२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्राविको दरबन्दिले माध्यमिक विद्यालय संञ्चालन, विना दरबन्दि धेरै विद्यालय संञ्चालन भएको छ रोशिमा


२४०७ पाठक संख्या

आइ.आर.के मैनाली रोशि-काभे्र जिल्लाको रोशि गाउंपालिकामा रहेका माध्यमिक विद्यालयहरु प्राथमिक विद्यालयको दरवन्दिको आधारमा संचालन हुदै

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर २६, बुधबार मा प्रकाशित ५ साल अघि
  • आइ.आर.के मैनाली
    रोशि-काभे्र जिल्लाको रोशि गाउंपालिकामा रहेका माध्यमिक विद्यालयहरु प्राथमिक विद्यालयको दरवन्दिको आधारमा संचालन हुदै आएको छ । त्यतिमात्र नभई कतिपय विद्यालयमा शिक्षा कार्यालयले दरवन्दि नदिदा समेत स्थानियहरुले आर्थिक संङ्कलन गरेरै भएपनि विद्यालय संञ्चालन गर्दै आएका छन् ।

    रोशि गाउंपालिका ११ (भिमखोरी)मा रहेको भिमेश्वर माध्यमिक विद्यालय र जुगेश्वर माध्यमिक विद्यालयमा प्राथमिक दरबन्दि ५÷५ वटा रहेको छ सोही दरबन्दिको आधारमा संञ्चालन भएको उक्त दुई विद्यालयमा गरी करिव ५ सय विद्यार्थी रहेका छन् । त्यसैगरी रोशि ११ मै रहेका आदर्श प्राथमिक विद्याल र कृष्ण आधारभुत विद्यालय, वडा नं ४ मा रहेको ज्वालादेवी प्राथमिक विद्यालय, वडा नं ६ मा रहेको कालिदेबि आधारभुत विद्यालय, वडा नं ५ मा रहेको गणेश आधारभुत विद्यालय, वडा नं ८ मा रहेको इन्द्रोदय आधारभुत विद्यालय र रङ्गीन नेपाल प्राथमिक विद्यालय गरी ७ विद्यालयमा जिरो दरबन्दि रहंदा पनि संचालन भई रहेको छ ।

    त्यसैगरी रोशिकै कतिपय विद्यालयमा शिक्षक छन् तर विद्यार्थी छैनन्, कतै विद्यार्थी छन् शिक्षक छैनन् । जसमा विन्धवासिनि प्राथमिक विद्यालयमा शिक्षक दरबन्दि ४ रहेका छन् तर विद्यार्थी दैनिक रुपमा ८-१० जना मात्र उपस्थित हुन्छन् । त्यस्तै सरस्वती प्राथमिक विद्यालयमा शिक्षक दरवन्दि २ रहेका छन् तर विद्यार्थी अत्यन्त कम रहेका छन् । विगत लामो समयदेखि शिक्षक दरवन्दिको समस्या साथै जिरो दरबन्दिमा विद्यालय संचालन भई रहंदा समेत सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा समस्या आएको होे । विद्यार्थीनै नभएका विद्यालयमा शिक्षक दरबन्दि हुनु साथै जिरो दरबन्दिमा विद्यालय संचालन हुदा समेत सम्बन्धित निकायको अपारदर्शीता साथै गुलामिपनले गर्दा विद्यार्थिहरुको भविश्य अन्धकार तर्फ धकेलिदै छ ।

    रोशि गाउंपालिकाका शिक्षा प्रमुख भिम भट्टराईका अनुसार गाउंपालिकामा जम्मा ६९ विद्यालयहरु रहेको छ । जसमा प्राथमिक विद्यालय ४७, आधारभुत विद्यालय ६ र माध्यमिक विद्यालय १६ रहेको छ । १६ माध्यमिक विद्यालय मध्य ६ वटामा १२ सम्म र लक्ष्मी नारायण माध्यमिक विद्यालयले प्राविधिक शिक्षा अन्तर्गत कृषि संकाय संञ्चालन गर्दै आएको छ । त्यसैगरी बालबिकास केन्द्र ६८, क्याम्पस १ , सामुदायिक सिकाई केन्द्र ४ रहेका छन् । नीजि तर्फ प्राथमिक विद्यालय ३, आधारभुत विद्यालय १ र माध्यमिक विद्यालय २ रहेको छ । रोशि गाउंपालिकामा रहेको सवै विद्यालयहरुमा २ सय ९ शिक्षक दरबन्दि रहेको छ सोही दरबन्दिको आधारमा करिव ७ हजार विद्यार्थी अध्ययन रत रहेका छन् ।

    शिक्षा प्रमुख भट्टराईका अनुसार गाउंपालिकाले शिक्षाको क्षेत्रमा बिकास गर्ने वारेमा ध्यान दिईरहेको छ । आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमात्र पालिकाको विकास हुने रोशि गाउंपालिका प्रमुख डि.बि लामाकको भनाई रहेको छ । पछिल्लो समयमा आएर रोशिका विद्यालयहरुमा सिकाई बिधिमा व्यापक सुधार भएको छ । पालिकाले प्रारम्भिक साक्षरता तथा गणित कार्यक्रम २० स्थानमा सुरु गरेको छ र सो कार्यक्रमको लागि २० लाख बजेटको व्यवस्था गरेको भट्टराईले बताउनु भयो ।

    प्रमुख भट्टराइले थप्नुभयो विगतमा रोशिको शिक्षामा सम्बन्धित निकायले चासो नदिदा समस्या आएपनि पछिल्लो समयमा आएर रोशिको पहिलो प्राथमिकता शिक्षामा परेको बताउनु भयो । पालिका प्रमुखले कुनै पनि स्थानको विकास हुन सकारात्मक सोचको बिकास हुनुपर्ने र सो सकारात्मक सोचको बिकासको लागि गुणस्तरीय शिक्षा हुनु पर्ने भएकोले रोशिको शिक्षामा व्यापक सुधार गर्नु पर्ने भन्दै सोहि ढंगको दिर्घकालिन योजना अगाडी बढाउनु भएको छ ।

    नीजि भन्दा मक छैनन सरकारी विद्यालय
    रोशि गाउपालिकाम रहेको विन्धवासिनि माध्यमिक विद्यालयले सिमित स्रोत र साधनकै भरमा पनि नीजि विद्यालयको भन्दा राम्रो गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । नीजि विद्यालयमा महंगो रुपमा मासिक शुल्क तिरेर लिने शिक्षामा भन्दा गुणस्तरीय शिक्षा सरकारी विद्यालयबाट पाउनुमा विद्यालय प्रशासन साथै स्थानियको ठुलो हात रहेको जानकारी प्राप्त भएको छ । कुनै पनि प्रकारको विद्यालयले कस्तो शिक्षा प्रदान गरेको छ, भन्ने मापन बिधि एस.एल.सि वा एस.इइ परिक्षा हो । सो परिक्षामा धेरै नीजि विद्यालयले शतप्रतिशत उतिर्ण गर्न सकेका हुंदैनन् तर विन्धवासिनि विद्यालयबाट एस.एल.सिमा सहभागी भएका कुनै पनि विद्यार्थी उतिर्ण नभएको रेकर्ड रहेन ।

    रोशि गाउंपालिका वडा नं ९ (रजवास) मा रहेको विन्धवासीनि माध्यमिक विद्यालयले प्रदान गर्दै आएको शिक्षा नीजिको भन्दा कम नरहेको स्थानियहरुको भनाई रहेको छ । २०२७ सालमा प्राथमिक विद्यालयको रुपमा संञ्चालन भएको उक्त विद्यालयले पहिलो पटक एस.एल.सि परिक्षामा २०६७ बाट परिक्षामा सहभागि भएको थियो । ०६८ सालमा भएको एस.एल.सि नतिजामा शत प्रतिशत उतिर्ण भई हाल सम्म पनि निरन्तर रुपमा एस.एल.सि परिक्षामा शत प्रतिशत उतिर्णगर्न सफल भएको विद्यालयबाट २६९ जना विद्यार्थीहरु उतिर्ण भएका छन् ।

    विन्धवासीनि विद्यालयका प्रधानाध्यापक डिल्ली रेग्मीका अनुसार ०६८ सालमा एस.एल.सि पहिलो व्याच बाट शतप्रतिशत उतिर्ण हुन सुरुभएको नतिजा हाल सम्म पनि निरन्तर रुपमै रहेको बताउनु भयो । उहांले थप्नुभयो शत प्रतिशत उतिर्ण भए पनि ०७० साल सम्म प्राथमिक विद्यालयको ५ दरबन्दिको आधारमा मावि संञ्चालन गरेको हो । प्रधानाध्यापक रेग्मिका अनुसार हाल आएर प्रावि दरबन्दि ५ आधारभुत दरबन्दि ४ र मावि दरबन्दि २ रहेको छ ।
    हाल विद्यालयमा ३७७ जना विद्यार्थीहरु अध्ययन रत रहेका छन् , ७७ प्रतिशत जनजाती विद्यार्थी सहभागि रहेको उक्त विद्यालयमा छात्राको संख्या १९७ जना रहेका छन् । उक्त विद्यालयबाट एस.एल.सि उतिर्ण भई बाहिरिएका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने क्रममा समेत राम्रो अंङ्क हासिल गर्दै डाक्टर, इन्जिनियर समेत भईसकेको विद्यालय स्रोतले जानकारी गराएको छ ।

    विन्धवासिनि माध्यमिक विद्यालय भौतिक रुपमा सम्पन्न अवस्थामा रहेको छ । विद्यालयको हितको लागि स्थानियको ठुलो सहयोगको कारण सफल हुन सकेको स्थानियहरुको भनाई रहेको छ । आधुनिक तरीकाको शिक्षण शिकाई बिधि साथै विद्यार्थी र शिक्षक विचको सुमधुर सम्बन्धको कारण विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको प्रधानाध्यापक रेग्मीको भनाई रहेको छ । उहाँका अनुसार आगामी दिनमा समय सुहाउंदो ढंगको शिक्षाको साथमा प्राविधिक शिक्षा प्रदान गर्ने लक्षका साथ अगाडी बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार