२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल नगरको बार्षिक समिक्षा सम्पन्न, विकास निर्माण कार्यमा वडा नं १० उत्कृट


२९३८ पाठक संख्या

पाँचखाल-पाँचखाल नगरपालिकाको गत आ.व ०७४। ०७५ मा सम्पन्न वार्षिक विकास कार्यक्रम तथा नगरपालिकाबाट सम्पन्न बिभिन्न

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन १३, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिकाको गत आ.व ०७४। ०७५ मा सम्पन्न वार्षिक विकास कार्यक्रम तथा नगरपालिकाबाट सम्पन्न बिभिन्न क्रियाकलापको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले ०७४ । ०७५ मा सम्पन्न बिकास निर्माणको वारेमा जानकारी गराउनु भएको थियो । जसमा आय तर्फ ४९ करोड ४३ लाल ४५ हजार ६ सय ४९ रहेकोमा ३९४ वटा बिभिन्न बिकास निर्माणको कार्यको लागि वजेट विनियोजन भएपनि ३५६ सम्पन्न भई ३८ वटा कार्य अधुरै रहेको जसको लागि ३९ करोड ६९ लाख ७१ हजार ७ सय ९८ वजेट खर्च भएको जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा चापागाईले भन्नुभयो नगरका उप—मेयर लक्ष्मी दनुवारको संयोजकत्वमा गठित अनुगमन समितिका अनुसार ०७४ । ०७५ को विकास निर्माणको कार्यमा सबभन्दा उत्कृष्ट कार्य गर्दै शत प्रतिसत प्रगति हासिल वडा नं १० ले गरेको जानकारी गराउनु भयो । सो वडाले समयमै निर्धारित सम्पुर्ण बिकास निर्माणको कार्य सहज ढंगबाट सम्पन्न गराउन सफल भएको वताउनु भयो । त्यसैगरी तुलनात्मक रुपमा वडा नं १२ को विकास निर्माण कार्यमा ३४ वटा कार्य अधुरै रहेको जानकारी गराउनु भयो । सो वडामा ६८ प्रतिशत मात्रै प्रगति हासिल गरेको बताउनु भयो । त्यसैगरी सय प्रतिशत प्रगति हासिल गर्ने वडामा वडा नं ५, ६ , ७ ,१३ रहेको छ । सवभन्दा वडी योजना रहेको वडा नं १२ जसमा ५० वटा योजना रहेको थियो भने सवभन्दा कम योजना वडा नं १३ मा १२ वटा रहेको छ ।

    समिक्षा कार्यक्रमका सभाध्यक्ष एवं नगरका उप—प्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरलाई समृद्ध बनाउनको लागि नगरका सम्पुर्ण जनप्रतीनिधिहरु एक ढिक्का भएर अगाडी बढेको वताउनु भयो । नगरवासिहरुको सुझाव र सल्लाहको आधारमा नगरको विकास निर्माण लगाएतको कार्यलाई अगाडी बढाएको बताउनु भयो । नगरको दिगो बिकासको लागि जनप्रतीनिधिहरु अगाडिी बढ्नुपर्ने बताउंदै वडामार्फत हुने विकास निर्माणको कार्यको लागि वडाध्यक्ष मात्र नभई वडामा रहेका वडा सदस्यहरुको भुमिका सकृय हुनुपर्ने वताउनु भयो ।

    कार्यक्रममा नेकपाका नेता मणिराज गौतमले विकास निर्माण कार्यमा उत्कृष्ट कार्य गर्न सफल वडा नं १० को कार्यलाई अरुवडाहरुले समेत पच्छ्याउनु पर्ने वताउनु भयो । उहाँले थप्नुभयो उप—मेयरकै वडा वडा नं १२ मा अन्य वडाको तुलनामा धेरै योजना रहेको र सोही वडामा कार्य सम्पन्न नभई ३४ योजना अधुरै रहनुले सकारात्मक शंदेस नदिएको बताउनु भयो । नगरले वजेट विनियोजन गर्दा भौतीक निर्माणको साथै नगरवासिको जिवन स्तर उकास्ने साथै आय आर्जनको पक्षमा ध्यान दिनु पर्ने वताउनु भएको थियो ।

    शिता तामाङबाट संञ्चालित उक्त कार्यक्रममा नगरका शाखा अधिकृत रोशन पुनले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा लवग्रीन नेपालका कार्यक्रम संयोजक नारायण ज्ञवाली, पत्रकार महांसंघ काभे्रका प्रतीनिधि लक्ष्मण तिमल्सिना, वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकाल, वडा नं ९ का वडाध्यक्ष किरण श्रेष्ठ लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार