२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुध बिक्रि हुन्छ तर भुक्तानीको लागी तीनमहिना,भुक्तानी सहजताको लागि सहकारीले दुध संकलन गर्दै


२९६४ पाठक संख्या

आइ.आर.के.मैनाली पाँचखाल-कृषिप्रधान देशका कृषकहरुका लागि एक पछि अर्को समस्या थपिदो छ । राज्यले कृषि र

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • आइ.आर.के.मैनाली
    पाँचखाल-कृषिप्रधान देशका कृषकहरुका लागि एक पछि अर्को समस्या थपिदो छ । राज्यले कृषि र कृषकको बिषयमा खासै भरपर्दो व्यवस्था नगर्दा कृषकहरु मारमा पर्ने गरेका हुन् ।

    कृषकहरुले उप्पादन गरेको सामाग्रीहरुले उचित दाम नपाउनु साथै बिक्रि भएको सामानको समयमा भुक्तानी नपाउनुले कृषकहरु थप मारमा पर्ने गरेका छन् । उनिहरुले उत्पादन गरेको सामाग्रीको मुल्य निर्धारण गर्ने अधिकार व्यापारीसंग निर्भर रहन्छ । कुन व्यापारी कस्तो मुल्य निर्धारण गर्ने र भुक्तानि दिने अधिकार उसैमा निर्भर रहन्छ ।

    त्यस्तै जटिल खाले समस्या बाट पिडा भोगिरहेका छन् पाँचखाल र आसपासका क्षेत्रमा दुग्ध उत्पादन गर्ने कृषकहरु । आफुले उत्पादन गरेको दुध दुग्ध संकलककै मुल्यमा खन्याउनु पर्ने र उनीहरुको खुसिमा भुक्तानी लिनु पर्ने बाध्यत्मक अवस्थाले गर्दा कृषकहरु चिन्तित रहेका छन् । जसको कारण दुग्ध उत्पादन घट्दो अवस्थामा रहेको छ । कृषकहरुलाई हौसला प्रदान गर्नेको बदला निरुत्साहीत पार्ने खालको कार्यले गर्दा गाई भैसि पाल्न छोडेको एक अगुवा कृषकको दुखेसो रहेको छ ।

    अगुवा कृषक दिनेस दनुवार बताउनु हुन्छ , एक लाख तिरेर भैसि किन्नु पर्छ दुध उत्पादन गर्ने बिषय चानचुने मेहनतले हुदैन । तर बेच्न लग्यो ४ महिना भएपछि बल्ल भुक्तानि आउछ त्यै पनि ३ महिनाको । हामीले बेचेको दुधको हिषाब १५÷१५ दिनमा आउने हो भने धेरै समस्या समाधान हुने थियो । वरपर कसैकसैले १५÷१५ दिनमा भुक्तानी दिन्छन तर लामो समयबाट आफुले बेच्दै आएको ठाउंमा समयमा भुक्तानी नहुंदा समस्या भएको छ । दिनेशको जस्तै समस्या धेरै कृषकले व्यहोरी रहेका छन् ।

    हाल पाँचखालमा करिव २० हजार लिटर दुध उत्पादन हुन्छ, तर विगतमा ३० हजार भन्दा पनि बढी उत्पादन हुन्थ्यो । पाँचखाल नगरमा करिब ५५ संकलन केन्द्र रहेको छ । ति मध्य थोरैले मात्र समयमा भुक्तानि गर्दै आएका छन् । केहीले आफुले संकलन गरेको दुध बेचेर भुक्तानी आएपछि इमान्दारीका साथ घांसिलाई भुक्तानी दिएको पाइन्छ त केहीले भुक्तानि आएपछि पनि आफ्नै बिभिन्न गर्जो टार्ने र थोरै मात्र भुक्तानी दिएको समेत पाइएको छ । कृषकहरुले भैसि किन्न सहकारीसंग ऋण काडेका हुन्छन् मासिक रुपमा व्याज तिर्नुपर्ने हुन्छ । दुग्ध संकलकहरुले समयमा भुक्तानी नदिदा कृषकहरु व्याज तिर्ने क्रममा जरिवानामा पर्ने गरेका छन् ।

    पाँचखालमा रहेका संकलकहरुसंग बढी दुध खरिद गर्नेहरु मध्य सवभन्दा वढी यजश्रीकृष्ण डेरी उद्योग, दोस्रोमा दुग्ध बिकास संस्थान र तेस्रोमा काठमाडौ डेरी रहेको छ । खुज्रा संकलकहरुसंग खरिद गरेको दुधको भुक्तानी समयमा उपलब्ध नगराउंदा घांसिहरुलाई समयमा भुक्तानी गर्न नसकेको वताउंछन् खुज्रा संकलकहरु । केही संकलकहरुले भने आफुलाई भुक्तानि नआएपनि व्यवसायमा लगानी गर्नु पर्ने र घांसिलाई समस्यामा पार्न नहुने भन्दै आफ्नै लगानीबाट समय समयमा भुक्तानी दिने गरेका छन् । कतिपयलेत घांसिलाई पेस्की दिने तर बर्ष दिन सम्म हिषाब नगरी दिनाले गर्दा थप समस्यामा पार्ने गरेका छन् । घांसिहरु समस्ययामा पर्नाको प्रमुख कारण भनेको पाँचखालमा रहेको थोक दुध संकलकक नै हो । उनीहरुले समयमा भुक्तानि दिनुको बदला आफ्नो बिभिन्न व्यवसायमा लगानी गर्दा समस्या आएको दुखेसो पोख्छन खुज्रा दुध संकलकहरु ।

    उता ठुला व्यवसायीहरु भने घांसीले समयमा भुक्तानी नपाउनुको प्रमुख दोशी राज्य रहेको बताउंदै आएका छन् । उनिहरुको भनाइ रहेको छ , स्वदेशमा उत्पादन भएको दुध साथै दुग्धजन्य पदार्थ छिमेकी मुलुक भारतबाट बढी आयत गर्दा स्वदेसी उत्पादकले बजार नपाउंदा समयमा भुक्तानी गर्न नसकेको बताउछन् । उनीहरुका अनुसार नेपालमा उत्पादन भएको घिउ भारतको भन्दा धेरै गुणस्तरको रहेको छ , त्यसैगरी पाउडर दुध पनि राम्रो छ तर भातबाट आयातित सामानले गर्दा नेपालमा उत्पादन भएको घिउ तथा पाउडर बिक्रि नभएर स्टक रहंदा भुक्तानि दिन समस्या परेको दावि गर्दै आएका छन् । सरकारले कृषकको समस्याको बिषयमा ध्यान दिने र स्वदेशि उत्पादनलाई प्राथमिकता दिने हो भने हालको समस्या समाधान हुने व्यवसायिहरु बताउदै आएका छन् ।

    दुध उत्पादन गर्ने घांसिको समस्यालाई मध्य नजर राख्दै कृषि सहकारीले दुध संकलन कार्य थालेको छ । पाँचखाल ३ काफ्ले डिहिमा प्रधान कार्यालय रहेको प्रतिष्ठा कृषि सहकारीले दुध संकलन केन्द्र खोल्न सुरु गरेका छन् । हाल सम्म ३ संकलन केन्द्रबाट दुध संकलन गरेपनि घांसिको मागअनुसार विस्तार गर्दै जाने सहकारी अध्यक्ष पुर्ण प्रसाद दुलालले जानकारी गराउनु भएको छ । सहकारी मार्फत संकलन गरेको दुधको भुक्तानी महिनाको ७ र २२ गते भुक्तानी दिदै आएको छ । त्यसैगरी घांसिको हितको लागि बजार भाउको तुलनामा सस्तोमा गुणस्तरीय ढुटो तथा दाना साथै कृषिको लागि आवस्यक रासायनिक मल समेत उपलब्ध गराउदै आएको छ । सहकारीले संञ्चालन गरेको संकलन केन्द्रमा घांसिले दुध दिदा समयमै भुक्तानि हुने र घांसिको समस्या हरु हल हुने भएकोले सो संकलन केन्द्र तर्फ आकर्षित भएका छन् घांसीहरु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार