२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अनुदान कम हुँदा रासायनिक मलको हाहाकार, युरीयाको गोदाम रित्तो, साल्ट टे«डिङ्गसंग मात्रै डिएपी


३३७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ७, मंगलबार मा प्रकाशित ५ साल अघि
  • आई.आर.के.मैनाली

    धुलिखेल-पहाडी भेगमा मकै खेतीको लागि युरीया मलको आवश्यक भएको समयमा मलको आधिकारिक बिक्रेता कृषि सामाग्री कंम्पनि र साल्ट टे«डिङ्गसंग युरियामलको स्टक सुन्य रहेको छ । तराई भेगमा धान खेती र पहाडी भेगमा गरिने तरकारी खेतीको लागि आवश्यक डिएपी मल कृषि सामाग्री कम्पनिसंग सुन्य भएपनि साल्ट टे«डिङ्गसंग भने केही मात्रामा रहेको छ ।
    कृषकको माग अनुसाको मल उपलब्ध गराउनको लागि राज्यले आवश्यक मात्रामा समयमा अनुदान उपलब्ध नगराउंदा विगत बर्षहरुबाटै प्रमुख खेतीको समयमा रासायनिक मलको अभाव निरन्तर रुपमा हुंदै आएको छ । जसका कारण खेतिमै आत्मनिर्भर गर्ने कृषकहरुको विहान बेलुकिको छाक टार्न समेत धौधौ पर्ने भएको छ ।

    रासायनिक मलको अभाव भएपछि खेति गर्न निकै समस्या हुंदा मलको सहज ढंगबाट उपलब्धताको लागि तराइको बिभिन्न स्थानहरुमा आन्दोलन चर्कीएको छ भने पहाडी भेगहरुमा पनि आन्दोलनको तयारी हुदै गरेको जानकारी प्राप्त भएको छ । कृषि प्रधान देशका कृषकहरुले समयमा मल विउ नपाउंदा कृषि उपजहरुमा ह्रास आई पर निर्भर रहनु पर्ने अवस्था आएको छ । जसका कारण बार्षिक रुपमा छिमेकी मुलुक भारतबाट खाद्यान्न र तरकारीहरुको आयात बढेको छ ।

    पछिल्लो अभिलेख अनुसार नेपालमा बार्षिक ६ लाख मेट्रिक टन रासायनिक मलको आवश्यक हुन्छ तर सरकारले उपलब्ध गराएको अनुदानबाट ३ लाख ३० हजार मेट्रिक टन मात्रै मल उपलब्द हुने भएकोले प्रमुख खेतिको समयमा रासायनिक मलको अभाव हुंदै आएको हो । अनुदानको मलको लागि ७० प्रतिशत कृषि सामाग्री कम्पनि र ३० प्रतिशत साल्ट टे«डिङ्ग कर्पाेरेशन मार्फत उपलब्ध गराउंदै आएको छ । जसमा कृषि सामाग्री कम्पनि मार्फत २ लाख ३० हजार मेटिक टन र साल्ट टे«निङ्ग मार्फत झण्डै १ लाख मेट्रिक टन मलको लक्ष निर्धारण गरेको छ । सोही अनुसार उक्त दुई संस्थाले कार्य गरेको छ । सरकारले निर्धारण गरेको लक्ष पुर्ण गरेपनि अनुदानमा कन्जुसाई गर्दा कृषकहरुले सहज ढंगबाट मल पाउन सकेका छैनन् । क्षेत्रिय कार्यालय विरगञ्जमा रासायनिक मलहरु मौजात हुंदा पनि आन्तरिक ढुवानीमा समस्या हुंदा काभे्रमा मलको अभाव हुने गर्दथ्यो । समयमा ढुवानी ठेक्का नगर्दा हुने समस्याले गर्दा काभे्रका डिलरहरु विरगंञ्ज गएर मल ल्याउने अवस्था समेत विगतमा आउने गरेको थियो ।

    काभे्र लगायत चार जिल्लाको लागि मल उपलब्ध गराउंदै आएको धुलिखेलमा रहेको कृषि सामाग्री कंम्पनिको कार्यालय र बनेपामा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको कार्यालयको गोदाम खाली अवस्थामा रहेको छ । उक्त दुई संस्थाले केन्द्रिय कार्यालय र क्षेत्रिय कार्यालयमा अनुनय विनय गरी मल ल्याई बितरण गर्दा मुलुकका अन्य भागका तुलनामा केही सहज भने भएको छ । कृषि सामाग्री कम्पनिको कार्यालय काभे्रले काभे्र लगायत चार जिल्लामा रहेका झण्डै ४ सय डिलर मार्फत मल वितरण गर्दै आएको छ । उक्त दुई संस्थाले बितरणमा सहजता ल्याउदै अभाव नगराउने प्रयास गरेपनि अझै २० प्रतिशत मल अपुग भएको पाईएको छ ।

    कृषि सामाग्री कंम्पनि कार्यालय काभे्रका सुचना अधिकारी बाशुदेब शर्माका अनुसार आर्थीक बर्ष ०७४÷०७५ मा युरीया ६ हजार ६ सय ९१ मेट्रिक टन, डिएपि ३ हजार ५ सय मेट्रिक टन बिक्रि भएकोमा ०७५÷०७६ मा युरीया ७ हजार १४ मेट्रिक टन र डिएपि ३ हजार २ सय ९८ मेट्रिक टन बिक्रि भएको बताउनु भयो । उहाँका अनुसार ०७४÷०७५ को तुलनामा ०७५÷०७६ मा युरीया ३ सय २३ टन बडीे र डिएपी २ सय २ मेट्रिक कम बिक्रि भएको वताउनु भयो । उहाँले थप्नुभयो अघिल्लो बर्षको तुलनामा युरीया मल बडी उपलब्ध हुंदा पनि अपुग हुनुमा लक्ष कम निर्धारणले गर्दा भएको बताउनु भयो ।

    त्यसैगरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन बनेपाका सुचना अधिकारी शुरेन्द्र अवालेका अनुसार चार जिल्लामा रहेका १ सय ३७ सहकारी (डिलर) मार्फत मल वितरण गर्दै आएको बताउनु भयो । उहाँले थप्नुभयो आ.व ०७४÷०७५ मा युरीया ४४ हजार ९ सय ९ बोरा र डिएपी १३ हजार ३ सय ४० बिक्रि भएकोमा ंआ.ब ०७५÷०७६ मा युरीया २७ हजार २ सय ९८ बोरा र डिएपी १८ हजार ५ सय ४२ बोरा बिक्रि भएको बताउनु भयो । अगिल्लो बर्षको तुलनामा युरीया मल कम उपलब्ध हुंदा केहि समस्या भएको बताउनु भयो । उहाँले थप्नुभयो काभे्रमा मल अभाव हुन नदिनको लागि कार्यालयले निकै प्रयास गर्दा पुर्ण रुपमा सहज नभएपनि अन्यत्र जिल्लाको तुलनामा केही सहज भएको वताउनु भयो ।

    त्यसैगरी कृषि सामाग्री कम्पनी क्षेत्रिय कार्यालय बिरगञ्जका सुचना अधिकारी गोरखनाथ केसीका अनुसार हाल १ बोरापनि डिएपी मल नभएको, १० हजार मेट्रिक टन डिएपी मल साउनको १८÷२० गते सम्म आईपुग्ने बताउनु भयो । केसीले थप्नुभयो १० हजार मेट्रिक टन मलले भदौ महिना भरलाई थेग्छ , त्यसैगरी २ हजार ५ सय मेट्रिक टन युरीया मल पनि १८÷२० सम्ममा आउने सो मल साउन महिनामै बारा र पर्षामा वितरण गर्दा सकिने बताउनु भयो । साल्ट टे«डिङ्ग कर्पोरेशन क्षेत्रिय कार्यालय बिरगञ्जका सुचना अधिकारी यादव प्रसाद भट्टराईका अनुसार गोदाममा युरिया मल नभएको तर डिएपी मल ४७ हजार १ सय बोरा रहेको बताउनु भयो । युरीया पाईप लाईनमा रहेको तर केही समय लाग्ने बताउनु भयो ।

    क्षेत्रिय कार्यालय विरगञ्ज मार्फत काभे्रमा मल आउने भएकोले केही समय पछि डिएपी आएपनि युरीया मल भने आउन धेरै समय लाग्ने भएको छ । काभे्रमा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनले पहल गरी डिएपी मल विरगबाट झिकाउदा काभे्रमा डिएपी मलको केही मात्रामा सहज भएको छ । तर युरीया मल क्षेत्रिय कार्यालय विरगञ्जमा कृषि सामाग्री र साल्ट टे«डिङ्ग दुवैसंग मौजात नरहेकोले समस्या हुने भएको छ । अबिरल बर्षातले गर्दा काभे्रको डाँडापारी, रोशीपारी, कोशिपारी र तिमालमा रहेको धुले सडक तहस नहस भएकोले गर्दा मल लान नसक्नु र हाल युरिया मलको अभावले गर्दा मकैमा मल हाल्न नपाएर कृषकहरु चिन्तित रहेका छन् । त्यसैगरी बेशी भूभागमा रोपाई सुरुभएको र रोपोमा युरीया मल हाल्न नपाउंदा उत्पादन घट्ने चिन्तामा डुवेका छन् कृषकहरु ।

    २०६५ चैत्र १२ गतेबाट सरकारले रासायनिक मलमा अनुदान दिदै आएको थियो । अनुदानको लागि सो समयमा छुट्याईएको बजेट र हालको बजेटमा खासै धेरै भिन्नता छैन । तर ०६५ सालको भन्दा मलको माग बढ्नु र मलको अन्तराट्रिय बजार मुल्य बढ्नु साथै डलरको मुल्य बृद्धि हुनुले गर्दा अनुदानको लागि विगतमा छुट्याइएको बजेटले जुन परिणाममा मल आउथ्यो हाल आउंदैन । जसको कारण प्रत्यक बर्ष झनझन थप समस्या हुंदै आएको छ । विगत बर्षहरुको समस्यालाई मध्य नजर राख्दै आ.व ०७६÷०७७ को लागि अनुदानको रमक केही वडाएपनि सो रकमबाट पनि मलमा सहज हुने संम्भावना कम रहेको छ । करिब ९ अरब अनुदानको लागि बजेट बिनियोजन गरेको छ तर सो रकमले पनि ६ लाख मेट्रिक टन मलको लागि अनुदान अपुग रहने विज्ञहरुको भनाई रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार