ।
    क्र.स विवरण निर्धारित सम्पत्ति कर कैफियत

    १. रु. १ देखि अधिकतम रु. २० लाख सम्म रु. २० रुपैया प्रति लाख
    २. रु. २० लाख १ देखि अधिकतम रु. ४० लाख सम्म रु. २५ रुपैया प्रति लाख
    ३. रु. ४० लाख १ देखि अधिकतम रु. १ करोड सम्म रु. ३० रुपैया प्रति लाख
    ४. रु. १ करोड १ देखि अधिकतम रु. ५ करोड सम्म रु. ३५ रुपैया प्रति लाख
    ५. रु. ५ करोड १ देखि माथि जत्ति भए पनि प्रति हजार ७० पैसा थप सम्पत्ति कर लाग्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार