२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा भोली आइतबार सार्वजनिक विदा,पलाञ्चोक भगवतीमा भव्य ढंगबाट मेला लाग्दै


४५३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ ४, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पलाञ्चोक भगवतिमा शुक्रबारबाट सुरुभएको मेला भव्य ढंगबाट संञ्चालन भईरहेको छ । भोली आईतबार सम्म चल्ने उक्त मेलालाई व्यवस्थि तगर्नको लागि वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठको अगुवाईमा वडा नं ८ का वडा अध्यक्ष संजय तमाङ, वडा नं ११ का वडा अध्यक्ष शिव सरण लामा र वडा नं १३ का वडा अधयक्ष सुकुविर तमाङ निरन्तर रुपमा लागि रहनु भएको छ ।

    भूकम्पले क्षति पु¥याएको मन्दिर पुनर निर्माण कार्य सम्पन्न पश्चात पहिलो मेलालाई व्यवस्थित गर्न पाँचखाल नगरले आर्थीक सहयोगका साथ आईतबार नगरमा सार्वजनिक बिदा समेत दिएको छ । भगवतिको दर्शन गर्दा मनोकांक्षा पुर्ण हुने जनविश्वासका साथ काभे्र आसपासका जिल्लाहरुका साथै काठमाडौ उपत्यका आसपासका जिल्लाहरुबाट भक्तजनहरुको अत्यन्त ठुलो उपस्थित रहेको छ ।

    मेलालाई व्यवस्थित गर्नको लागि मन्दिर रहेको वडा पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठको ठुलो भूमिका रहेको थियो भने वडा नं ८, ११ र १३ का वडा अध्यक्षहरुले साथ दिनुभएको छ । भक्तजनहरुको सुरक्षा र सुविधालाई मध्यनज राख्दै निःशुल्क सवारी साधन पार्कीङ्ग, पानीको व्यवस्था, सतलमा सहज ढंगबाट सुरक्षीत तरिकाबाट बस्ने व्यवस्था मिलाईएको छ । त्यसैगरी खाजा नास्तामा सहज र सरलता साथै सुपथ मुल्यमा उपलब्ध गराउने बिषयमा चनाखो हुदै मेलामा निः शुल्क रुपमा स्टल उपलब्ध गराएको छ । सुरक्षालाई मध्यनजर राख्दै घरेलु मदिरा पुर्ण रुपमा प्रतिबन्ध लगाई सशस्त्र प्रहरी साथै प्र.ना.नि यमबहादुर वुडाथोकिको नेतृत्वको प्रहरी टोलिका साथमा स्थानिय ४० जना स्वयंसेवक समेतले सुरक्षा दिई रहेका छन् ।

    बुद्ध जयन्तिको दिन लाग्ने उक्त मेलामा बुद्धको मुर्तिको अभाव महसुस गर्दै मन्दिरको पुर्वपट्टि रहेको गणेश मंदिरको छेउमा वडा अध्यक्षको अगुवाईमा बुद्धको मुर्तिको स्थापना गरेको छ । ऐतिहासिक एवं पुरातात्वीक भगवतिको महिमाको बिषयमा जानकारी गराउने साथै संस्कृतिको जगेर्ना गर्ने बिषयमा साठिघर टोलका नेवारि समुदाय (गुठी) को ठुलो योगदान रहेको छ । मेला सुरु हुने तीन दिन सम्म मन्दिर आसपासका स्थानहरुमा खनजोत नगर्ने साथै चोखो खाएर परंम्पराबाटै भक्ति भाव गर्दै आउना कार्यलाई निरन्तरता दिदै आएका छन् । पाँचखाल नगरले उपलब्ध गराएको आर्थीक सहयोगबाट गुठियार तथा स्वयंसेवकलाई युनिफर्मको व्यवस्था मिलाएको छ ।

    मन्दिरको पुजामा सहभागि पुजारीले भने संकृतिको संरक्षण गर्ने कार्यको लागि खासै योगदान नदिदा स्थानियहरु रुस्ट भएका छन् । भक्तजनहरुले मन्दिरमा चडाएको सम्पुर्ण भेटि तथा सुन चाँदि, सौभाग्यको सामाग्रीहरु संकलन गर्ने कार्यमा मात्र ध्यान दिने गर्दा पुजारीहरु प्रति स्थानिय गुठियारहरु रुस्ट भएका छन् । मन्दिर तथा मंन्दिरका अन्य महत्वपुर्ण सामाग्रीहरुको सुरक्षा साथै मंन्दिर हातामा हुनुपर्ने अन्य बिबिध बिषयमा चासो नदिदा समस्या उत्पन्न भएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु , कालिका युवा क्लव र एकता युथ क्लवले स्वयंसेवक व्यवस्था गरी अगाडी बढ्दा विगत बर्षहरुको तुलनामा अत्यन्त सभ्य ढंगबाट मेला चलेको स्थानिय समाजसेवि गोपाल बहादुर पौडेलले बताउनु भयो । समाजसेवी पौडेलका अनुसार पानीको समस्या भएको ठाउमा भक्तजनहरुलाई सुबिधा दिने उद्देश्यले पलाञ्चोक तामाङ समाजले पिउने पानीको व्यवस्था मिलाएको साथै पलाञ्चोक खानेपानीले ७ वटा धारा संञ्चालन गरी २४ सै घण्टा पानीको व्यवस्था मिलाएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार