२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राम्रो कामसंग अत्तालिनेहरुले भ्रमको खेती गर्दैछन् – बाँस्कोटा


३१४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ४, शनिबार मा प्रकाशित ५ साल अघि
  • बनेपा । ज्ञानेन्द्र शाहको र १० बर्ष जनयुद्धमा प्रचण्डकले बोकेको बन्दुक ठेगान लगाएर इतिहास कायम गर्दै अगाडी बढेको सरकार कमजोर छैन । सरकारको राम्रो कामहरुसंग अत्तालिएकाहरुले अनरगर हल्ला पिट्दैमा नेपाली जनताहरु भ्रममा पर्दैनन् ।

    उक्त भनाई संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काभ्रे उद्योग बाणिज्य संघको ४० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्रि बाँस्कोटाले सरकार कुनै पनि हालतमा कमजोर नभएको तर्क समेत पेश गर्दै १० वर्षसम्म चलेको द्वन्द्व पनि समाप्त भएको बताउनु भयो । ज्ञानेन्द्रको बन्दुक र प्रचण्डको बन्दुक दुवैलाई हातबाट झारेको इतिहास रहेको विप्लबले बन्दुक उठाउन खोज्नु दिवा सपना भएको बताउनु भयो ।

    मन्त्री बाँस्कोटाले विप्लब समूहले चन्दा आतंङ्क मच्चाउन खोजेको भन्दै चन्द नदिन अनुरोध अनुरोध गर्नुभयो । गैह्र कानुनी ढंगबाट अगाडी बढ्दै जनतालाई दुःख दिन खोजेमा त्यसको प्रतिकार गर्ने जिम्मा सरकारको मात्र नभई व्यवसायीहरुको समेत रहेको उनले बताउनु भयो । चन्दको लागि विप्लबको धम्की आएपछि विप्लबको विरुद्धमा सडकमा उत्रिन अनुरोध गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार