२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल नगरको पाँचौ नगरसभा सम्पन्न, ७१ करोड ४८ लाख २६ हजार बजेट व्यवस्था


३८८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ ३०, सोमबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-“पाँचखाल नगर,कृषि शहर” भन्ने मुल नारा लिएर अगाडी बढेको पाँचखाल नगरको पाँचौ नगरसभा सोमबार सम्पन्न भएको छ ।

    नगरसभामा नगरका प्रमुख महेश खरेलले आ.व ०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ०७५÷०७६ मा नगरमा विनियोजित बजेट मध्य ९० प्रतिशत खर्च भएको बताउनु भएको थियो । उहाँले भन्नुभयो नगरका सम्पुर्ण जनप्रतिनीधि, कार्यपालिका सदस्यहरु साथै नगरवासिहरुको साथ र सहयोगले गर्दा सहज ढंगबाट बिकास निर्माणको कार्य गर्न सफल भएको हो ।

    कार्यक्रममा नगर प्रमुख खरेलले केन्द्रबाट सोचे अनुसारको बजेट प्राप्त नभएपनि नगरवासिहरुको सुझाव र सल्लाहको आधारमा हामी जनप्रतीनिधिहरु एक ढिक्का भएर निर्विवादित ढंगबाट अगाडी बढ्दा रचनात्मक कार्य गर्न सफल भएको बताउनु भयो । जन अपेक्षा अनुसारको धेरै कार्यहरु गर्न बाँकी छ , जुन कार्यको लागि जनप्रतीनिधिहरु एक जुट भएर अगाडी बढेको बताउनु भयो । नगरपालिकाको तर्फबाट कार्य सम्पादनको क्रममा केही कमी कमजोरीहरु भएको भए नगरवासिहरुको सुझावलाई मध्यनजर राख्दै अगाडी बढ्ने बताउनु भयो ।

    पाँचखाल नगरपालिकामा रहेका जनप्रतीनिधिहरुमा कुनै विवाद नरहेको, कुनैपनि बिकास निर्माणको लागि एक जुट भएर अगाडी बढेको नगर प्रमुख खरेलले बताउनु भयो । उहाँले थप्नुभयो पाँचखालको गौरबको योजना सुनकोशि खानेपानि योजना भएकोले सो योजनालाई सफल पार्न नगरवासिहरु एक जुट भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । सुनकोशि खानेपानी, नगरवासिहरुको भविश्यसंग गासिएकोले सो योजना सफल पार्ने बिषयमा नगरपालिकाको सिंगो टिम अगाडी बढेको बताउनु भयो ।

    नगरप्रमुख खरेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पाँचखालमा रहेको सवै वडामा कालोपत्रे सडक निर्माण गर्ने , सरकारी कार्यालयहरुमा अपाङ्ग मैत्रि बनाउने, सेभ हाउस सञ्चालन गर्ने, ३५ दिन भित्र व्यक्तिगत घटना दर्ता गराउनेलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, नगरमा एक वडा एक पोखरी अनिवार्य गर्ने भन्ने अभियानलाई बढाउंदै नगरको बिभिन्न स्थानहरुमा गरी १०८ पोखरी निर्माण गर्ने, विपद व्यवस्थापनको लागि कोषको व्यवस्था गर्ने, नगरमा रहेका विद्यालयहरुमा इन्टरनेटको माध्यमबाट पठन पाठनको व्यवस्था गर्ने, नगरमा करारमा कार्यरत कर्मचारीहरुलाई निरन्तरता दिने, नगरमा रहेको ऐलानि तथा पर्ती जग्गाको खोजिगरी नगरको मातहतमा ल्याउने, नगरका सवै वडाहरुमा अनलाईनको व्यवस्था गर्ने लगायतको नीति तथा योजना सार्वजनिक गरेको छ ।

     

    त्यसैगरी नगरका उप—प्रमुख लक्ष्मी दनुवारले आ.व ०७६—०७७ को लागि ७१ करोड ४८ लाख २६ हजार वटेट बिनियोजन गनुभएको छ । जसमा पुर्वाधार विकास, “कृषि शहर पाँचखाल नगरको मूल नारालाई मुर्तरुप दिन कार्यान्वयन, उत्पादन क्षेत्रहरुमा लगानी, वातावरण सरसफाई, विपद व्यवस्थापन, कमजोर पक्षको सवलीकरण, युवा तथा खेलकुद, संस्थागत बिकास तथा सुशासन लगायतको बिषयलाई प्राथमिकता दिदै बजेट प्रस्तुत गर्नु भएको छ । सोही क्रममा पाँचखाल नगरमा न्यायिक समितिको संयोजकको हैसियतले गरेको कार्यहरुको बारेमा समेत नगरसभामा जानकारी गराउनु भएको थियो ।

    नगरसभामा पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, वडा नं ८ का वडा अध्यक्ष शंजय तामाङ्ग, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ्ग, कार्यपालिका सदस्य जमुना वि.क, कार्यपालिका सदस्य माईलि दनुवार, नगर सभासद अनिल तामाङ्ग लगाएतले आ—आफ्नो धारणा राख्दै नगरसभामा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार