२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाली सेनाकाे विष्णु दल गणले काभ्रेका विभिन्न स्थानमा ऐतिहासिक पदमार्ग निर्माण गर्ने ।


६३०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २०, सोमबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल /धुलिखेल नगरपालिका, नेपाली सेनाको विष्णु दल गण, स्थानीय संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा ‘हाईकिङ्ग तथा साईक्लिङ्ग ट्रेल’ मार्ग निर्माण गरि प्रचार प्रसार गर्ने उदेश्यले आईतवार विहान विष्णु दल गण काे आयाेजनामा ” रन फर फन कार्यक्रम” सम्पन्न भयकाे छ।

    नेपाली सेनाको विष्णु दल गण धुलिखेलले नेपाल एकिकरणका बेला पृथ्वीनारयण शाहले प्रयोग गरेका स्थानहरुको पहिचान गरी छ वटा रुट कायम गरेको छ । धुलिखेलको साईक्लिङ्ग–हाईकिङ्ग रुटका लागि समेत नेपाली सेनाले धुलिखेल नगरपालिकाको सहयोगमा धुलिखेलको हजार सिंढी चोक हुँदै चौकोटसम्मको साढे ४ किमी दुरीमा ट्रेल मार्ग निर्माण गर्न लागेको छ । सोहि रुट मध्ये तीन किमी रुटको अवलोकन गरेको थियो ।उक्त रूटलाई मिनि जंगल सफारिकाे रूपमा लिन सकिने छ।

    नेपाली सेनाको विष्णु दल गण धुलिखेलले युनिफिकेसन ट्रेलका लागि ६ वटा रुट पहिचान गरेको छ । १८०३ मा नगरकोट कब्जा गरेपछि १८१६ मा पलाञ्चोक कब्जा गर्न नगरकोट अनेकोट लामिडाँडा हुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएको बाटोलाई पहिलो मानिएको छ । विस १८१६ मा पलाञ्चोक माथि विजय प्राप्त गरे पश्चात भमरकोट काभ्रेकोट विजय गरी विसं १८१८ असार ३० गते चौकोट माथि विजय प्राप्त गर्दा भएको बाटोलाई दोश्रो मानिएको छ । १८१८ असार ३० मा चौकोट विजय पश्चात फस्कोट फुलबारीकोट बुचचाकोट मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटोलाई तेश्रो बाटोको पहिचान गरिएको छ ।

    ण१८१९ असोज २ गते तेमालकोट विजय पश्चात चौकोट शारदाकोट गोरखनाथ हुँदै १८२० कार्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गलाई पाचौ रुट र १८२० कार्तिक १४ गते बनेपा, साँगा र नाला कब्जा गर्न धुलिखेलबाट गोसाईस्थान नालाकोट साँगा हुँदै बनेपा र पनौतीबाट नागीडाँडा साँगा हुँदै बनेपा आउन प्रयोग गरिएको मार्गलाई छैटौ रुटको रुपमा पहिचान गरिएको छ ।
    नगरपालिकाको योजनामा विष्णु दल गण धुलिखेलले नेपालको एकिकरण अभियानमा महत्वपूर्ण मानिएका ऐतिहासिक स्थानहरुलाई काभ्रे युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने योजना बनायो । ‘धुलिखेल नगरपालिका र स्थानीय सघ संस्थाको सहयोगमा काभ्रे युनिफिकेसन ट्रेल निर्माण गरिनेछ’–गणपति कर्णेल सुबास खड्काले भने–‘प्रधानसेनापतिको योजना अनुसार देशभर नै एकिकरणको समयमा प्रयोग भएका स्थानहरुमा युनिफिकेसन ट्रेल निर्माण गरिनेछ ।’

    ‘धुलिखेलमा साईक्लिङ्ग–हाईकिङ्ग रुट निर्माण तथा नेपाल एकिकरणको समयमा प्रयोग भएको स्थान भमरकोटमा पृथ्वीनारउाण शाह र बलभद्र कुँवरको शालिक राखिनेछ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘नगरपालिकाले ९ लाख रुपैया विनियोजन गरी कार्य प्रारम्भ भएको छ ।’ बलभद्र कुंवरका जिजुबा रामकृष्ण कुँवरलाई १८७२ मा पृथ्वीनारायण शाहले भमरकोटमा विर्ता दिएका थिए ।

    पलाञ्चोक भगवती स्थानमा १८१६ मा भएको लडाईमा बलभद्रका जिजुबाजेले सहयोग पुर्याएको भन्दै पृथ्वीनारयाण शाहले विर्ता दिएका थिए । बलभद्र कुँवर भमरकोटमै हुर्किएको इतिहास छ । उनको सम्झनामा नगरपालिकाले उक्त स्थानमा बलभद्र कुँवरको शालिक राख्न लागेको र धुलिखेका विभिन्न स्थानमा पर्यटकिय आकर्षणका पार्क तथा एड्भ्यान्चर युक्त संरचना तयार गर्दै आगामि केही वर्षमा हरेक घरमा प्राविधिक जनशक्ति सहित वेराेजगार समस्याको समाधान गर्ने विचार नगर प्रमुख अशोक ब्याञ्जुले बताए । पलाञ्चोक लडाईमा विजय प्राप्त गरेपछि बलभद्रका जिजुबा रामकृष्ण कुँवरलाई सेना नायक बनाईएको थियो । सेनाले इको र युनिफिकेसन ट्रेल निर्माण अभियान देशभर नै शुरु गरेको छ । प्रधानसेनापतिले कमाण्डो मार्ग निर्माण गर्न स्थानीय सरकारसँगको समन्वयमा कार्य प्रारम्भ गर्न देशभर नै निर्देशन दिएका थिए ।
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्दव के.सि.,धुलिखेल नगरपालिका मेयर अशाेक व्याञ्जु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरू ,पत्रकार र स्थानीय व्यक्तिहरूकाे कार्यक्रममा सहभागिता रहेको थियाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार