२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सेफहरूकाे ५ नं प्रदेश र रूपन्देही शाखाकाे भेला सम्पन्न ।


४६१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ४, सोमबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल

    वुटवल,रूपन्देही /ग्लाेवल नेपालिज सेफ फेडेरेसनकाे आफ्नाे विधान अनुसार आज सेफ(कुक)हरूकाे ५ नं प्रदेश र रूपन्देही शाखाकाे भेला सम्पन्न भयकाे छ।
    ग्लाेवल नेपालिज सेफ फेडेरेसनका केन्द्रिय अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीकाे सभापतित्वमा सम्पन्न भेलामा हाेटल संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीकाे प्रमुख आतिथ्यता रहेको थियाे।नेपाल तथा विश्वासका विभिन्न हाेटलमा काम गर्दै अायका सेफ (कुक)हरूलाई एकैछानामुनि समेट्ने र नेपाली रैथाने खानालाई नेपालमा मात्र नभई विश्वमा चिनाउने उदेश्यले स्थापित उक्त संस्थाले स्थानिय सेफहरूलाई आफ्ना प्रदेश ,जिल्ला र स्थानीय तहअनुसारका शाखाहरू मार्फत समेट्दै आईरहेको छ।यसअघि उक्त संस्थाले विभिन्न देशमा अाफ्ना संयाेजकहरू ताेकेकाे थियाे।जसमा सेफ अर्जुन वहादुर थापा (युराेप)सेफ महेश राज थपलिया (अष्ट्रेलिया )कृष्ण धमला(कतार)भावि खनाल (माल्दिभ्स)धनन्जय लुईंटेल युयई काे-अर्डिनेटर रहेका थिए।
    आज सम्पन्न भेलाले ५ नं प्रदेशको अध्यक्षमा श्रीराज तिमल्सिना ,उपाध्यक्षमा भाेज व.थापा,महासचिव पुष्प राज पन्त ,सचिव देवेन्द्र पराजुलि,काेषाध्यक्ष प्रमाेद लगायत चार जना सदस्य र सल्लाहकारमा पुराना सेफ ताेरण व.कार्कि छानियका छन।आजै रूपन्देहीको वुटवल शाखाकाे पनि भेला भयकाे छ जसमा अध्यक्ष केशवराज अर्याल,उपाध्यक्ष वालकृष्ण रायमाझि ,सचिव शंकर भण्डारी ,सह-सचिव हिक्मत मल्ल ,काेषाध्यक्ष ईश्वर वाेहाेरा लगायत चार सदस्यीय रहेका छन।
    कार्यक्रममा ग्लाेवल नेपालिज सेफ फेडेरेसनका केन्द्रीय सचिव प्रेमलाल घिसिङ ,फ्रेन्च किचेन,पैंचाेका सिओ केशव न्यौपाने लगायत स्थानीय व्यक्तित्वहरूकाे आतिथ्यता रहेकाे थियाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार