२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा खुल्ला कराते प्रतियोगिता


७३६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र १७, आईतबार मा प्रकाशित ५ साल अघि
  • अशोक कुइकेल /पाँचखाल । नेपाल सोतोकाना कराते डोजो संघ काभे्रको आयोजना तथा गोल्डेन फ्युचर उ.मा.विको सहयोगमा पाँचखाल नगर स्तरीय खुल्ला कराते प्रतियोगिता सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका मेयर महेस खरेलले नगरमा रहेका समपुर्ण खेलकुुद प्रतियोगिताको लागि आफुले साथ र सहयोग गर्ने वताउनु भयो । उहाँले थप्नुभयो कुनैपनि प्रकारको खेलकुदले युवाहरुलाई सक्रिय गराउनुको साथै स्वस्थ्य रहन टेवा मिल्ने बताउनु भयो ।

    कार्यक्रममा प्र्रमुख अतिथि खरेलले भन्नुभयो शिक्षा, रोजगारी बाट वचेको समएको सदुपयोग गर्दै युवाहरुलाई करातेमा सहभागी गराउनु भनेको सकारात्मक भएकोले त्यस्तो सकारात्मक कार्यको लागि पाँचखाल नगर र आफ्नो व्यक्तिगत तर्फबाट समेत आर्थिक सहहयोग गर्ने बताउनु भयो ।

    खेलकुद कार्यमा युवाहरु सहभागी हुंदा फुर्सदको समयको सदुपयोग हुने भएकोले त्यस्ता युवाहरु कुनैपनि प्रकारको कुलतमा नफस्ने ठोकुवा गर्नुभयो । खेलकुदले अनुशासन सिकाउजने हुनाले त्यस्ता अनुशासित युवाहरुबाट मुलुक निर्माणमा टेवा मिल्ने बताउनु भयो । सम्पुर्ण अनुसासित युवाहरुको साथ र सहयोगबाट पाँचखालको हित हुने भएको भन्दै पाँचखालको हितकको लागि युवाहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

    कार्यक्रमका बिशेष अतिथि नेपाल सोतोकान कराते डोजो संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एवं गोल्डेन फ्युचर उमाविका संचालक समितिका अध्यक्ष बद्रीबहादुर महतले आफु पाँचखाल वासी नभएपनि पाँचखाल र आसपासको क्षेत्रमा शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गर्ने उद्देश्यले गोल्डेन फ्युचरमा प्रवेश गरेको वताउनु भयो । पाँचखालमा आमुल परिवर्तन गर्ने उद्देश्यका साथमा काठमाडौबाट आएको शिक्षाको साथै कराते खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा समेत पुर्याउने उद्देश्यले अगाडी बढेको बताउनु भयो । पाँचखालको खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनु भनेको पाँचखालको परिचय गराउनु भएकोले आफु सो ढंगको कार्यको लागि अगाडी बढेको वताउनु भयो ।

    बिशेष अतिथि महतले थप्नुभयो जुन ठाउउंमा अनुशासनको विकास हुन्छ सो स्थानको हित हुने भएकोले कराँते मार्फत युवाहरुलाई अनुशासित वनाउंदै आफ्नो जन्म थलो, जन्मभूमी साथै कर्म थलोको हितको लागि युवाहरुलाई अग्रसर गराउने उद्देश्येले नगर स्तरिय खुल्ला कराते प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।

    गोल्डेन फ्युचर उमाबिका प्रिन्सिपल एवं नेपाल सोतोकान कराते डोजो संघ काभे्रका अध्यक्ष बिशाल घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा डोजो संघ केन्द्रिय अध्यक्ष धिर्जेमान लगाएतले युवाहरुलाई करातेमा सहभागिको आवश्यकता र महत्वको बारेमा बताउनु भएको थियो भने गोल्डेनका शिक्षक रमेश कुमार डुंगानाले स्वागत मन्तव्य राख्नु भएको थियो । नेपाल सोतोकान डोजो काभे्रका उपाध्यक्ष राममणि दुलालबाट संञ्चालन भएको उक्त कार्यक्रममा पाँचखाल नगगरका जनप्रतीनिधिहरु बिभिन्न विद्यालयका प्रिन्सिपलहरु, समाजसेवीहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेहरुलाई प्रमुख अतिथि खरेललबाट प्रसंसा पत्र वितरण गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार