२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सेनेटरी प्याडमा महिलाको चासो, नगरवासिको हितको लागि कुनैपनि मूल्य चुकाउन पछि पर्दैनौं -वादे


३७५८ पाठक संख्या

प्रल्हाद शर्मा हुमागाई बनेपा-बजारमा विभिन्न ब्राण्डका सेनेटरी प्याडहरु विभिन्न मूल्यमा आएका छन् । तर दुरदराजका

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १, बुधबार मा प्रकाशित ५ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    बनेपा-बजारमा विभिन्न ब्राण्डका सेनेटरी प्याडहरु विभिन्न मूल्यमा आएका छन् । तर दुरदराजका किशोरीहरुलाई बेल पाकेर हर्ष न विष्मात् भने भैm भएको अवस्थामा वि.पि.डब्लु. बनेपा शाखाको लामो प्रयास पछि बनेपा नगरपालिकालाई समेटेर एक वडा एक प्रशिक्षक उत्पादन गर्ने लक्ष्य सहित तालिमको शुभारम्भ भएको छ ।

    बनेपा नगरपालिका र वि.पि.डब्लु.बनेपा शाखाको संयुक्त आयोजनामा सेनेटरी प्याड बनाउने प्रशिक्षक प्रशिक्षण तालिमको शुरु भएको छ । तालिमको शुरुवात गर्दै बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले दीप प्रज्वलित, जसरी भएको छ त्यसैगरी तालिमका सहभागीहरुले समाजमा विद्यमान रहेको बेथितिलाई अन्त गर्दै सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक छ भन्नु भयो । यो तालिम समयको आवश्यकता हो, यसका लागि नगरपालिका कुनैपनि मूल्य चुकाउन पछि पर्दैन भन्नु हुदै प्रमुख बादे थप्नु हुन्छ—सीप सिक्नु आपैmमा महत्वपूर्ण विषय हो भने सिकेको सीपलाई समाजमा लगि समस्याको समाधान गर्नु अर्काे महत्वपूर्ण पाटो हो ।

    विशेष गरी यो तालिम स्कुले किशोरीहरु प्रति लक्षित गरी सञ्चालन गरिएको छ । यसका लागि वि.पि.डब्लु.ले ठूलै मूल्य चुकाएको छ । जब तालिम व्यवहारमूखी हुन्छ तब मात्रै यसले अर्थ राख्छ प्रमुख वादेले भन्नु भयो । अब बनेपा नगरपालिका भित्रका कुनै पनि विद्यालयमा पढ्ने किशोरीहरु यो समस्याबाट छुटकारा पाउने विश्वास आपूmले राखेको प्रमुख बादेको कथन थियो । वि.पि.डब्लु. बनेपा शाखाले विगतमा सामाजिक क्षेत्रमा जुन किसिमको काम गरेको थियो त्यसैको परिणाम हो अहिले चलेको तालिम । त्यसैले त्यो शाखः गिर्न दिने छैन भन्ने विश्वास नगरपालिकाले राखेको स्मरण समेत प्रमुखले बादेले गराउन भयो ।
    उक्त शुभारम्भ कार्यक्रममा विशिष्ट अतिथि बरिष्ठ कार्यकारी अधिकृत भोजराज घिमिरेले तालिम जीवन उपयोगी हुनु पर्छ । तालिमले दैनिकीमा परिवर्तन ल्याउन सक्यो भने मात्र यसको महत्व रहने बताउनु भयो । कार्यक्रमको सभापतित्व गरिरहनु भएका वि.पि.डब्लु. बनेपा शाखाका अध्यक्ष इश्वरी बादेले विगत लामो समयदेखि समाजमा व्याप्त वेथितिका बारेमा सामाजिक रुपान्तरण हुने कामहरु गर्दै आएको स्मरण गराउँदै यस किसिमको सेनेटरी प्याड बनाउने तालिमले बेरोजगार दिदीबहिनीहरुलाई रोजगार दिने र जीविकोपार्जनमा यो तालिम कोषेढुङ्गा सावित हुने विश्वास आपूmले लिएको बताउनु भयो । कार्यक्रममा प्रशिक्षित आइतमाया बैद्य, चिरञ्जिबी अर्याल, सरिता पलाञ्चोके लगायतका बक्ताहरुले सेनेटरी प्याड बनाउने तालिमको महत्व र प्रभावकारिताको बारेमा चर्चा गर्नु भएको थियो ।

    उक्त तालिमका बारेमा आप्mनो अनुभव सुनाउँदै प्रशिक्षक आइतमाया बैद्य थप्नु हुन्छ–तालिम लिनु मात्रै ठूलो होइन, त्यसलाई व्यहारमा उतार्नु ठूलो हो । प्रमाणपत्र हात पर्दैमा महत्व राख्दैन । त्यसलाई व्यवहारिक रुपमा ढाल्न सक्यो भने मात्रै अर्थ राख्छ । आपूmले सिकेको सिपलाई बाँड्न सक्ने क्षमता राख्न सक्नु पर्छ । जुन सीप दिन गइरहेका छौं त्यो हामी महिलाहरुका लागि अत्यन्तै महत्व राख्छ । कुनै पनि क्षमतावान व्यक्तिले सीपलाई उपयोग गर्दैन भने त्यसले आपैmलाई हीनता बोध दर्शाउछ । त्यसैले प्रत्येक प्रशिक्षार्थीहरुले तालिम पश्चात्को योजना बनाउन आवश्यक छ । भोली गएर यो तालिमलाई जीवन उपयोगी बनाउने प्रण गर्नु पर्दछ । तब मात्रै तालिमको महिमा रहन्छ भन्ने विश्वास आप्mनो रहेको बताउदै यस्ता किसिमका तालिमले लक्षित वर्गको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्न सक्यो भने मात्र तालिमको अर्थ रहन्छ । विडम्बना हामी अभैmपनि रुपान्तरण हुन सकिरहेका छैनौं । राम्रो होइन हाम्रो मै छौं जसका कारण उपेक्षित वर्ग उपक्षित नै हुन पुगेको छ । जसका लागि आवश्यक हो ऊ अभैm बञ्चित छ । जो जुन विषयमा चाख राख्छ उसले अवसर नै पाउँदैन । यो हाम्रो समाजको रोग हो भन्नु हुन्छ प्रशिक्षक बैद्य । जुन कुरा मैले राखेको छु त्यसले अचम्म लाग्ला हाम्रो समाजका बुज्रुकहरुलाई, हाम्रो समाजको डरलाग्दो रोग हो यो । जबसम्म यो रोगबाट हामीले उन्मुक्ति पाउँन सक्दैनौं तबसम्म जस्तो सुकै तालिम दिए पनि शिरानी मै ठिक्क हुन्छ । यो मेरो भोगाइ हो । सवाल सेनेटरी प्याड बनाउने छ यसमा सिलाई सम्बन्धि निखारता गरेको व्यक्तिहरु हुनु पर्दछ । तब मात्र लगानी कर्ताले अपेक्षा गरेको लक्ष्य प्राप्त हुन्छ । यति भनिसकेपछि कुन तहको तालिम होला भनी राख्नु पर्दैन भन्दै चोटिलो अभिव्यक्ति दिनुहुन्छ प्रशिक्षक बैद्य ।

    त्यस्तै लामो समयदेखि सिलाई पेशामा सक्रिय रहँदै आउनु भएकी बनेपा न.पा. वडा नं. ५ का विष्णुमाया श्रेष्ठ (कारन्जित) म सिलाईको क्षेत्रमा निखारता प्राप्त गरेको भएपनि सेनेटरी प्याडको सवालमा अनविज्ञ थिएँ । आज मलाई वि.पि.डब्लु.ले जुन अवसर जुटाइदियो त्यसका लागि सर्वप्रथम त धन्यवाद व्यक्त गर्दछु । म यो तालिम पश्चात् यसलाई व्यवसायीकता दिने प्रण गर्दछु । मैले यसको सम्भावना देखेको छु । किनकी हुनत आधुनिकता भित्र रम्ने हामी महिलाहरु हौं । तर मैले कुना कन्दराका कथा व्यथा पढेको छु सुनेको छु । त्यसैले पनि म यो पेशालाई व्यवसायिक रुपमा स्थापित गर्नेछु भन्ने आत्म विश्वासका साथ तालिममा आएको छु । तालिम पश्चात व्यबहार मै उतार्नेछु । यो मेरो वचनवद्धता मात्र होइन यथार्थ पनि हो ।

    अहिले पैसाको महत्व घटेको छ, तर पैसा विनाको जीवन कति कष्टकर हुन्छ मैले भोगेको छु । यो तीतो सत्यता मसँग छ । त्यसैले सर्वशुलभ ढंगबाट सेनेटरी प्याड उत्पादनलाई बजार सम्म पु¥याउने छु भन्नु हुन्छ विष्णु माया । त्यस्तै वडा नं. ११ बाट प्रतिनिधित्व गर्नुहुने गिता बुढाथोकी यो अवसर हाम्रो मात्र होइन । हाम्रा गाउँ बस्तीमा रहेका छोरीहरुको लागि सुनौलो अवसर हो । हामी महिलाहरुले जुन किसिमको पिडा खेप्नु परेको छ । म गर्वका साथ भन्छु यो तालिम पश्चात मेरो वस्तीलाई यो क्षेत्रमा पिडा मुक्त बनाउने छु । सिकेको सिपलाई व्यवहारमा उतार्ने विश्वास समेत दिलाउन चाहान्छु । पक्कै विश्वास छ । स्वस्थ समाज निर्माणका लागि यो तालिम कोषे ढुङ्गा सावित हुनेछ भन्ने विश्वास लिएको छु भन्नु हुन्छ वुढाथोकी ।

    वडा नं. ६ बाट प्रतिनिधित्व गर्नुहुने तुलसा आचार्य अधिकारी–आपूmसँग सिलाई सम्बन्धी आधारभूत ज्ञान भएतापनि सेनेटरी प्याड बनाउने सीप भने थिएन । वि.पि.डब्लु. ले जुन साइत जुराएर ल्यायो त्यसले समाजमा विकाल समस्याको रुपमा रहेको महिनावारी व्यवस्थापनलाई राम्रोसँग सम्बोधन गर्छ भन्ने लागेको छ । त्यसैले सर्वप्रथम त म आपैmबाट यसको शुरुवात गर्छु । अनि मात्रै छरछिमेक, साथीसंगती हुँदै व्यवसायीक रुपमा अगाडि जान्छु । म प्रवेश गर्ने वित्तीकै मैले कल्पेको लक्षित वर्ग भनेको विद्यालयमा अध्ययन गर्ने किशोरीहरु मेरा ग्राहक हुनेछन् भन्ने विश्वास लिएको छु । किनकी आजकाल बजारमा पाइने सेनेटरी प्याड हामीले बनाएको जतीको स्वस्थकर हुन्न एक हिसाबले भने अर्काे खर्चालु पनि छ । त्यसैले पनि जीविकोपार्जन गर्नै धौ धौ रहेको अहिलेको परिवेशमा जुन सीप हामीले सिक्दै छौं त्यसले अनुकरणीय फड्को लिने विश्वास मैले लिएको छु । त्यसैले पनि यसको सम्भावना देखेको छु । झन्झट रहित यस किसिमको प्याडले कुनै किसिमका समस्या ननिम्त्याउने भएकोले पनि स्कूले किशोरीहरुको रोजाइमा पर्छ भन्ने नै लाग्छ । त्यसैले मेरो झुकाव यस प्रति बढी नै छ । अनि अहिले सबैजसो घरमा लुगा सिलाउने मेशिन त छँदैछ । मैले सिकेको सीप सबैलाई बाँड्न सकें भने उहाँहरु आपैmले पनि आप्mना लागि सेनेटरी प्याड उत्पादन गर्न सक्नु हुन्छ । जसको कारण आर्थिक अवस्था कमजोर छ उसले ध्यान यता तान्छ नै भन्नु हुन्छ आचार्य ।

    उहाँको थप कथन छ–अहिले हामीले उत्पादन गरेको एक सेट सेनेटरी प्याड खरिदले दुई वर्ष वा चौबीस पटक भन्दा बढी खपत गर्न सकिन्छ । त्यसले गर्दा पनि बजारको महँगो केमिकल युक्त सेनेटरी प्याडमा किशोरीहरुको चाहाना जाँदैन भन्ने विश्वास आपूmले लिएको आचार्यको तर्क छ । तर यसका लागि अलि मेहनतको खाँचो पर्छ । त्यो भनेको घरेलु सेनेटरी प्याडको महत्व र प्रभावकारिताका बारेमा सुसुचित गराउनु पर्छ । आजकालका किशोरीहरुलाई त्यति सजिलै बुझाउन सकिंदैन । यहाँ धैर्यताका खाँचो पर्छ । सफलता मिल्छ भन्ने आत्म विश्वास छ भन्नु हुन्छ आचार्य । नगर भित्रका १६ जना व्यवसायीहरु उक्त तालिममा सहभागि रहेको आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार