२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दरबन्दी खोज्ने होइन, सृजना गर्ने क्षमता राख्नुहोस्–प्रा.डा. माकाजु,जसले गुणस्तरीय शिक्षा दिन्छ सो नै विद्यालय हो


५२७० पाठक संख्या

प्रल्हाद शर्मा हुमागाई बनेपा-निष्ट कलेजको वार्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई शनिवार सम्बोधन गर्ने क्रममा

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ५, मंगलबार मा प्रकाशित ५ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    बनेपा-निष्ट कलेजको वार्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई शनिवार सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौं विश्वविद्यालयका उपकुलपती प्रा.डा. रामकण्ठ माकाजुले अबको प्रमाणपत्र दरबन्दी खोजेर हिड्ने नभई दरबन्दी आपैmले सृजना गर्ने क्षमता राख्नु पर्ने बताएका छन् ।

    शनिबार बनेपा निष्ट कलेजको वार्षिक कार्यक्रममा पहिलो पटक प्रमुख आतिथ्यता ग्रहण गर्दे प्रा. डा. माकाजुले भन्नु भयो–जहाँ समस्या छ त्यहाँ सम्भावना हुन्छ । शैक्षिक संस्थाहरु निजी र सामुदायिक भनेर वर्गीकरण गर्नु शैक्षिक क्षेत्रको लागि न्यायोचित नभएको तर्क राख्दै जसले गुणस्तरिय शिक्षा दिन्छ त्यो नै विद्यालय हो । नेपालमा सम्भावना छैन भन्नेहरु एक पटक धुलिखेल आएर हेर्न समेत आग्रह प्रा.डा. माकाजुले गर्नु भयो । उहाँको थप कथन थियो– कुनै पनि पेशामा निरन्तरता दियो भने सफलता मिल्छ । ढुङ्गामा पनि अन्न उत्पादन गर्न सकिन्छ भन्ने उक्ती सार्थक हुन्छ ।

    आपूm विदेशमा रहेर पनि जन्मभूमिप्रतिको चिन्ताले केहि गर्नु पर्छ भन्ने भावना बोकेर स्वदेश फर्केर निकै लामो संघर्ष पछि आजको धुलिखेल अस्पताल बनेको स्मरण गराउनु भयो । सामाजिक रुपमा स्थापित शैक्षिक संस्थाहरुसँग काठमाण्डौं विश्वविद्यालय सहकार्य गर्न तयार छ । यसका लागि निष्ट कलेजले राखेको प्रस्तावका बारेमा विचार गरिने संकेत गर्दै प्रा.डा. थप्नु हुन्छ–अमूल्य यो जिवनलाई दुरुपयोग नगरौं यही उमेर हो केहि गर्नु पर्छ भन्ने अठोट लिन चुक्यौं भने भोली पछुताउनुको कुनै अर्थ रहन्न । त्यसैले विद्यार्थीहरुको हगना अनुशासन हो ।

    अनुशासित ढंगबाट अघि बढ्न सकियो भने सफलता सजिलै प्राप्त हुन्छ । अहिले अधिकांश युवाहरु परजिवी भएका छन् । जसको कारण पलायन भन्दा अर्कौ विकल्प देखेका छैनन् । तसर्थ यो उमेरमा आप्mनो अतितको स्मरण गराउँदै विद्यार्थीहरुलाई विदेश जानु पर्छ शिक्षा लिनु पर्छ, सिप सिक्नु पर्छ । अनि जन्मभूमिप्रति समर्पित हुनु पर्छ भन्ने सन्देश दिँदै निष्ठावान र कर्तव्यपरायण बन्न प्रा.डा.माकाजुले विद्यार्थीहरुलाई आग्रह समेत आप्mनो सम्बोधनमा व्यक्त गर्नु भयो ।

    त्यसैगरी कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठ ले निजी विद्यालयहरुमा काभ्रे कै अब्बल रहेको बनेपा निष्ट कलेजबाट अन्य विद्यालयहरुले प्रेरणा लिनु पर्ने धारणा राख्नु हुँदै छोटो समयमा प्राप्त गरेको उपलब्धिका पछाडि विद्यार्थी, अभिभावक, शिक्षकहरुको एउटै मन भएको उदाहरण यसले पुष्टि गरेको छ । जसबाट राज्यले परिकल्पना गरेको सम्वृद्घ नेपाल सुखी नेपालीको सपना छिट्टै पुरा हुने खुलासा गर्नुहुदै राज्यको विभेदकारी शैक्षिक निति परिमार्जन हुन आवश्यक भएको जिकिर अध्यक्ष श्रेष्ठको थियो ।

    विगतमा जस्तै यो शैक्षिक सत्रमा पनि निजि विद्यालयका विद्यार्थीहरुले अध्ययन नै नगरेको विषयमा परिक्षा दिनुपर्ने बाध्यता सिर्जना गर्न खोजिएको तर्फ इंकित गर्दै स्थानिय सरकारले शिक्षा निति बनाउदा प्याप्सनलाई पनि संगसंगै लिएर जान सक्यो भने यस किसिमको समस्या नआउने बताउनुभएको थियो ।
    कार्यक्रममा विद्यालयका प्राचार्य चेतन विष्टले निजि विद्यालयहरुले शिक्षाको नाउँमा शुल्क नलिएको स्मरण गराउदै व्यबस्थापकीय खर्चलाई शैक्षिक शुल्क संग नदाज्न सम्बन्धीत पक्षहरुको ध्यान आकर्षण समेत गराउनुभयो ।

    अहिलेको शिक्षा निति परिक्षा केन्द्रित भएकोले राज्यले चाहेजस्तो जनशक्ति उत्पादन हुन नसक्ने जिकिर गर्दै तत्काल परिक्षामुखि शैक्षिक क्यालेण्डर परिवर्तन हुन आवश्यक छ भन्नुभयो । जति पनि शैक्षिक बेरोजगार जन्मिएका छन् त्यसको पछाडि राज्यको शिक्षा निति कमजोर छ भन्ने बुझ्न आवश्यक छ तसर्थ आजको विद्यार्थीहरु मेहेनत नगर्नु नैतिक जिम्मेवार नलिनु यि सबैको पछाडि शिक्षा भित्रका विकृति विसंगति हुन् भन्नुभयो ।

    राज्यले तत्काल शिक्षामा आधारभूत लक्ष्य प्रप्तिका लागि स्नातक तहलाई लिनुपर्ने आग्रह गर्दै प्राचर्य विष्ट थप्नुहुन्छ आजका युवाहरु प्रविधिको दुरुरप्रयोग गर्न अग्रसर भएको जसको कारण शैक्षिक क्षेत्र दिनप्रतिदिन दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा कमजोर हुदै गएको तर्क समेत प्राचर्य विष्टको थियो । सम्बोधनकै क्रममा बनेपा निष्ट कलेज काठमाडौ विश्वविद्यालयसंग सहकार्य गरेर बि.एच.एम लगायतका समयसापेक्षिक विषयहरु सञ्चालन गर्न अतुर रहेको हुदा सम्बन्धित पक्षले यस तर्फ ध्यान पु¥याइदिन प्रा.डा. माकाजुको ध्यानाकर्षित समेत गराउन सफल हुनुभयो ।

    कार्यक्रमका वक्ता डा. मादव बराल, नेपाल पत्रकार महासघका काभ्रेका अध्यक्ष मोदीराम तिमल्सिन विद्यार्थीहरु रविन क्षेष्ठ, स्वस्तिका हुमागाई, अन्जन सापकोटा, प्रमोद बखती, जेनिशा श्रेष्ठ लगायतले विद्यालयको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यालयद्घारा आयोजित अतिरिक्त क्रियाकलाप लगायतका विधामा उत्कृष्ट योगदान पु¥याउने विद्यार्थीहरुलाई मेडल, तक्मा, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कलेजका विभिन्न संकायका संयोजकहरुलाई आसन ग्रहण गराइएको थियो ।

    अहिलेको नयाँ पिडिहरुको पहिलो रोजाइ रहेको बनेपा निष्ट कलेज जिल्लाकै उत्कृष्ट कलेजको रुपमा स्थापित छ । कक्षा ९ देखि स्नातक सम्म पढाइ हुने बनेपा निष्ट कलेजमा झण्डै हजारको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेको कलेजको तथ्यांकले जनाउछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार