२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

न्यायाधीशले १८ लाख घुस खाएको भन्दै उजुरी, मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश


३६१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ ८, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-काभे् साविक पाँचखाल  ४ हाल पाँचखाल नपा वडा नं ३ का उमेश बाँनियाँले अदालत समक्ष न्याय माग्न जाँदा बाध्य पारेर आफुसंग घुस लिएको भन्दै २०७३ साल कार्तिक २९ गते नेपाल बार एसोसिएसन, रामशाहपथ, काठमाडौ मा उजुरी दर्ता गराएका थिए ।

    निवेदक बानियाँले दर्ता गराएका उजुरी तामेलीमा राख्ने न्यायपरिषदले निर्णय गरेपछि वाँनियाँले पुन निर्णय बदर गर्न माग गरेपछि सो रिट सर्वोच्च अदालतले दायर गरेको छ । तामेलीमा राख्ने निर्णय बदर गरी कारबाही गर्न माग गर्दै एक हप्ताअघि रिट दायर गरेका थिए । यसअघि सर्वोच्च अदालत प्रशासनले यो रिट दरपीठ गरेको थियो ।

    वानियाँले दर्ता गराएको निवेदनमाथि सोमबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त रिट दर्ता गर्न आदेश गरेपछि बुधबार रिट दर्ता भएको हो । न्यायाधीश मल्लको इजलासले भने न्यायपरिषदको निर्णयविरूद्ध रिट परिसकेपछि त्यो विषयमा इजलासले निरूपण गर्न सक्ने भनेको छ ।
    निवेदकले उठाएको रिट निवेदन दर्ता नगरी दरपीठ गरेको विषयको प्रकृति हेर्दा न्यायिक प्रकृयाबाट बेन्चबाट नै निरूपण गर्नुपर्ने विषय देखिएकाले रजिष्ट्रारबाट गरिएको दरपीठ आदेश बदर गरिदिएको छ,। बानियाँले न्यायाधीश ढकालले आफूसँग १८ लाख रूपैयाँ घूस लिएकाले उनलाई कारबाही गर्न भन्दै दिएको उजुरी न्यायपरिषदले तामेलीमा राखेको थियो ।

    तामेलीमा राख्ने निर्णय गरेको २ महिनापछि चैत १९ गते परिषदले ढकाललाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेपछि बानियाँले आफूले दिएको उजुरी तामेलीमा राख्ने र उनलाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णयविरूद्ध पुन रिट दिए । काभ्रेको जिल्ला अदालतमा न्यायाधीश हुँदा पेट्रोलियम पदार्थको कालोबजार गरेको भन्ने मुद्दा हेर्दा आफूलाई परिबन्धमा पारेर ढकालले १८ लाख घूस लिएको भन्दै बानियाँले न्यायपरिषदमा पनि उजुरी दिएका थिए ।

    तर सर्वोच्च प्रशासनले भने न्यायपरिषदले ढकालविरूद्धको उजुरी छानबिन गरी गएको माघमै कानुनबमोजिम तामेलीमा राखेको भन्दै चैत १९ गते ढकालसहित १८ लाई विभिन्न उच्च अदालतका लागि न्यायपरिषदले सिफारिस गरेपछि प्रधानन्यायाधीशले नियुक्त गरेक थिए । त्यस्तै, सर्वोच्चमा भने ५ न्यायाधीशलाई नियुक्ति सिफारिस गरेको थियो। उनीहरू संसदबाट अनुमोदन भएर नियुक्त भैसकेका छन् ।

    काभे्र जिल्ला अदालतका न्यायाधीश हुदा लेखराज ढकालले पेट्रोल पम्प ठगी सम्बन्धि एकै प्रकारको अभियोगमा परेका व्यक्तिहरुलाई आर्थीक चलखेलकै कारण फरक फरक ढंगबाट फैसला गरेको भन्दै उजुरी दर्ता गराएको थियो ।
    एउटै न्यायाधीशबाट एकै प्रकारको मुद्धामा फरक फरक मापदण्ड अपनाएर कसैलाई ठुलो सजाय त कसैलाई सफाई दिएको उजुरीमा उल्लेख गरेको थियो । व्यवशायिहरुलाई बिना आधार आर्थीक चलखेलकै आधारमा पक्षपाति ढंगको व्यवहार गरेको भन्दै उजुरी गरेको थियो ।

    ०७२ साल मंसिर १८ गते काभे्रका ४ पेट्रोल पम्प संञ्चालकलाई पेट्रोल पम्प ठगी सम्बन्धि अभियोगमा पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको थियो । सोही क्रममा ०७३ जेठ २५ गते काभे्र जिल्लाका न्यायाधीशसंग मिट द जज कार्यक्रममा पम्प संञ्चालकहरुको मुद्धामा मर्का परेको बिषयको कुरा उठाउंदा माननिय न्यायाधीश लेखराज ढकालले काभे्र जिल्लाका तिनै जना न्यायाधीशहरु बिच सल्लाह भैसकेको र पम्प संञ्चालकहरुको एकै प्रकारको मुद्धामा समान किसिमको फैसला हुने वताएको समेत उल्लेख गरेको छ ।
    एकै प्रकारको अभियोगमा पक्राउ परेका मध्य भोला प्रसाद गौतमले जिल्ला अदालत काभे्र बाट जारी भएको म्याद बुझी अदालतमा हाजिरै नभएको अवस्थामा समेत विना कैद १ हजार जरिवाना तोकेको उजुरीमा जनाईएको छ । नारायण आयल स्टोका प्रोपाईटर पार्वती बिष्टको मुद्धामा ७ लाख धरौती खुलेपनि मुद्धा फैसला हुंदा सफाई पाएको थियो । अर्का अभियुक्त माता उग्रचण्डी आयल स्टोरका संञ्चालक ठाकुर प्रसाद बजगाईलाई ३० लाख धरौती खुलेपनि १ हजार जरीवाना गरी विना कैद छाडिएको थियो ।

    त्यसैगरी काभे्र जिल्ला अदालत २ नं इजलाशका माननिय न्यायाधिशले माता पलाञ्चोक फ्यूल सेन्टरका संञ्चालक राजेन्द्र गौतमलाई ८ महिना कैद र १ हजार जरीवाना । इजलाश ३ नं का माननिय न्यायाधिशले जय अम्वे टे«डर्सका संञ्चालक बिनोद बञ्जारालाई ६ महिना कैद र १ हजार जरीवाना, आत्माराम थापा र उमेश वानिया लगायतलाई समान प्रकृतिको मुद्धामा फरक फरक सजाय गरी अन्याय गरेको उल्लेख गरेको छ । उजुरी कर्ता उमेश बानियाँले आफु संङ्लग्न नभएको कार्यमा कारवाहि गरेको जिकिर गरेका थिए । वानियाँले उजुरीमा उल्लेख गरेका छन्, पेट्रेल पम्पहरुमा नापतौल विभागले अनुगमन गर्नु भन्दा ५ महिना अगाडी आफु ५ बर्षको लागि व्यवशायबाट टाडा भई काम बिषेश विदेश गएको अवस्थामा आफुलाई समेत कानुनी दायरामा ल्याई कारवाही गरेकोमा आपत्ति जनाएका छन् ।

    त्यसैगरी उजुरीमा आर्थीक चलखेलको कारण विना आधारमा मुद्धा फैसला गरेको उल्लेख गरेका छ । जसमा किटान साथ लेखिएको छ । ०७३ साल भदौ १७ गते बिहान काभ्रे उद्योग वाणिज्य संघका प्रतिनिधिले का.प.जि.अ. को १ नं. मा.न्या. लेखनाथ ढकालज्यूलाई निजको निजी निवासमा नै भेटघात गरी नास्ता समेत सँगै खाई श्रीमानबाट १८ लाखको माग गरेको कुरा म उजुरीकर्ता थुनामा रहेको कारगारमा मेरा आफन्त व्यक्ति मार्फत म थुनामा रहेको कारागारमा मौखिक जानकारी भएको थियो । ०७३ भदौ २० गतेका दिन मेरो भान्जा विनायक पौडेलको नेपाल इन्भेष्टमेन्ट बैंकको खाताबाट ९ (नौ) लाखको चेक काटी मिति ०७३ भदौ २१ गतेका दिन उक्त सम्बन्धित बैंकबाट चेक सटही भई रकम निकालिएको र नारायण आयलको तर्फबाट घनश्याम खत्रीको तर्फबाट दिनुपर्ने रकम ९ (नौ) लाख रुपैया समेत गरी १८ लाख ०७३ भदौ २१ गते दिउँसो मा.न्या. लेखनाथ ढकालज्यूको मो.नं. ९८४१२३३१५३, ९८५१२१६२२१ नं. मा फोन गरी उहाँकै मौखिक आदेश अनुसार २०७३ भदौ २१ गतेको दिउँसो का.जि. सितापाइला स्थित श्रीमानज्यूको श्रीमतीको माइतीघरमा लगी उक्त नगदै १८ लाख निजको श्रीमतीलाई आफन्त व्यक्तिहरुले बुझाएको कुरा कारागार कार्यालय धुलिखेलबाट ०७३ भदौ २१ गतेका दिन दिउँसोको ३ बजेदेखि ४ बजेको समयमा म उजुरीकर्ता समेतले आफन्तलाई टेलिफोन गर्दा उक्त कुराको जानकारी पाएको उल्लेख गरेको छ ।

    यस्तो थियो न्याय परिषदमा दर्ता गराएको उजुरीको पुर्ण पाठ

    विषय – अन्यायिक फैसला गर्ने उपर छानबिन गरी कारवाही गरी पाउँ ।

    श्रीमान्, मिति २०७२।८।९ गते, १० गते र ११ गतेको नापतौल विभागबाट अनुगमनपछि कान्तिपुर राष्ट्रिय दैनिकमा मिति २०७२।८।१२ गतेका दिन “विभागकै सेटिङमा उन्मुक्ति” हेडिङ्गको समाचार प्रकाशित भएको थियो । मिति २०७२।८।१८ गतेका दिन का.प.जि. अन्तर्गतका ४ वटा पेट्रोल पम्पका संचालकहरुलाई पक्राउ गरी ऐ. २० गते का.प.जि.अ. बाट म्याद थप गरी मुद्दाको उठान भएको । म निवेदकले करारनामाको कागज गरी साझेदार मध्येका आत्माराम थापालाई एकलौटी रुपमा संचालन गर्न दिएको थिएँ । श्री उग्रचण्डी आयल स्टोर्स भएको मुद्दामा श्री काभ्रेपलाञ्चोक जिल्ला अदालतले थुनछेक बहस भई आत्माराम थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएकोमा मिति २०७२।९।१९ गतेका दिन म उजुरीकर्ताले करारनामाको कागज गरी भाडामा दिएको पाँचखाल आयल स्टोरका संचालक बसन्त किसान पौडेल र माता पलाञ्चोक फ्युल सेन्टरका संचालक राजेन्द्र गौतमलाई श्री का.प.जि.अ. ले सोही मिति २०७२।९।१९ गतेका दिन पुर्पक्षका लागि थुनामा राख्न पठाइएको । त्यसैगरी मिति २०७२।९।२१ गतेका दिन जय अम्बे ट्रेडर्सका प्रोप्राइटर विनोद बन्जारालाई पनि श्री का.प.जि.अ. ले थुनछेकपछि थुनामा राख्न पठाइएको ।

    त्यसैगरी सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म उजुरीकर्ताका नाममा समेत म्याद पठाइएकोमा हामी साझेदारहरु बीच मिति २०७२।३।२५ गतेका दिन आपसमा करारनामाको कागज गरी श्री उग्रचण्डी आयल स्टोर्स र श्री चामुण्डा आयल स्टोर साझेदारहरु मध्ये मेरा आफन्त दाजुनाता पर्नुहुने आत्माराम थापालाई २०७२।४।१ गते देखि मिति २०७७।३।३१ गते सम्म (५ वर्ष) का लागि र श्री पाँचखाल आयल स्टोर साझेदार बसन्त किसान पौडेल मेरो भिनाजु नाताका व्यक्तिलाई मिति २०७२।४।०१ गतेबाट मिति २०७७।३।३१ गतेसम्म (५ वर्ष) का लागि करारनामा गरी म उजुरीकर्ता उल्लेखित पम्पबाट अलग भएको सम्पूर्ण व्यहोरा प्रमाण सहित सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मिति २०७३।१।१२ गते हाजिर भएको । म उजुरीकर्ताले आफू कामको सिलसिलामा विदेश जान आउन परी रहने कारणहरुले गर्दा उक्त करारनामा गरी सो करारनामा पश्चात् मिति २०७२।५।१० गतेका दिन अमेरिका जानका लागि अमेरिकन राजदूतावासबाट ५ वर्षको भिसा प्राप्त गरेको र मिति २०७२।८।४ मा म उजुरीकर्ता तथा मेरो श्रीमती समेतको अष्ट्रेलिया जानका लागि भिसा प्राप्त गरी मिति २०७२।८।९ मा सिल्क एयरबाट अष्ट्रेलिया जानका लागि टिकट समेत लिएको र मिति २०७२।८।१३ गतेका दिन पकेट खर्चका लागि म र मेरो श्रीमतीका नामबाट बैंकबाट रु.५०० डलर साटी लिएको थिएँ ।

    मिति २०७२।०९।१३ गते अष्ट्रेलिया हामी दुवै पति पत्नी प्रस्थान गरी मिति २०७२।१०।१८ मा स्वदेश फर्कि आएको थिएँ । सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट मेरा नाममा जारी भएको म्याद जेठो दाई रमेश बानियाँद्वारा बुझी लिनुभएकोमा श्री उग्रचण्डी आयल स्टोर्सको म्याद मिति २०७३।१।७ मा हाजिर हुनुपर्नेमा म उजुरीकर्ता एक्कासी मिति २०७३।१।६ गतेका दिन बिरामी परी काठमाडौं थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भई मिति २०७३।१।७ गते साँझ डिस्चार्ज भएको प्रमाण समेत पेश गरी मिति २०७३।१।१२ गतेका दिन सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत समक्ष निवेदन सहित हाजिर भएको ।

    ड्ड मिति २०७२।१२।४ गतेका दिन माननीय जिल्ला न्यायाधिश लेखनाथ ढकाल, पुनरावेदन अदालतका माननीय न्यायाधिश जीवनहरि अधिकारी समेत कारागार निरिक्षणमा जाँदा थुनामा रहेका पेट्रोल पम्प व्यवसायीहरुले आफूलाई परेको पीर मर्का समस्याका कुरा अवगत गराउँदा तपाईहरु भएका मुद्दाहरुका फरार रहेका प्रतिवादीहरुलाई हाजिर गराउनुस् हामी चाँडै मुद्दाको किनारा लगाई न्याय इन्साफ दिन्छौं भनि उत्प्रेरित गरी फरार प्रतिवादी मध्येको म उजुरीकर्ता उहाँहरुको न्याय दिलाउने आश्वासनमा विश्वास गरी सप्रमाण अदालत समक्ष हाजिर भएको थिएँ ।

    ड्ड मिति २०७३।१।१२ गतेका दिन पाँचखाल आयल स्टोरका हकमा बयान कार्य सम्पन्न भई थुनछेक बहस पश्चात् आदेश हुँदा निवेदक उपर अदालतमा निवेदक उपर अर्को मुद्दा पनि देखिएकाले उक्त मुद्दामा समेत आदेश गर्ने भनी उक्त मितिमा माननीय १ नं. जिल्ला न्यायाधिश लेखनाथ ढकालज्यूबाट जि.प्र.का. काभ्रेमा हिरासत राख्न पठाइएको ।

    यस्तै प्रकृतिका अन्य मुद्दाहरुमा श्री का.प.जि.अ. बाट प्रतिवादीहरुलाई कसैलाई पनि पुर्पक्षको लागि थुनामा नपठाई सामान्य धरौटीमा छोडिएको छ ।
    ड्ड माता उग्रचण्डी आयल स्टोरका संचालक ठाकुर प्रसाद बजगाई भएको मुद्दामा मिति २०७३ साल चैत्र महिनामा ३० लाख धरौटी खुली मिति २०७३।४।३१ मा फैसला हुँदा रु.१०००।– मात्र जरिवाना भई फैसला गरेको ।
    ड्ड नारायण आयल स्टोरका प्रोप्राइटर पार्वती बिष्ट भएको मुद्दामा का.प.जि.अ. को यसै इजलासबाट थुनछेक बहस भई मिति २०७२।१२।१६ मा ७ लाख धरौटी लिई छाडेकोमा मिति २०७३।५।२७ मा सफाई ठहर भएको ।
    ड्ड मुद्दाको प्रकृयागतका रुपमा विभिन्न आदेशहरु भई पटक÷पटक बकपत्रको लागि आदेश भएको ।

    मिति २०७३।०२।२५ मा मा.न्या. हरुसँग ःभभत तजभ व्गमनभ कार्यक्रम भएकाले उग्रचण्डी आयल स्टोर्सको पेशी तोकिएकोमा अदालत समक्ष उपस्थित गराइएकोमा श्रीमानहरुसँग कुरा गर्ने मौका प्राप्त भएकोले आत्माराम दाईबाट मुद्दामा मर्का परेको कुरा उठाउँदा मा.न्या. लेखनाथ ढकाल ज्यूबाट “हामी तीनै जना श्रीमानहरु सँगै छौं । हामी तपाईहरुको मुद्दाको विषयमा आपसी छलफल सल्लाह गरी छिटो छरितो र एकै समान किसिमको फैसला गर्नेछौं भनि मौखिक आश्वासन दिनुभएको थियो ।

    ड्ड यस्तै प्रकृतिको मुद्दामा का.प.जि.अ. बाट १ नं. इजलासबाटै मिति २०७२।१२।१६ मा पार्वती बिष्टलाई धरौटी लिई छाडेको ।
    ड्ड श्री काभ्रेपलाञ्चोक जिल्ला अदालतको ३ नं. इजलासबाट जय अम्बे ट्रेडर्स भएको कालोबजारी मुद्दामा फैसला हुँदा प्रतिवादीलाई ६ महिना कैद र रु.१००० जरिवाना हुने मिति २०७३।३।२ गते ठहर भएको ।
    ड्ड म उजुरीकर्ता र आत्माराम थापा भएको श्री उग्रचण्डी आयल स्टोर्स भएको मुद्दामा का.प.जि.अ. ३ नं. इजलासबाट म समेतलाई ६ महिना कैद र रु.१०००।– जरिवाना हुने ठहरी मिति २०७३।३।५ मा फैसला भएको ।
    ड्ड श्री का.प.जि.अ. का १ नं. श्रीमान ज्यूबाट मिति २०७३।२।३ गतेका दिन आदेश हुँदा नारायण आयलका संचालक घनश्याम खत्रीलाई समेत पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
    ड्ड म समेत भएको उक्त मुद्दामा पेशी राख्नका लागि पटक÷पटक आफन्त मानिसहरु सम्मानित अदालतमा पठाउँदा १ नं. इजलासबाट यो मुद्दामा मलाई नसोधी पेशी नराख्नु भन्ने मौखिक आदेश सम्बन्धित फाँटमा भएको समेत रहेछ ।
    श्री का.प.जि.अ. को ३ नं. इजलासबाट फैसला भइसके पछि अर्को मुद्दा पेशीमा राख्नका लागि १ नं. इजलासका मा.न्या. ज्यू समक्ष आफ्नो मासिन सोध्न जाँदा २०७३।३।२० मा घनश्याम खत्रीको बकपत्र छ । त्यसपछि यसै महिनामा सँगै फैसला गरी दिन्छु भनेको । त्यस्तै मिति २०७३।३।३० मा दुवैको पेशी चढेकोमा मिति २०७३।२।१६ मा नै भइसकेको बकपत्रलाई पुनः बकपत्र गर्ने आदेश भएको र मिति २०७३।४।११ मा बकपत्र भएको र फाँटबाट मिति २०७३।४।२३ गतेको लागि पेशी तोकिएको पत्रमा मिति २०७३।३।३१ गतेको मिति बनाई पेशी तोकिएको । मिति २०७३।४।२० गतेका दिन का.प.जि.अ. २ नं. इजलासबाट यस्तै प्रकृतिको माता पलाञ्चोक फ्युल सेन्टरका थुनामा रहेका संचालक राजेन्द्र गौतमलाई ८ महिना कैद र एक हजार जरिवाना र भोला प्रसाद गौतम (जो सम्मानित अदालतबाट जारी भएको म्याद बुझी हाजिर नै नभई बस्ने प्रतिवादी) लाई रु.१०००।– एक हजार मात्र जरिवाना गर्ने गरी फैसला भएको । मिति २०७३।४।३१ गतेको पेशीमा मुद्दाहरुमा बहस छलफल पश्चात् १ नं. इजलासबाट म निवेदक भएको मुद्दामा मिति २०७३।५।१३ गतेको तारेख तोकिएकोमा उक्त दिन मुद्दा फैसला भएन । पुनः मिति २०७३।५।१७ गतेको तारेख तोकिएको र पछि मिति २०७३।५।२७ गतेका दिन मुद्दा पेशीमा चढेको । मेरो आफन्त मानिस आत्माराम दाई श्री का.प.जि.अ. १ नं. इजलासमा उपस्थित भई पाँचखाल आयल स्टोर्सको मुद्दाका सम्बन्धमा मिति २०७३।५।२७ गतेको पेशी चढेको मुद्दालाई मिति परिवर्तन गरी मिति २०७३।५।२३ मा झारियो । मिति २०७३।४।३१ गतेबाट पेशी सरेपछि के कारणले ढिला भएको भनि कारण सोधनी गर्दा मेरा आफन्त आत्माराम दाई, का.प.जि. वाणिज्य संघ प्रतिनिधि र काभ्रे पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि समेतले का.प.जि.अ. का १ नं. मा.न्या. ज्यूसँग पटक÷पटक छलफल भएको र सो छलफलमा रकमको कुरा गरी पैसा नदिई मुद्दा फैसला नगरी मुद्दा त्यत्तिकै राखेको, अनावश्यक ढिलासुस्ती गरी राखेको ।

    मिति २०७३।५।१० गते देखि मिति २०७३।५।१२ गतेसम्म पोखरामा हिमाल तराई यातायातको साधारण सभाको कार्यक्रममा जाँदा २०७३।५।११ मा पोखरामा नै भेटघाट भई मिति २०७३।५।१२ गते सँगै पोखराबाट श्रीमान लेखनाथ ढकाल ज्यू र निजको श्रीमती समेतसँग रकम कलमको कुरा भई सँगसँगै काठमाडौं आई रकम कलममा कुरा नमिलेको भनी मुद्दा फैसला नगरेको ।

    मिति २०७३।५।१७ गते बिहान काभ्रे उद्योग वाणिज्य संघका प्रतिनिधिले का.प.जि.अ. को १ नं. मा.न्या. लेखनाथ ढकालज्यूलाई निजको निजी निवासमा नै भेटघात गरी नास्ता समेत सँगै खाई श्रीमानबाट १८ लाखको माग गरेको कुरा म उजुरीकर्ता थुनामा रहेको कारगारमा मेरा आफन्त व्यक्ति मार्फत म थुनामा रहेको कारागारमा मौखिक जानकारी भएको थियो । मिति २०७३।५।२० गतेका दिन मेरो भान्जा विनायक पौडेलको नेपाल इन्भेष्टमेन्ट बैंकको खाताबाट रु.९ (नौ) लाखको चेक काटी मिति २०७३।५।२१ गतेका दिन उक्त सम्बन्धित बैंकबाट चेक सटही भई रकम निकालिएको र नारायण आयलको तर्फबाट घनश्याम खत्रीको तर्फबाट दिनुपर्ने रकम ९ (नौ) लाख रुपैया समेत गरी रु.१८,००,०००।– (अठार लाख) मिति २०७३।५।२१ गते दिउँसो मा.न्या. लेखनाथ ढकालज्यूको मो.नं. ९८४१२३३१५३, ९८५१२१६२२१ नं. मा फोन गरी उहाँकै मौखिक आदेश अनुसार २०७३।५।२१ गतेको दिउँसो का.जि. सितापाइला स्थित श्रीमानज्यूको श्रीमतीको माइतीघरमा लगी उक्त नगदै रु.१८ लाख निजको श्रीमतीलाई आफन्त व्यक्तिहरुले बुझाएको कुरा कारागार कार्यालय धुलिखेलबाट मिति २०७३।५।२१ गतेका दिन दिउँसोको ३ बजेदेखि ४ बजेको समयमा म उजुरीकर्ता समेतले आफन्तलाई टेलिफोन गर्दा उक्त कुराको जानकारी पाएको थिएँ ।

    मिति २०७३।५।२३ गतेको पेशीमा आज नगर्ने भनि म उजुरीकर्ताका तर्फका वकिललाई श्रीमानबाटै निवेदन दिन लगाई उक्त मुद्दा स्थगित गरी मिति २०७३।५।२७ गतेको पेशी तोकिएकोमा उक्त मितिमा फैसला हुँदा प्रतिवादी बसन्त किसान पौडेललाई ९ महिना ८ दिन कारागारमा बसेकोलाई ६ (छ) महिना कैद र रु.२५००।– जरिवाना ठहर भएको अवस्था छ र म अर्को मुद्दाबाट ६ महिना कारागार बस्नुपर्ने उजुरीकर्तालाई समेत ६ महिना कैद र रु.२५००।– जरिवाना ठहर गरी फैसला भयो ।

    सँगै कारागारमा थुनामा रहेका यस्तै प्रकृतिका नारायण आयलका संचालक घनश्याम खत्रीलाई भने उही इजलास बाट एकै दिन फैसला गर्दा ४ महिना कैद र रु.५०००।– जरिवाना र प्रतिवादी पार्वती बिष्टलाई भने सफाई ठहर हुने गरी फैसला भएको हुँदा उक्त फरक फरक फैसलाहरु अध्ययन गरी छानबिन गरी पाउँ । एकै अदालतको एकै इजलासबाट उस्तै प्रकृतिका मुद्दाहरुमा एकै न्यायाधिशज्यूबाट फैसला गर्दा फरक फरक किसिमको फैसला गर्ने, अनावश्यक रुपमा मुद्दा छिन्नमा ढिलासुस्ती गर्ने, आर्थिक रकम लेनदेन गरेको बिना आधार कारण म उजुरीकर्तालाई चर्को सजाय गर्ने गरी फैसला गरेको हुँदा सम्माननीय अध्यक्षज्यू रहेको परिषद्बाट उक्त मुद्दामा भएको अनियमितताको सम्बन्धमा सुक्ष्मतम अनुसन्धान गरी दोषी माथि कानुन बमोजिम कारवाही समेत गरी उचित न्याय पाउन यो उजुरी गरेको छु । म उजुरीकर्ताले अनावश्यक रुपमा बिना आधार प्रमाण मुद्दामा कैद तथा जरिवाना समेत चुक्ता गर्नुपरेको, आर्थिक रकम समेत विभिन्न घुमाउरो बाटोबाट दिन लगाईएको अवस्था हुँदा म उजुरीकर्तालाई आर्थिक, सामाजिक, मानसिक लगायतको पीडा भई क्षति समेत भएको हुँदा निजको उक्त अन्यायपूर्ण कार्यको छानबिन गरी कानून बमोजिम हदै सम्मको कारवाही गरी पाउँ । साथै म उजुरीकर्तालाई झिकाई कुरा बुझ्नुपर्ने भएमा थप कुराहरु अनुसन्धान गर्न सहयोग गर्नेछु ।

    संलग्न कागजहरु –

    १. फैसलाका प्रतिलिपिहरु
    २. करार कागजहरु थान–२
    ३. विदेश गएका कागजहरुको फोटोकपी ।
    ४. उपचारसँग सम्बन्धित कागजहरुको फोटोकपी ।
    ५. आवश्यक परेको खण्डमा कल डिटेल्स सम्बन्धित निकायबाट झिकी बुझी पाउँ ।
    ६. अन्य आवश्यक कागजातहरु र सम्बन्धित मिसिल झिकाई बुझी पाउँ ।

    बोधार्थ –

    नेपाल बार एसोसिएसन, रामशाहपथ, काठमाडौं ।
    उजुरीकर्ता
    का.प.जि. पाँचखाल न.पा. वडा नं. २ बस्ने वर्ष ३८ का उमेश बानियाँ
    सम्पर्क नं. ९८५१०४१७३८, ९८०१०४१७३८
    इति सम्वत् २०७३ साल कार्तिक महिना २९ गते रोज २ शुभम्

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार