२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनताको सुझाव संकलन गर्दै पनौती नगर,घुस लिएको स-प्रमाण फेला परेमा ठाउँको ठाउँ कारवाही गर्छु – न्यौपाने


३६८९ पाठक संख्या

आई.आर.के मैनाली पनौती-१६ बर्ष सम्म जनप्रतीनिधि बिहिन भई स्थानिय तहको निर्वाचन पश्चात पनौती नगरमा निर्वाचित

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र १२, मंगलबार मा प्रकाशित ५ साल अघि
  • आई.आर.के मैनाली
    पनौती-१६ बर्ष सम्म जनप्रतीनिधि बिहिन भई स्थानिय तहको निर्वाचन पश्चात पनौती नगरमा निर्वाचित जनप्रतीनिधिहरुले गरेका कार्य के कस्तो रह्यो ? कुन कुन कुरामा सुधार गर्नुृ प¥यो भन्ने सुझावको लागि काभे्र जिल्लामै पहिलो अभियानको रुपमा कार्य सुरु गरेको छ ।

    पनौती नगरपालिकाले वडागत रुपमा सम्पादन गरेका कार्य तथा प्रवाह गरेका सेवाका सम्बन्धमा सार्वजनिक जवाफदेहिताको लागि नगर द्वारा आयोजित “जनताको आगनमा नगरपालिका कार्यक्रम” चैत ९ गतेबाट सञ्चालन भई १९ गते सम्म चल्ने भएको छ । जसमा मंगलबार सम्म ५ वटा वडामा सम्पन्न भएको छ ।
    नगर मार्फत गरिने बिकास निर्माण सम्बन्धि प्रत्यक्ष सरोकार राख्ने निकाय भनेको नगरवासी हुन् । आफ्नो नगरमा भएका प्रत्तेक कृयाकलापको बारेमा जान्न पाउने अधिकार नगरवासिको हो । यीनै सास्वत सत्यहरुलाई आत्मासाथ गर्दै पनौती नगरपालिकाले प्रत्तेक वडामा जनतासंग नगरपालिका कार्यक्रम लाई अगाडी बडाएको छ ।

    जनताकै घरदैलोमा गएर गुनासो सुन्न, राय माग्ने साथै सोही अनुसार आगामी दिनमा नगर कार्यपालिकाले योजना बनाउने बिषयमा सहज हुने भन्दै अभियान सञ्चालन गरेको छ । । जुन कार्यले गर्दा नगरवासिले नगरको कर्मचारीहरुबाट लिदै आएको सेवाको बिषयमा समेत जनप्रतीनिधिले जान्ने अवसर मिल्ने भएको छ । जनताको सुझावकै आधारमा आगामी दिनमा सेवाग्राहिहरुले पाउने सेवामा केही समस्या भएको पाईएमा सो कार्यलाई समेत सुधार गर्ने उद्देश्य रहेको नगरका वरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रससाद अधिकारीले जानकारी गराउनुु भएको छ ।

    कार्यक्रमहरुमा सम्बोधन गर्दै पनौती नगर प्रमुख भिम न्यौपानेले नगरवासिहरुको भावनासंग मेलखाने ढंगको कार्य नगरको तर्फबाट भए नभएको जानकारी लिने उद्देश्यले अभियानको रुपमा कार्य गरेको बताउनु भयो । २०६७ सालमा पनौती, बनेपा र धुलिखेल नगरलाई समेटेर अगाडी बढेको बृहत खानेपानी योजना दोस्रो मेलम्चीको रुपमा ढिला सुस्ति भएको बताउनु भएको थियो । स्थानिय तहको निर्वाचन भएपश्चात पनौती नगरमा निर्वाचित जनप्रतीनिधिको पहलमा सो योजनालाई अगाडी बढाईएको बताउनु भयो । हाल सम्म ८२ प्रतिशत कार्य सम्पन्न भएको र अवको ७ महिना भित्र मुल ट्यांङ्किमा पानी संकलन गर्ने बताउनु भयो ।

    त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख न्यौपानेले पनौती नगरको सिमाबिवाद बिगतबाटै सुरु भएको र हाल पनि चलिरहेको बताउनु भयो । स्थानिय तहमा जनप्रतीनिधि बिहिन भएको अवस्थामा काभे्रका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाको कार्यकालमा भएको वैठकको निर्णयको पुनश्च भन्ने शब्दले पनौती नगरले दावि गर्दै आएको स्थान धुलिखेलमा पार्ने खालको रहेको छ, सो पनौतीलाई मान्य नहुने बताउनु भयो । २०५३ सालमा जुन सिमाना कायम भएको थियो सोही अनुसार हुनुपर्ने दाबी पनौती नगरको रहेको बताउनु भयो । आईटि पार्क, एस.ओ.एस पनौती नगरमा पर्छ सो स्थानमा कसैले दावा गर्दैमा पाउने होईन । नगरवासिका भावना साथै नगरको अधिकारलाई कसैले मेरो भन्दैमा पाउने होईन, सोही बिवाद समाधानको लागि प्रदेश सरकारले कार्य थालेको बताउनु भयो । सेवाग्राहिसंग कुनै पनि बाहानामा घुस लिएको स—प्रमाण फेला परेमा त्यस्ता व्यक्तिलाई ठाउंको ठाउंमा कारवाही गर्ने बताउनु भयो ।

    त्यसैगरी कार्यक्रममा नगरका उप—प्रमुख गिता बञ्जाराले नगरवासिको भावनालाई कदर गर्दै नगरले योजनाहरु अगाडी बढाउने बताउनु भयो । सोही कार्यको लागि अभियान संञ्चालन गरेको उप—प्रमुख बञ्जाराको तर्क रहेको थियो । नगरलाई मदिरा साथै जुवातास मुक्त बनाउने कार्यको लागि योजना बनेको बताउंदै सो योजनाको लागि नगरवासिहरुले साथ दिनु पर्ने बताउनु भयो । वढ्दो महिला हिंसा नियन्त्रणको लागि कार्य थालेको छ साथै महिला आय आर्जजको लागि सोच बुझका साथ अगाडी बढ्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा पनौती नगरका प्रमुख प्रशासकिय अधिकृत विजयराज पौडेलले नगरले चलाएको अभियानको उद्देश्यमाथि प्रकास पार्दै मुलुकमा रहेको ७५३ स्थानिय तह मध्यकै नमुना ढंगको कार्य गर्न पनौती नगर सफल भएको बताउनु भयो । उहाँले थप्नुभयो भैंसिको सुत्केरी भक्ता साथै ३५ बर्ष पुगेका अबिवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने कार्य साथै जनताको आँगनमा गएर सुझाव लिने कार्य हाल सम्म अरु कुनै स्थानिय तहमा नभएको बताउनु भयो । नगरपालिकाले गर्दै आएको कार्यहरु के कस्ता छन् ? के केमा सुधार गर्नु पर्छ साथै कर्मचारीहरुले के कसरी कुन ढंगबाट सेवा दिएका छन् भन्ने बिषयमा जानकारी लिने उद्देश्यले अगाडी बढेको बताउंदै नगरका कुनैपनि कर्मचारीले गल्ती गरेको भए तत्काल कारवाही गर्ने बताउनु भयो ।

    कार्यक्रममा बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारीले पनौती नगरको सिमा बिवाद साथै बृहत खानेपानी व्यवस्थापनको बिषयमा नगरले सहज ढंगबाट प्रयत्न गर्दै गरेको वताउनु भयो । पञ्चायति लगतको आधारमा वनेपाको रातोपुल भन्दा यताको भूभाग पनौती नगरकै भएको बताउनु भयो । राम चन्द्र अधिकारीले जिल्ला पञ्चायतको सभापतिको जिम्मेवारी सम्हालि रहेको अवस्थामा समेत रातो पुल भन्दा यताको भूभाग पनौती नगरकै रहेको प्रमाणिग गरेको बताउनु भयो । साविक शुव्वागाउंको सिमाना रातो पुल भएको र सो पनौती नगरमा गाभिएको कारणले पनि सिमाना रातोपुलनै भएको ठोकुवा गर्नु भयो । धुलिखेल नगरले शहरी विकासको नाउमा बनाएको कृतिम नक्साको आधारमा विवाद निम्त्याएको बताउनु भयो । पनौती नगरले नगरवासिहरुको भावनालाई समेट्दै एकिकृत शहरी विकास योजना वनाउदै गरेको बताउनु भयो । नगरले गरेको कार्य साथै गर्ने तयारीमा रहेको कार्यहरुका बारेमा सम्पुर्ण नगरवासिहरुमा सुचना पुगोस र सोही सुचनाकै आधारमा नगरलाई अगाडी बढाउन पाईयोस भन्ने उद्देश्यले “जनताको आँगनमा नगरपालिका” अभियान चलाएको बताउनु भयो ।

    पनौती नगरको राजधानीको रुपमा रहेको वडा नं ४ मा वडाअध्यक्ष बुद्धसिं थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य नकुल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन सञ्चारकर्मी प्रल्हाद शर्मा हुमागाईले गर्नु भएको थियो । सो कार्यक्रममा सहभागिहरुले नगरको हितको बारेमा सुझाव दिनु भएको थियो ।

    अभियान कार्यक्रममा यस्तो भन्छन नगरवासिहरु

    विरवहादुर थापा – नगरले नगरवासिहरुसंग सुझाव लिने कार्यको लागि सुरु गरेको अभियान अत्यन्त सकारात्मक छ । घरदैलोमा नभएर वडा स्तरमा अभियान चलेको छ, धुलिखेल नगरले सिमानाको बिषयमा हस्तक्षप गर्दा नगरले सो हस्तक्षेपको विरुद्धमा पहल गर्नु पर्छ । विगतमा नेताहरु रातीको समयमा वसेर किर्ते काम गरेका छन् । पनौती नगरलाई भू—माफिया र पानी माफियाले विगार्ने कोसिस गरेकोले सचेत हुनु पर्ने छ । नगरमा पार्टीको नाममा निरङ्कुशता लाद्न नहुने साथै धुलिखेलले सिमा हस्तक्षप गर्दै गाडेको बार्डलाई तत्काल हटाउनु पर्छ ।

    अक्कल सिं थापा – कृषिको लागि अति उर्वरा भूमिको रुपमा परिचित पनौती नगरको जमिनहरुमा सिंचाईको अभावले गर्दा कृषकहरु अभिभावक विहिन हुनु परेको छ । कृषि र कृषकहरुको हितको लागि नगरले पहल गर्न आवश्यक छ । कृषि योग्य जमिन कंक्रिटले भरिएको छ, जसको कारण कृषि पेसा धरापमा पर्ने भएकोले पाखो भू—भागमा वस्ति बिकास गर्नु पर्नेमा नगरको ध्यान पुग्न जरुरी छ ।

    ईन्द्र बोहरा – नगरपालिकाले बिकास निर्माणको कार्य गर्दा दिर्घकालिन ढंगको विकास निर्माण कार्य गर्नुपर्ने । विकास निर्माणको लागि बजेट व्यवस्था गर्दा ढल बत्ति र पानीको लागि प्राथमिकता दिनु पर्ने छ ।

    शुसिला सुवाल – नगरवासिहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै उद्योगको साथै सडक निर्माणको नाउमा वातावरण विगार्नु नहुने । नगरले सुतकेरी भक्ताको बिषयमा स्पस्ट ढंगको नीति निर्माण गनु पर्ने ।

    सुवास थापा –नगरले अभियानको रुपमा सुरुगरेको कार्य अत्यन्त राम्रो रहेको छ । जुन कार्यले गर्दा नगरवासिले आफुलाई लागेको धारणा राख्ने अवसर मिलेको छ । नगरको कृषि योग्य जमिन कंक्रिटमा रुपान्तरण भएको छ । विकास निर्माणको कार्य गर्दा बनाउने भत्काउने फेरी वनाउने नभई दिर्घकालिन रुपमा कार्य गर्नु पर्ने । नगरमा रहेका प्राविधिकहरुले गरेको कार्य राम्रो छैन । प्राविधिकहरुलाई पैसा नखुवाईकन काम नहुने गरेको छ । त्यसैगरी बिकास निर्माउणको कार्यमा भुक्तानि दिनुपर्दा लेखा शाखाले पैसा नदिए सम्म भुक्तानि नदिने गरेको छ । कतिपय घरहरु नक्सा पास नभई बन्दा समेत नगरको ध्यान पुग्न सकेको छैन ।

    अर्जुनप्रसाद बञ्जारा- नगरले अभियानको रुपमा चलाएको कार्य अत्यन्त महत्व पुर्ण रहेको छ । नगरले बनाएको नीति तथा कार्यक्रममा नगरको संरक्षण गर्ने ढंगको कार्य गर्नु पर्ने हुन्छ । पानी वितरण कार्यमा पनौती नगर अरुको थिचो मिचोमा वस्न नहुने साथै सिमा विवादको बिषयमा नगर लत्रन नहुने । आइ.टि.पार्क साथै एस.ओ.एसलाई धुलिखेलले आफ्नो सिमा भित्र नपरेपनि ताक्दैछ । केयुले चलाएको कुप्स पनौती नगरको समिानामा पर्ने हुंदा हुंदै किन पनौतीको नाम नरहेको यस्तो बिषयमा पनौती नगरले चासो दिनु पर्छ ।

    कमला श्रेष्ठ –नगरपालिकाले गरेको कार्यहरुलाई अभियानको रुपमा नगरवासिहरुलाई सुचना दिनु अत्यन्त राम्रो कार्यको थालनि भएको छ । नगरको धेरै स्थानमा घरेलु मदिरा उत्पादन, बिक्रि र सेवनलेगर्दा धेरै समस्याहरु आउनाको साथै सोहि कारणले गर्दा महिला हिंसा बढेको छ । महिलाहरुले मदिरा नियन्त्रणको लागि अभियान चलाउंदै छ । सो अभियानलाई नगरले साथ र सहयोग गर्न जरुरी छ । सडक छेउछाउको घरहरुमा बसोवास गर्ने नगरवासिहरुको धुलोको कारण स्वाथ्य विग्रदो अवस्थामा रहेको छ । धुलो नियन्त्रणको लागि नगरले पहल गर्न आवश्यक छ ।

    भवनाथ वाग्ले- जनताको आँगनमा नगरपालिका नामक अभियान जिल्लामै पहिलो अभियान हो । यो अत्न्त राम्रो अभियान हो, यस्तो ढंगको कार्यले गर्दा नगरवासिहरुलाई सु—सुचित हुने मौका मिलेको छ । विकास निर्माणको कार्य गर्दा बनाउने फेरी भत्तकाउने कार्यले गर्दा अनावश्यक रुपमा खर्च भएको छ । आगामि दिनहरुमा विकास निर्माणको कार्य गर्दा भत्तकाउने ढंगले कार्य नगरी दिर्घकालिन सोचका साथ विकास निर्माणको कार्य गर्न जरुरी रहन्छ । नगरले जानकारी गराए अनुसार विकास निर्माण तिब्र ढंगबाट भए जस्तो देखिन्छ तर भनाई अनुसार कार्य नभई सकेको जस्तो देखिन्छ । पनौती खेतीको लागि चर्चित स्थान भएकोले खेति योग्य जमिनहरुको संरक्षण हुन जरुरी छ साथै बृहत खानेपानी मेलम्ची खानेपानी जस्तो नहोस ।

    गोपाल दाहाल- कृषिर पशुको क्षेत्रमा पनौती नगरले गरेको कार्य स्वागत योग्य रहेको छ । पशुमा दिने सुतकेरी भत्ताले गर्दा पसुपालनमा हौसला मिलेको छ । अन्य नगरको तुलनामा पनौती नगरले धेरै राम्रा राम्रा कार्यहरु गर्दै आएको छ । राम्रा कार्य लाई हौसला दिनु र नराम्रा कार्यलाई खवरदारी लगाउनु नगरवासिको कर्तव्य हो । पनौती नगरले गरेका राम्रा कार्यहरुको प्रचार प्रसारमा कमी भएकोले नगरवासिले सवै कार्यको जानकारी पाउन नसकेको हो । प्रचार प्रसारलाई अगनाडी बढाउनको लागि पे्रस संयोजकको व्यवस्था गर्न जरुरी छ । नगरमा रहेको जग्गाहरुको बर्गीकरण गर्न जरुरी छ ।

    दिपक दाहाल– नगरले अभियानको रुपमा चलाएको कार्यले गर्दा नगरवासिहरु सु—सुचित हुने अवसर जुटेको छ । नगरले गर्ने कुनैपनि बिकास निर्माणको कार्यमा चुहावट हुनु हुदैन । केही केही विकास निर्माणको कार्यमा चुहावट भएको सुन्नमा आएकोले सो तर्फ नगरको ध्यान केन्द्रित हुन जरुरी रहन्छ । नगरले गरेको राम्रो कार्यहरुको प्रचार प्रसार गरेर नगरवासिहरुलाई जानकारी गराउन आवश्यक छ ।

    वडा अध्यक्ष बुद्ध सिं थापा- नगरले के कस्ता कार्य गरीरहेको छ, भन्ने बिषयमा नगरवासिहरुलाई जानकारी गराउने साथै आगामि दिनहरुमा के कस्तो ढंगबाट अगाडी बढ्दै नगर र नगरवासिको हितको लागि कार्य गर्नु पर्ने भन्ने बिषयमा सुझाव लिने उद्देश्यले अभियान चलाएका हौं । अभियानको क्रममा नगरवासिहरुबाट धेरै राम्रा साथै महत्वपुर्ण सुझावहरु आएको छन् । सो सुझावहरुका बिषयमा नगर कार्यपालिकामा बृहत छलफल गर्दै अगाडी बढ्ने छौं ।

    त्यसैगरी पनौती नगरपालिकाको अर्को महत्व पुर्ण वडाको रुपमा रहेको वडा नं ५मा मंगलबार अभियान सम्पन्न भएको छ । वडाअध्यक्ष श्रीधर पाध्याय कुंकेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संञ्चालन सञ्चारकर्मी प्रल्हाद शर्मा हुमागाईले गर्नु भएको थियो । सो कार्यक्रममा सहभागिहरुले निम्न अनुसारको सुझाव दिनु भएको छ ।

    अभियानको क्रममा यस्तो भन्छन ५ नं का वडावासिहरु

    रुपवहादुर कुंवर- धनेश्वर बनेपा नगरपालिका र पनौती नगर विच भएको सिमा विवाद मिलाउनु पर्ने । रातोपुलको सिमाना हुंदा दुंदै वनेपा नगरले धनेश्वर मंदिरलाई आफ्नो नगर भित्र पर्ने भन्दै आएका छन् ।

    अनिरुद्र थापा- वनेपा नगर वडा नं ५ मा रहेको धनेश्वर मंन्दिर छेउमा रहेको धनेश्वरी प्राथमिक विद्यालयमा नयाँ ढंगको शिक्षा प्रदान गरी संञ्चालन गर्ने तयारी गरीरहेकोले सो कार्यको लागि नगरपालिकाको तर्फबाट सघाउनु पर्ने छ ।

    तुलसि नारायण श्रेष्ठ- नगरले अभियानको रुपमा चलाएको कार्यक्रम राम्रो छ । शुब्बागाउंमा ढलको समस्या भएकोले समाधानको लागि नगरले पहल गर्नु पर्ने छ । नगरको पैवेशद्वारको रुपमा रहेको वडालाई नगरले राम्रो व्यवस्थापन गरे गर्नु पर्ने । चुनावमा उठ्ने वेलामा जे जति स्थानिय नेताहरु तात्ने गरेपनि सार्वजनिक कामको लागि नजुट्ने भएकोले बिकास निर्माणमा समस्या भएको छ । नगरमा रहेका कर्मचारीहरुले सेवाग्राहिहरुसंग पैसा माग्ने काम गरेका छन् त्यस्ता कर्मचारीको बारेमा नगरले सवोच्नु पर्ने छ । यदि नगरले त्यस्ता भ्रष्ट कर्मचारीलाई कारवाही नगरे स्थानियले कालो मोसो लगाउन तयार भएको छ ।

    पुरुषोत्तम श्रेष्ठ- वडा नं ५ मा रहेको नवयुग युवा समाज संस्थालाई सहयोग गर्ने बिगतमा आस्वासन पाएपनि हाल सम्म कसैले नगरले सहयोग नगरेकोले सहयोगको अपेक्षा राख्दछौं । पनौती नगरको वडा नं ७ ,८ र ९ मा बजेट धेरै छुट्टिने तर वडा नं ५ मा वजेट कम भएकोले आगामि दिनमा त्यस्तो पक्षपात हुन हुदैन ।

    सहदेव श्रेष्ठ- पनौती नगरपालिका बन्दा देखि वडा नं ५ मा ढलको व्यवस्था, पानी, सडक बत्ति समेतको व्यवस्था नभएकोमा हाल सम्म पनि त्यस्ता अति आवश्यकिय कार्यमा नगरको ध्यान पुग्न नसकेको ले आगामी दिनमा व्यवस्थापन हुनु पर्ने । ५५ बर्ष अगाडीबाट स्थानियले प्रयोग गर्दै आएको घाटलाई विकास निर्माणको नाउमा सार्न खोजेकोले सो कार्य गर्न नहुने ।

    प्रदिप खड्का- बनेपा नगरले पनौती नगरको वडा नं ५ मा राखेको डम्पिङसाईडले गर्दा दुर्गन्ध साथै वातावरण प्रदुषण भई मानव स्वास्थ्यमा असर पुगेकोले सो कार्य तत्काल बन्द गर्नु पर्ने । बृहत खानेपानी ल्यजाउने बिषयमा धेरै ढिलो भएकोले सो कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गर्नु पर्ने साथै धुलिखेल नगरपालीका र बनेपा नगरपालिकासंग भएको सिमा बिवाद समाधान गर्नु पवर्ने । नगरको तर्फबामट सौहार्द पुर्ण ढंगबाट बिवाद समाधानको प्रयास गर्दा अटेर गरेमा वडावासिहरु आन्दोलनमा होमिन तयार छौं ।

    इन्द्र कुमार श्रेष्ठ- हामी वडावासिहरु विकासका विरोधी होईनौं विकास निर्माणको लागि सघाउन तयार छौं तर विकासको नाममा बिनास गर्ने कार्यको लागि बिरोध गर्द छौं । कोरिडोर निर्माणको नाउमा ५५ बर्ष अगाडीबाट स्थानियले प्रयोग गर्दै वआएको घाटलाई हटाउने कुरा आएकोले सो बिषयमा स्थानियले साथ र सहयोग नगर्ने र कुनै पनि हालतमा घाट हटाउन पाईदैन ।

    सिता खड्का- हामी कृषक हौ कृषकको लागि आवश्यक उन्नतजातको आलुको बिउको लागि नगरले पिहल गर्नु पर्ने । मदिराको कारणले गर्दा महिला हिंसा बढ्दै गएको छ, त्यस्ता मदिरा नियन्त्रणको लागि हामी महिलाले धेरै प्रयास गरेउ तर नगरले साथ र सहयोग गरेको छैन । महिला हिंसा रोक्नको लागि मदिरा नियन्त्रण गर्ने बिषयमा जगर चनाखो हुनु पर्छ ।

    श्रीभक्त श्रेष्ठ- ढलमले नैकिनटार सडकको लागि लगानि गरेको छ तर सो सडकको न पैवेश गर्ने ठाउ छ न निस्कनेनै । त्यस्तो सडक निर्माण कार्यले गर्दा करिव ४ सय रोपनि जग्गा बिग्रीएको छ ।

    बालकृष्ण श्रेष्ठ- कोरिडोर निर्माणको नाउमा सिंचाईको लागि कृषकले राखेको सिंचाईको पाईपहरु ध्वस्त पारेकोले त्यसको व्यावस्था नगरको तर्फबाट गर्नु पर्ने छ ।
    नारायण श्रेष्ठ- नगरका युवाहरु वैदेशिक रोजगारीमा वढी आकर्षित भएकोले सो कार्य रोक्नको लागि कृषि तथा पशुपालmनलाई प्राथमिकता दिनु पर्छ । युवाहरु साथै आफुपनि पंक्षि पालनमा अग्रसर रहन मनभएको तर कुखुरा पालन कार्यमा विमा हुन नसक्दा समस्या आएकोले त्यस्तो बिषयमा नगरले सोच्न अति आवस्यक छ ।

    अप्सरा के.सी देउजा- पनौती नगरको सिमा भित्र पर्ने चौकोट गैरिगाउंको सामुदायिक बनमा धुलिखेल नगरपालिकाले हनुमान पार्क निर्माउण गरेको भन्ने सुन्नमा आएको छ । सो कार्य कसको अनुमजितले गर्दा भयो । त्यस्तो हस्तक्षप पुर्ण कार्यलाई नगरले तत्काल रोक्नु पर्छ ।

    दिलिप कुमार देउजा-नगरमा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने कार्यमा नगरले भूमिका निर्वाह गर्नु पर्ने । सरकारी तीनि नियम विपरित ढंगबाट नगरमा प्लानिङ भएको छ जुन कार्यले गर्दा नगरको रुप बिग्रने भएकोले सचेत हुनु पर्छ ।

    तिर्थ माया प्रधान – दुई बर्ष देखि वडा नं ५ मा महिला सिपमुलक कार्यक्रम नभएको र आगामि दिनमा महिलाको सिपिमुलक कार्यको लागि नगरले योजना अगाडी बढाउन आवशयक छ ।

    राजकुमार खत्री-ढलमले सडक जोग्ने सडकको लागि नगरले के कस्ता योजना अघि सारेको छ । वि.पि सडकको लागि के कती बजेटको व्यवस्था भएको छ ? नगरले सो सडकको लागि वजेटको व्यवस्थ गर्न आवश्यक छ ।
    कार्यक्रममा उठेका सवालहरुका बिषयमा बिभागिए प्रमुखहरुले जवाफ दिनु भएको थियो । जसमा कृषि शाखा प्रमुख रितिक्षा पौडेल र पशुपंक्षि शाखा प्रमुख मणि सापकोटाले नगरबाट कृषि र पशुपंक्षिको लागि ल्याएको नया ढंगको योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार