२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अबिवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता,पनौतीमा पाडापाडीको जन्म दर्ता


३४२२ पाठक संख्या

पनौतीकाभ्रे जिल्लाको तेस्रो नगरको रुपमा रहेको पनौती नगरपालिकाले नेपालमा भएको ७ सय ५३ स्थानिय तहले

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र १३, बुधबार मा प्रकाशित ५ साल अघि
  • पनौतीकाभ्रे जिल्लाको तेस्रो नगरको रुपमा रहेको पनौती नगरपालिकाले नेपालमा भएको ७ सय ५३ स्थानिय तहले भन्दा फरक ढंगको कार्य गर्दै नगरलाई छुट्टै पहिचानको साथ अगाडी बढाएको छ ।

    पनौती नगरपालिकाले नगरमार्फत गरेका कार्यहरु नगरवासि समक्ष पारदर्शी गराउने उद्देश्यले वडागत रुपमा सम्पादन गरेका कार्य तथा प्रवाह गरेका सेवाका सम्बन्धमा सार्वजनिक जवाफदेहिताको लागि “जनताको आगनमा नगरपालिका कार्यक्रम” संञ्चालन गरी रहेको छ । कार्यालय समयको कार्यमा अबरोध नपुगोस भन्ने उद्देश्यका साथ बिहानको समयमा अभियानलाई चलाई रहेको छ । चैत ९ गतेबाट सुरुभएको अभियान आज सम्ममा ६ वटा वडाहरुमा सम्पन्न भएको छ ।

    अभियानको क्रममा नगरले गर्दै आएको बिभिन्न नयाँ ढंगको कार्यको बारेमा समेत जानकारी गराउने क्रममा नगरका उप—प्रमुख गिता बञ्जाराले भन्नुभयो, सिंहदरबारको अधिकार गाउंमा आएको अवस्थामा नगरवासिको चाहना अनुसारको कार्य गर्नु हामी जनप्रतीनिधिहरुको कर्तव्य रहेको बताउनु भयो । अन्य स्थानिय तहको जस्तो मात्रै कार्य गरेमा यति धेरै महत्व बोकेको ऐतिहासिक पनौती नगरको के हमत्व ? यस नगरमा मुलुककै छुट्टै पहिचान रहेकोले नयाँ ढंगको कार्य गरेर अगाडी बढ्नु पर्छ, जुन कार्यलाई अरु स्थिानिय तहले समेत पछ्याउन् । सोहि अनुसार नगर र नगरवासिको हितको लागि नगरमा नौला नौला कार्यका थालनि गरेका छौं । धेरै नौलो कामको थालनि गरेको छ, जसमध्य बिवाह नगरी वसेका ३५ बर्ष पुगेका अविवाहित महिलाहरुलाई भत्ताको सुरुवात गरेका छौं ।

    नगरवासिको चाहना साथै कृषकहरुको हितको लागि अगाडी बढ्दै नगरवासिहरुलाई आत्मनिर्भर हुने ढंगको योजना अगाडी बढाएको छ । पछिल्लो समयमा नेपालबाट खाडीमुलुकमा रोजगारीको लागि जाने लर्को देखेर पनौती नगरबाट विदेशमा पसिना बगाउन जानेको संख्या कम गराउने उद्देश्यका साथ कृषिलाई प्राथमिकतामा राखेको पनौती नगरका प्रमुख प्रशासकिय अधिकृत बिजय राज पौडेलले बताउनु भएको छ ।

    प्रमुख प्रशासकिय अधिकृत पौलेलका अनुसार पशुपालनलाई प्राथमिकता दिनको लागि भैंसिको सुतकेरी भत्ता र पाडापाडीको जन्म दर्ता गर्ने अभियान चलाएको बताउनु भयो । भैसि सुतकेरी हुंदा भत्ता दिने जसले दर्गा कृषकहरुलाई हौसला पुगोस र पाडापाडीको जन्म दर्ता गर्दा तिनिहरुको संरक्षण हुने जुन अभियानले भैसि खरिद गर्न ठुलो धनरासी खर्च नहुने बताउनु भयो । पछिल्लो समयमा आएर पाडापाडीको अभाव हुंदा भैसी खरिदको लागि छिमेकी मित्रराष्ट्र भारतबाट आयात गर्नुपर्ने जसले गर्दा नेपाली पैसा विदेशमा पुग्ने गरेकोले त्यस्ता कार्य रोक्नको लागि नगरले अभियानको रुपमा कार्य अगाडी बढाएको बताउनु भयो ।

    “जनताको आगनमा नगरपालिका कार्यक्रम” अभियानका केही झलकहरु

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार