२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा आईतबार सार्वजनिक बिदा,पलाञ्चोक भगवतीमा तीन दिन मेला लाग्ने,किन मनाईन्छ भगवतिमा मेला ?


४४४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ ३, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • आई.आर.के.मैनाली

    पाँचखाल-पाँचखाल नगरमा रहेको ६ ऐतिहासिक एवं पुरातात्वीक महत्व बोकेकोे मठ मन्दिर मध्यको छ्ट्टै पहिचान रहेको पलाञ्चोक भगवतीको मन्दिरमा चण्डेपुर्णीमाको दिन (बुद्ध जयन्ति) गरिने बिषेश पुजाआजाको साथै मेला तीन दिन सम्म चल्दै आएकोमा यस बर्षपनि विगतलाई निरन्तरता दिदै जेठ ३ , ४ र ५ गते भव्य ढंगबाट सञ्चालन हुदैछ ।

    नगको मात्र नभएर देशकै ऐतिहासिक धरोहरको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिरमा हुने उक्त बिषेश पुजा तथा मेलाको लागि नगरवासिहरुले सहयोग गर्न सहज रहोस भन्ने उद्देश्यले पाँचखाल नगरमा आईतबार सार्वजनिक बिदा दिने निर्णय भएको नगरका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर भण्डारीले जानकारी गराउनु भएको छ । शुक्रबार नगरमा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

    २०७२ सालको विनासकारी भुकम्पले क्षति पु¥याएको उक्त मंन्दिरको पुनर निर्माणको लागि पुरातत्व विभागले २ करोड ५२ लाख ७७ हजार रकम विनियोजन गरी निर्माण कार्य सकिएपछिको पहिलो मेला सभ्य एवं भव्य ढंगबाट सम्पन्न गराउनको लागि स्थानियहरु सकृय ढंगबाट अगाडी बढेको वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी गराउनु भएको छ । श्रेष्ठका अनुसार आफ्नो वडामा रहेको पाँचखालको मात्र नभई मुलुककै गहनाको रुपमा रहेको मन्दिरको संरक्षण साथै व्यवस्थापनको लागि पहल गरेको बताउनु भयो । उहाँले थप्नुभयो भगवतिको दर्शनको लागि आउने भक्तजनहरुलाई सहज ढंगबाट दर्शन गराउने साथै अन्य सुबिधाको विषयमा वडाको तर्फबाट सक्दो सहयोगको लागि निरन्तर रुपमा अगनाडी बढेको बताउनु भयो ।

    यस्तो छ पलाञ्चोक भगवतिको महिमा

    काभ्रेपलाञ्चोक जिल्लाको हाल पाँचखाल नगर वडा नं ९ मा अवस्थित पलान्चोक भगवतीको मन्दिरको महिमा नेपाल लगायत विश्वभर रहेको छ । अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलाञ्चोक भगवतीलाई मान्ने गरिन्छ ।

    भगवती हिन्दूहरूकी आराध्यदेवी भए पनि यस मन्दिरमा वैदिक विधिअनुसार मन्त्रोच्चारण गरी पूजाआजा नभई बौद्ध तान्त्रिक विधिअनुसार पूजा अर्चना गर्ने प्रचलन छ । भगवतीलाई बौद्धमार्गीहरूले पनि हिन्दूहरूले जस्तै श्रद्धाभक्तिले पूजा, अर्चना गर्दछन् । मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन् ।

    पलाञ्चोक भगवतीकोे इतिहास उतिकै रोचक छ । भगवतीको मुर्ति र स्थापना संग अनेकौ भनाइ एवं किंवदन्ती रहेको पाईन्छ । राजधानी शहर काठमाडौंबाट करिब ५४ कि.मि. पूर्वमा पर्ने मन्दिरहरूमा सबैभन्दा ठूलो मन्दिर पलाञ्चोक भगवतीको रहेको पाईन्छ । मन्दिरमा रहेको मूर्ति करिब एक मिटर अग्लो र कालो चिल्लो ढुंगामा कँुदिएको छ । भगवतीको मूर्ति हेर्दा अलिकति बाङ्गिएको आकृतिमा देखिन्छ । अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी यी भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख रहेको छ । भगवतीको पाउले दायाँ र बायाँ चण्ड एवं मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको देखिन्छ । एक हातको तीरले दैत्यलाई रोपेको छ । ढोकाको दायाँ–बायाँ पथ्थर र धातुका सिंहहरू छन् । सुनको जलप लगाइएको पित्तलको गजुर प्यागोडा शैलीको तीनतले मन्दिरका दुवै छाना तामाका छन् भने टँुडाल र झ्यालहरू भने कलात्मक काठका रहेका छन् ।

    धातुले नै मोडिएका ढोकाहरू, मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण रहेको छ । मन्दिरमा दर्शनार्थ काठमाडौंलगायत नेपालका विभिन्न स्थानबाट प्रत्येक शनिबार र मंगलबार श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने किंवदन्तीमा उल्लेख भएको पाइन्छ ।
    मन्दिरको स्थापना लिच्छवि राजा मानदेवले विक्रम संवत् ४२५ मा गरेको कुरा लिच्छविकालीन अभिलेखहरूबाट थाहा पाउन सकिन्छ । नेपालका अभिलेखहरूमध्ये यहाँको अभिलेखलाई पुरानो मानिएको छ । यो मन्दिर अनुपम् कलाकौशलले चमकदारपूर्ण तथा आकर्षित रहेको छ । मध्यकालको प्रारम्भमा काभे्र जिल्लाका सात वटा स्थानहरू– चण्डेश्वरीनजिको बनेपुर बनेपा, प्रयाग तीर्थनेर पानवती (पनौती), नाला भगवतीनेर (नाला), नारायण तीर्थनेर धौखेल (धुलिखेल), धनेश्वरनजिकै श्रीखण्डपुर (खड्पु), चकोट ऋषिको आश्रमनेर (चौकोट) र नासिकास्थान पीठनेर (साँगा)ले विशेष महत्व पाई विकसित हुने अवसर पाएका थिए ।

    मानदेव प्रथमको शासनकालमा स्थापित पलाञ्चोक भगवती मन्दिर मध्यकालमा एउटा प्रमुख गढको रूपमा परिचित थियो । जयसिंह राय वर्धनलाई जयस्थिति मल्लले सामन्त अर्थात् शासक बनाएपछि उनको परिवारको प्रभुत्व कायम भयो । उनको भतिजा शक्तिराम वर्धन त्यहाँको सामन्त रहेका बेला चीनका बादशाहले निजलाई वांग पदवी दिएर दौत्यसम्बन्ध कायम गरे । यक्ष मल्ल परलोक भएपछि उनका छोराहरूले राज्य टुक्र्याउन थाले । त्यसैले रण मल्लद्धारा बनेपामा एउटा स्वतन्त्र राज्य खडा गरियो । मन्दिर जिर्ण हुंदै जाँदा वि.सं. २०३२ मा तत्कालीन सरकारले मन्दिरको जीर्णोद्धार गरेको थियो। वि.सं. १९९० आएको भुकम्पले केही भाग भत्केकोमा स्थानीय बासिन्दाबाट मर्मत भएको थियो ।

    कसरि भयो त मन्दिरको स्थापना

    हाल पलाञ्चोकमा रहेको मन्दिर सो ठाउमा स्थापना हुनु अगाडी काभ्रे जिल्लाको बुचाकोटका बासिन्दालाई सपनामा भगवती स्वयं उपस्थित भई मलाई यहाँबाट उत्तरतिर लैजाऊ भनिछन् । स्थानीयले सोही बमोजिम भगवतीको शिलालाई बोकेर ल्याउँदा हालको भगवती स्थानमा बास पर्यो। भोलिपल्ट बिहानै पलाञ्चोक भगवतीलाई बोकेर लान खोज्दा उठाउनै नसकेर सोही ठाउंमा स्थापना गरेको भन्ने छ । त्यसपछि त्यहाँ नै भगवतीको मन्दिर बनाएर राखियो । त्यस्तै अर्को रोचक पक्ष एक स्थानीय अज्ञात पहरी थरका व्यक्तिले भोटबाट नेपालमा नून व्यापार गर्ने गर्दथे । उनले एक दिनको व्यापारबराबर नाफा भएको खण्डमा भगवतीलाई केही चढाउने बाचा गरेका थिए रे । सोही बाचाअनुरूप उनले भोलिपल्ट आफ्नो नूनको बोरामा हेर्दा पाथीभरि चाँदीको मोहोर भएको पाए । आफ्नो मनोकामना पूरा भएको हुँदा पलाञ्चोक भगवती मन्दिरभन्दा पूर्वपट्टि छेउमा ठूलो घन्टा स्थापना गरेका थिए । सो घन्टामा लेखिएको कुरा आजसम्म पनि सजिलैसँग पढ्न सकिन्छ । भगवतीको दिदी कालिकाको स्थान त्यहाँबाट केही पर छ । उनको पहिले दर्शन गरेर मात्र भगवतीको दर्शन गर्नुपर्ने जनधारणा आजसम्म पनि यथावत् कायम छ ।
    मन्दिरदेखि पूर्वपट्टि डाँडागाउँमा पहरी थरका जनजातिहरू बसोबास गर्छन्। यिनीहरू नेवार जातिबाट अपभ्रंश भई पहरी जातमा आएको भन्ने भनाइ छ । सो डाँडालाई भगवतीको फूलबारी भनिन्छ । यहाँका प्रत्येक पहरीले दैनिक आलोपालो मिलाई भगवतीलाई फूलको गुच्छा प्रत्येक बिहानीमा चढाउनुपर्ने प्रचलन छ । मन्दिरमा सबैभन्दा ठूलो मेला बडादशैं र चण्डीपूर्णिमा (बुद्ध जयन्ती)का दिन लाग्छ । बुद्ध जयन्ती मेला लाग्नुभन्दा एक दिनअगावै देउता बैराउने भनिन्छ । त्यस दिन त्यहाँका पहरीहरूबाट नै भगवतीको रथ चलाउने परम्परा छ । यसरी यहाँ वर्षको दुई पटक रथ घुमाइन्छ ।

    मन्दिरभित्र झन्डै एक मिटर कालो ढुंगामा कँुंदिएको भगवतीको सुन्दर मूर्ति छ। भनिन्छ, पलाञ्चोक भगवती दाहिने हातबाट, नक्साल भगवती देब्रे हातबाट र शोभा भगवती खुट्टाबाट कुँदिएको र तीनै मूर्ति बनाउने कलाकार एउटै थिए । यस्तो बहुचर्चित मूर्ति बनाउने कलाकारले तत्कालीन अवस्थामा सजायँबापत आफ्नो हात गुमाउनुपरेको कुरा निकै चर्चा हुने गर्छ।

    काठमाडौं मखनटोलवासी वज्राचार्यहरूलाई परापूर्वकालदेखि नै यस मन्दिरको पूजाआजाको लागि पुजारीको रूपमा राख्ने परम्परा आजसम्प पनि जस्ताको तस्तै रहेको छ । मुलुकमा कुनै अनिष्ट हुने भएमा पलाञ्चोक भगवतीको मुहारमा पसिना आउने गर्छ । वि.सं. २०४५ भाद्र ५ गते भूकम्प जानुअघि भगवतीको अनुहारबाट पसिना आएको थियो । वि.सं. २०२९ मा एउटा सैनिक विमान धुलिखेल डाँडाको खोल्सामा दुर्घटनाग्रस्त हुनुभन्दा अगाडि पनि देवीको अनुहारबाट पसिना आएको थियो भनिन्छ । २०७२ बैशाखको पहिलो हप्ता पनि पसिना आएको पुजारीले बताएका थिए त्यसको केही दिनमै १२ गते भुकम्प गयो । यसले गर्दा परापूर्वकालदेखि नै भगवतीप्रति जनआस्था र विश्वास बढ्दै आएको छ ।

    त्यसैगरी शत्यमोहन जोसिले लेखेको कितावमा काभे्रको वुचाकोटबाट भगवतिले पाईलो टेकोको हालको भगवति मन्दिरमा, जुन नेवारी भाषामा (पलाचोक) भन्नेगरेको सोही नेवारी भाषाको पलाचोकलाईनै आधार मानेर पलाञ्चोक नाम रहेको उल्लेख गरेको छ । नेवारीमा भनिएको (पलाचोक) अर्थ पाईला टेकोको हो । २०७२ आएको भुकम्पले क्षति पु¥याएको मन्दिरको पुनर निर्माणको लागि २०७४ जगमा खन्दा भेटीएको पुरानो पैसाले गर्दा पनि मन्दिर वि.सं ४२५ मै बनेको पुष्टि मिलेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार