२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सेफहरूले प्रदेशका खानाकाे सवै प्रदेशमा खाना महाेत्सव गर्ने ।


३१०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ माघ २५, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल /काठमाडौं ,नेपाल तथा विभिन्न देशमा कृयाशिल कुकहरूकाे संस्थाले सातै प्रदेशमा खाना महाेत्सव गर्ने भयका छन्। सरकारले सन् २०२० लाइ नेपाल पर्यटन बर्ष मनाउने तयारी सुरु गरेको छ ।
    उक्त बर्ष २० लाख बाह्य पर्यटक भित्याउने सरकारको लक्ष्य छ । २० लाख पर्यटक ल्याउने लक्ष्य सरकारको एक्लो प्रयाशले मात्रै पुग्दैन । यो अभियानमा आ आफ्नो तर्फबाट सबै लाग्न जरुरी छ । खानाको माध्यमबाट पनि लाखौं बाह्य पर्यटक नेपाल भित्रिने सम्भावना छ । चीन, थाइल्याण्ड, जापान लगायत विश्वासका धेरै देशहरूले खानाको माध्यमबाट बर्षैनी करोडौं पर्यटक भित्र्याउने गर्छन् । नेपाल विभिन्न जात, जाती, भाषा, भाषी र संस्कृतिले सम्पन्न मुलुक हो । यहाँका जात जातीका आ- आफ्नै भेष भुषा र खानाका परिकार छन् । त्यस कारण नेपाली खानाको माध्यमबाट विश्वका लाखौं पर्यटक नेपाल भित्र्याउने उदेश्यका साथ प्रादेशिक फुड फेष्टीवल २०१९ अभियान संचालन भइरहेको छ।


    सोहि अभियान अन्तरर्गत सातवटै प्रदेशको खानाको चिनारी गराउँने उदेश्यका साथ मिति २०७५ माघ २४ गते एक कार्यक्रम विच पत्रकार सम्मेलन गरिएकाे छ।
    आगमी माघ २६ गते शनिवार ठमेलको ईकाे हाेटलमा सातै प्रदेशका खानाको पंक्तीमा एकवटा चलनचल्तीका खानाको प्रदर्शन तथा स्वाद चखाउने उदेश्यले उक्त कार्यक्रम संचालन गर्न लागेकाे अायाेजक समितिका सेफ लक्ष्मण भण्डारी ,सेफ सुरेश वस्नेतले नवसंकेत अनलाईन लाई जानकारि गरायका छन् । यस अभियानमा ग्लोवल नेपालीज सेफ फेडेरेसन र जिएनसीएफ च्याप्टर अमेरिका लिंकन एभरेष्ट कर्पोरेशन युएसए र नेप्लीज वोल्ड वाइड सेफ एशोसिएसन युएसएले विश्वका पाँचै महादेशमा नेपाली खाना र नेपालको संस्कृती पर्यटन विकासमा हाते मालो गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार