२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा प्राङ्गारीक कृषि सङ्कलन केन्द्र बन्दै


४७४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र १५, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल। कृषि नगरिकाे रुपमा अगाडि बढेकाे पाँचखाल नगरमा उत्पादन भएकाे प्राङ्गारिक कृषि उपजहरुकाे सङ्कलन गरी बिकृ वितरणकाे लागि सङ्कलन केन्द्र बन्ने भएकाे छ ।

    प्राङ्गारिक कृषि उपज सङ्कलन केन्द्र वनाउने बिषयमा नगरका प्रमुख महेश खरेलसग सम्पर्क गर्दा कृषि नगरिकाे रुपमा अगाडि बढेकाे पाँचखालमा उत्पादन भएकाे कृषि उपजमा बिषादी नभएकाे र त्यस्ता तरकारि उत्पादन गर्ने कृषककाे फाइदा साथै उपभाेक्ताहरुकाे हितकाे खातिर सङ्कलन केन्द्रकाे व्यवस्थापन गर्न लागेकाे बताउनु भयाे । उहाँले थप्नुभयाे प्राङ्गारिक तरकारिकाे पहिचान गर्ने मेसिनकाे व्यवस्था गरि पहिचान गरेर मात्र सङ्कलन केन्द्र बाट खरीद बिकृ गर्ने वताउनु भयाे । सङ्कलन केन्द्र सन्चालनकाे लागि समितिकाे गठन गरि साेही समिति मार्फत अगाडि बढ्ने बताउनु भयाे ।

    त्पाँयसैगरि चखालमा गरीने तरकारि खेतिमा बिषादी न्युनिकरण गर्दै प्राङ्गरीक तरिकाले खेती गर्न कृषकहरुले अग्रसरता देखाएपछि त्यस्ता उत्पादनकाे छुट्टै पहीचान राख्ने उद्देश्यले सङ्कलन केन्द्र बनाउन लागेकाे पाँचखाल नगरपालिका वडा न ६ का वडाध्यक्ष रामशरण दुलालले वताउनु भयाे ।

    वडाध्यक्ष दुलालका अनुसार पाँचखाल वडा न ६ मा पर्ने साउने खाेल्चाेेमा रहेकाे सार्वजनिक जग्गामा सङ्कलन केन्द्र बनाउन लागेकाे वताउनु भयाे । साे कार्यकाे लागि ८लाख वजेटकाे व्यवस्था गरेकाे वताउनु भयाे । सङ्कलन केन्द्र निर्माण हुने स्थान अरनिकाे राजमार्ग नजिक साथै सवैलाइ पाएक पर्ने स्थान भएकाेले कृषक तथा उपभाेक्ताकाे लागि समेत सहज हुने वताउनु भयाे । साे सङ्कलन केन्द्रबाट थाेक तथा खुज्रामा तरकारिहरु सुपथ मुल्यमा बिकृ वितरणकाे व्यवस्था मिलाउने बताउनु भयाे ।

    बिगत २२ बर्ष देखि पाँचखाल र अासपासकाे स्थानमा कार्य गर्दै अाएकाे लवगृन नेपाल नामक सस्थाले पछिल्लाे समएमा अाएर पाँचखालमा प्राङ्गारिक खेती गराउने कार्लाइ सघाउदै अाएकाे छ । सस्थाले कृषक पाठशालाहरुकाे सन्चालन गर्दै कृषकहरुलाइ प्रङ्गारिक तरीकाले खेती गराउदै अाएकाे छ । जसवाट तुलनात्मक रुपमा उत्पादन राम्रो भएकाेले कृषकहरु साे खेती तर्फ अाकर्षण भएका छन् । साे सस्थाले समेत सङ्कलन केन्द्रलाई सघाउने जानकारीी प्राप्त भएकाे छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार