२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा सिंचाईको व्यवस्था गरेरै छाड्छौ – लम्साल, जीवनमार्ग कृषि सहकारीकोे छैटौं बार्षिक साधारण सभा


२९११ पाठक संख्या

आई.आर.के मैनाली पाँचखाल-काभे्र प्रदेश नं ३ बाट निर्वाचित सांसद लक्ष्मण लम्सालले भन्नुभयो सहकारीहरुले ६० प्रतिशत

  • नवसंकेत अनलाईन
  • २०७५ माघ २, बुधबार मा प्रकाशित ५ साल अघि
  • आई.आर.के मैनाली
    पाँचखाल-काभे्र प्रदेश नं ३ बाट निर्वाचित सांसद लक्ष्मण लम्सालले भन्नुभयो सहकारीहरुले ६० प्रतिशत रकम उत्पादनको क्षेत्रमा लगाउनु पर्छ । सहकारीहरुले हाल सम्म शेयर सदस्यहरुसंग आर्थिक कारोवार मात्रै गरेकोले अव आर्थिक कारोबारको साथै उत्पादनको क्षेत्रमा अनिवार्य रुपमा लगानि गर्नु पर्ने बताउनु भयो ।
    जीवनमार्ग कृषि सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा उद्घाटनको क्रममा प्रमुख अतिथि लम्सालले थप्नुभयो पाँचखाल नगरमा रहेको १ सय ४३ सहकारी संस्थासंग झण्डै २ अरव पुजी रहेको बताउदै सो पुजीको ६० प्रतिशत उत्पादनको क्षेत्रमा लगानी गर्दा शेयर सदस्यहरुको रोजगारीमा समेत सहज हुने बताउनु भयो । कृषकको पसिना बाट जम्मा भएको उक्त रकम आर्थिक कारोबार मात्रै गर्ने हो भने त्यसको फाईदा सहकारीका शेयर सदस्यहरुले भन्दा ठुला बैंकहरुलाई हुने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि लम्सालले सहकारीहरुमा आवद्ध शेयर सदस्यहरुको रकम दुरुपयोग हुन नदिनको लागि साथै सुरक्षीत रहने वातावरण निर्माण गर्न प्रदेशले सहकारी ऐन निर्माण गरीसकेको बताउनु भयो । आफु नीति निर्माण गर्ने तहमा रहेकोले जनताको हित साथै सुरक्षाको लागि नीति निर्माण भईरहेको बताउनु भयो । आफुले विगतमा निर्वाचनको समयमा स्थानियहरुसंग जे बोलेको थियो सो पुर्ण गर्नको लागि निरन्तर रुपमा लागेको वताउंदै पाँचखाल र आसपासको कृषि योग्य भूभागमा सिंचाईको व्यवस्था गर्नको लागि पहल गरिरहेको बताउदै कुनै पनि हालतमा सिंचाईको व्यवस्थ ागर्ने बताउनु भयो । पाँचखाल बाट भक्तपुर सम्मको सुरुङ्ग मार्गको संभावना प्रवल रहेकोले सो कार्यको लागि समेत अध्ययन भएको बताउनु भयो ।

    त्यसैगरी कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरमा रहेको १ सय ४३ सहकारी संस्थाहरुलाई राम्रो साथै व्यवस्थित ढंगबाट अगाडी बढाउनको लागि नगरले पहल गरेको बताउनु भयो । सहकारी नहुंदा सामान्य रुपको रकम खाँचो हुंदा समेत साहुंकोमा पुगी घरवारी पास गर्नु पर्ने अवस्थालाई सहकारीले गर्दा निमिट्यान्न पारेको बताउनु भयो । पाँचखालमा समस्याको रुपमा रहेको, कृषि उत्पादनमा विचौलियाले गर्दा समस्या भएकोले विचौलीयाको अन्त्यको लागि पहल गरेको छ ।

    कार्यक्रममा बिशेष अतिथि दनुवारले भन्नुभयो कृषिको लागि उर्वरा भूमिको रुपमा रहेको पाँचखाल र आसपासको क्षेत्रका कृषकहरुको हितको लागि बजारको व्यवस्था गर्न पाँचखालमा रहेका ४, मण्डन देउपुरमा रहेको ४ र धुलिखेल नगरमा रहेको ४ सहकारी गरी जम्मा १२ ओटा सहकारीको छनोट गरेको बताउनु भयो । विचौलीयाको अन्त्यसंगै कृषकहरु साथै उपभोक्ताहरु समेतलाई हित हुने भएकोले सो कार्यको लागि नगरको तर्फबाट पहल भएको बताउनु भयो ।
    संस्थाको अध्यक्ष शुसिलराज गिरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पाँचखाल नगर सहकारी समन्वय समितिका प्रतीनिधि विद्यालक्ष्मी देउजा, प्रतिष्ठा कृषि सहकारी संस्थाका उपाध्यक्ष ज्ञानबहादुर थापा, चन्द्र शुर्य सहकारीका प्रतीनिधि उद्धव प्रसाद तिमल्सिना लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    संस्थाका सदस्य अजय हुमागाईबाट संञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्तोष पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव प्रज्ञा भट्टराईले प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष भिमसेन गिरीले आय व्यय बिवरण पस्तुत गर्नु भएको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष शुसिलराज गिरीले उत्पादनको क्षेत्रमा अगाडी बढ्दै सहकारीमा आवद्ध शेयर सदस्यहरुको आम्दानिको स्रोतलाई बृद्धि गर्ने योजना बनाएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार