२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा पानी ल्याउन २ अर्ब २१ करोडको लागत, उपभोक्ताले रकम जम्मा गर्ने कार्य तिब्रगतिमा


३५९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ कार्तिक २१, बुधबार मा प्रकाशित ५ साल अघि
  • आइ.आर.के मैनाली
    पाँचखाल-पाँचखाल नगरपालिकामा वसोवास गर्ने नगरवासिहरुको पिउने पानीको समस्या समाधानको लागि सुरु भएको योजनाको लागत २ अर्ब २१ करोड रहेको छ । आगामी मंसिर मसान्तबाटै योजनाले कार्य सुरु गर्ने तयारी गरेकोले उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकम जम्मा गर्ने कार्य तिब्र गतिले अगाडी बढेको छ ।

    सुनकोशी पाँचखाल खानेपानी उपभोक्त समितिको नाउमा पाँचखाल नगरमा रहेको कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडमा खाता खोली रकम जम्मा गर्ने कार्य सुरु भएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी गराउनु भयो । योजना संचालन गर्न उपभोक्ताहरुको तर्फबाट जम्मागर्नुपर्ने कुल ११ करोड ५ लाख रहेको छ । हालको सर्वेक्षण अनुसार ५ हजार ९ सय उपभोक्ता रहेको र प्रति उपभोक्ताले १८ हजार जम्मा गर्नुपर्ने भएको सोही अनुसार जम्मा गर्ने कार्य भएको छ । सो रकम जम्मा गरेपछी उपभोक्ताले घरघरमा धारा जडानको लागि पुन शुल्क तिर्नु नपर्ने जानकारी प्राप्त भएको छ ।

    ०७२ बैशाख १२ गते गएको विनासकारी महाँ भुकम्पको कारण पाँचखालमा पानीको स्रोत घटेकोले विगतमा भएको स्थानिय मुलहरु पुर्ण रुपले सुकेको छ । स्थानिय मुलहरु सुकेपछि इनार र बोरिङ्गको भरमा पानीको व्यवस्था गर्दै आएकोमा सो पानीको स्रोतहरु पनि घट्दै जान थालेको अवस्थामा तत्काल दिर्घकालिन सोचको अवस्था सृजना नभएमा पाँचखालमा पानीको ठुलो समस्या पर्ने भएकोले बृहत दिर्घकालिन योजनालाई अगाडी बढाएको छ । स्थानिय तहबाट पानीको व्यवस्थाको लागि अन्य बिकास निर्माणको वजेटलाई कटाएरै भएपनि वजेट व्यवस्था गर्दै गरेको अवस्थामा भरपर्दो ढंगको नभएकोले अव सानातिना पानीको योजनालाई लगानि गरेर समस्य समाधान नहुने भएकोले पाँचखाल नगर दिर्घकालिन योजनाको लागि अगाडी बढेको नगर प्रमुख महेश खरेलले बताउनु भयो ।

    मेयर खरेलका अनुसार म लगाएत सवै राजनीतिक दलका नेताहरुले स्थानिय तहको निर्वाचनमा पाँचखाल नगरमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने वचन दिएका थियौं । सोही सवै नेताको वचन पुरा गर्ने कार्यमा सवै दल लागि परेको छ, नगरको नेतृत्व आफुले सम्हालेकोले सो वचनलाई पुरा गर्ने बिषयमा निरन्तर लागि परेको बताउनु भयो । पाँचखालमा पौरानिक मुलहरु त, केही वर्ष अगाडिनै सुकिसकेको र विकल्पको रुपमा इनारको माध्यम अपनाएको सो पनि सुक्न थालेपछि बोरिङ्ग गरी पानीको व्यवस्था गरेकोमा सो स्रोत पनि भरपर्दो नभएको कतिपय सुक्न थालेकोले दिर्घकालिन स्रोतको व्यवस्था गरी अगाडी वढ्ने तयारी गरेको वताउनु भयो ।

    पाँचखाल नगरमा दिनपरदिन पिउने पानीको अभाव हुन थालेपछी दिर्घकालिन रुपमा पानी व्यवस्थापन गर्ने कार्यको लागि सुनकोशी पाँचखाल खानेपानी उपभोक्त समितिको पहलमा पानी ल्याउनको लागि तयारी भएको छ । उक्त योजना मार्फत प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने भएको छ ।

    सुनकोशि पाँचखाल खानेपानी उपभोक्ता समितिको पहलमा दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने भएको हो । उपभोक्ता समितिका अनुसार आगामि मंसिर भित्र रकम जम्मा गर्न सके दुई बर्ष भित्र सम्पन्न गर्ने लक्षका साथ अगाडी बढेको छ ।
    उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकम नगर वा अन्य कुनै संघ संस्थाले जम्मा गरेर नहुने हुंदा उपभोक्त स्वयंले आप्mनो अपनत्वको लागि उपभोक्ता स्वयंले रकम जम्मा गर्नुपर्ने र सो रकम लागतमै थपिने जानकारी प्राप्त भएको छ । काम सुरु भएको दुई बर्ष भित्रमा पानी बितरण गर्ने र पानी उपभोग गरे बापतको न्यूनतम शुल्क बाट मर्मत सुधार तथा कर्मचारी व्यवस्था गर्ने जानकारी प्राप्त भएको छ । निर्धारित समयमा उपभोक्ताहरुले जम्मा गर्नुपर्ने रकम जम्मा गर्न नसकेमा योजना संचालन हुने बिषयमा समस्या हुन सक्ने जानकारी प्राप्त भएको छ । उपभोक्ताले जम्मा गर्नुपर्ने रकम जति छिटो जम्मा ग¥यो त्यतिनै छिटो काम सुरु हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार