२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

९१ बर्षिय बुवाले ६१ बर्षिय छोरालाई श्रद्धाञ्जली, समाज निर्माणको कार्य गर्दा गर्दै अलविदा रुद्र


३५५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ बैशाख ४, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिका वडा नं ६ निवासी जनप्रीय नेताको रुपमा परिचित रुद्रबहादुर वानियाँको चैत्र २९ गते के.एम.सि अस्पताल काठमाडौमा मस्तिस्क घातको उपचारको क्रममा निधन भएकोे छ । मृतक बानियाँको आईतबार (बैशाख १ गते ) पाँचखाल वडा नं ६ स्थित तिनपिप्ले वजारमा अन्तिम श्रदाञ्जली पश्चात सव यात्रा सुरु गरी पाँचखाल स्थित तामे्रस्वर घाटमा हिन्दु परम्परा अनुसार सुपुत्र द्वय अरुण वानियां र भरत वानियांले दागवत्ति दिई दाहसंस्कार गरीएको थियो ।

    पिता हेमवहादुर वानियाँको दुई सुपुत्र मध्य जेठो सुपुत्रको रुपमा २०१४ साल असोज १४ गते जन्मनु भएका वानियाँका दुई श्रीमति, दुई छोरा र ४ छोरी रहेका छन् । सरल, शालिन स्वभावका वौद्धिक व्यक्तित्वको निधनले पाँचखाल र आसपासको स्थानमा सामाजिक क्षेत्रमा अथक योगदान पु¥याउने व्यक्तित्वको खाँचो महसुस भएको छ । वानियाँको अन्तिम श्रद्धाञ्जलीको लागि देसका विभन्न स्थानबाट जनलहर ओईरिएको थियो । हजारौको संख्यामा उपस्थित जनलहरलाई व्यवस्थित ढंगबाट अन्तिम श्रद्धाञ्जलीमा सहभागि गराउन नेकपा पाँचखाल नगरकमिटिलाई हम्मे भएको थियो ।

    प्रतिकुल मौसमको समेत कुनै वास्ता नगरी, प्रतीनिधि सभाका सांसद, प्रदेशसभाका सांसद, नेकपाका केन्द्रिय नेताहरु, नेपाली काँगे्रस काभे्रका सभापति लगाएतका नेताहरु, बिभिन्न स्थानिय तहका प्रमुख, उप—प्रमुख, साथै वडा अध्यक्षहरु , बृद्ध बुद्धा, महिला केटाकेटी समेतको उपस्थिति रहेको थियो । स्व. बानियाका ९१ बर्षिय पिता हेमबहादुर वानियाँले अन्तिम श्रद्धाञ्जिजि अर्पण गर्दै गर्दाको दृश्यले उपस्थित जनलहर थप भाव विह्वल भएका थिए । मुसलधारे बर्षातको समेत कुनै प्रर्वाह नगरी अन्तिम श्रद्धाञ्जलीको लागि जुटी रहेको दृश्य अविस्मरणिय साथै हृदय बिधारक ढंगको रहेको थियो ।

    ०३३ सालमा सर्वमंगला माध्यमिक बिद्यालयबाट एस.एल.सि उतिर्ण गर्नुभएका वानियांले काठमाडौस्थित रत्नराज्य क्याम्पसबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो । अध्ययनलाई निरन्तरता दिदै ०३७ सालबाट पाँचखाल तिनपिप्ले स्थित जोरपाटी माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी निर्वाह नगुभएको थियो । २०४५ सालमा स्नातक उतिर्ण गरीसकेपछि समाजको हितको लागि राजनीतिक आवस्यक महसुस गर्दै सो क्षेत्रतर्फ झुकाव बढाउनु भयो । विद्यालयमा विद्यार्थीहरुलाई अध्यापन गरेर मात्र समाजमा आमुल परिवर्तन नहुने सोचका साथ शिक्षण पेसालाई त्याग्दै २०४९ सालको स्थानिय निर्वाचनबाट पाँचखाल गा.वि.सको अध्यक्षको जिम्मेवारी सम्हालनु भएको थियो ।

    वाँनियाँको राजनीतिमा झुकाव हुनुको मुख्य कारण स्नातक अध्ययनको क्रममा बनेपामा रहेर विराट शर्मा र जगन्नाथ अवासंग टिउसन पड्दै गर्दा साथीहरुको सल्लाह र सुझावको आधारमा राजनीतिक क्षेत्रमा आकर्षण बढेको उहाँका सहपाठी डा. भरत लामिछानेले जानकारी गराउनु भएको छ । राजनीतिक गुरुका रुपमा रहनु भएका लामिछाने ०३५ सालबाटै संयुक्त जनमोर्चा नेपालसंग झुकाव राख्दै सक्रिय राजनीतिक क्षेत्रमा कार्य गर्दै आउनु भएको थियो । उहाँले आफ्नो समकक्षी साथी बानियाँलाई पनि संयुक्त जनमोर्चाको माध्यमबाट राजनीतिक क्षेत्रमा अगाडि बढ्न सुझव दिदै आकर्षण गराउनु भयो । वानियाँले सहमत जनाएपछि डा. भरत लामिछानेको साथमा गोपि थपलिया रुद्रवहादुरको बुवा हेमबहादुर वानियाँलाई भेट्न घरमा जानु भएको थियो । एक रातभरिको छलफल र वसह पछि विहानी पख बुवाले सकारात्मक संकेत दिएपछि राजनितिमा सकृय ढंगबाट अगाडी बढ्नु भएको थियो ।

    राजनीतिमा अगाडि बढ्दै जानेक्रममा २०४९ को निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट पाँचखाल गा.बि.समा अध्यक्षमा निर्वाचित, २०५२ सालमा नेकपा एमालेमा प्रवेश , २०५४ को निर्वाचनमा पाँचखाल गा.वि.समा नेपका एमालेको तर्फबाट अध्यक्षको उम्मेदवारी दिई निर्वाचित, २०५५ मा गा.वि.स महांसंघ काभे्रको अध्यक्ष, हुदै नेकपा एमालेको जिल्ला कमिटि सल्लाहकारको समेत भुमिका निर्वाह गर्दै आउने क्रममा २०७४ मा भएको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट पाँचखाल नगरपालिकामा मेयरको उम्मेदवारी दिई झिनो मतले पराजित हुनु भएका बाँनियाँ हाल नेकपाको नेताको रुपमा सकृय ढगबाट अगाडी बढ्दै आउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार