२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शीर मेमोरियलका कर्मचारी कालो पट्टी बाधेर काम गर्दै, प्रसाशनले दिनभरी कार्यालयमा ताला बन्द गरी गाएव


३९३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • बनेपा-काभे्रको पुरानो अस्पतालको रुपमा रहेको शीर मेमोरीयल अस्पताल प्रसाशनले कर्मचारीहरुलाई सुबिधा बाट बञ्चित गराउदै श्रम शोषण गरेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

    कर्मचारीहरुले बार्ताको माध्यमबाट समश्या समाधानको लागि पटक पटक पहल गर्दा समेत कुनै सुनुवाई नगरेपछि आन्दोलनमा उत्रिएको कर्मचारी युनियन शीर मेमोरियल एडभेन्टिष्ट अस्पताल बनेपाका अध्यक्ष राजकुमार श्रेष्ठ जानकारी गराउनु भयो ।

    कर्मचारीहरुले आफ्नो समस्याको बारेमा प्रसाशन समक्ष जानकारी गराउंदै समाधानको लागि अनुरोध गर्दा कुनै सुनुवाई नगरी कमजोरीहरुलाई ढाकछोप गर्ने तर्फ अग्रसर भएको युनियनले बताएको छ । श्रम अदालतबाट समेत अनुमोदित भएको आधिकारीक युनियनलाई अबमुल्यन गर्दै आएकोले आन्दोलनमा उत्रिनु परेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

    अस्पतालको आय व्यय सार्वजनिक गर्दै उचित पारिश्रमीकको निर्धारण गर्न पर्ने , प्रसासनीक इकाइमा कर्मचारी युनियनको सहभागीत हुन पर्ने जस्ता माग राख्दै पहिलो चरणमा कालो पट्टि बाँधेर विहिबारबाट आन्दोलनमा उत्रिएको बताउनु भयो । जवसम्म हाम्रो माग पुरा हुंदैन तव सम्म आन्दोलनमा उत्रने बताउनु भयो ।

    आन्दोलनको बिषयमा कर्मचारी युनियन शीर मेमोरियल एडभेन्टिष्ट अस्पताल का सचिब राधिका बस्नेतसंग सम्पर्क गर्दा आन्दोलनको पहिलो चरणमा प्रशासनको गेटमा कालो पट्टि बाँधेर धर्ना बस्ने कार्यक्रम थियो तर प्रशासनले आज विहिबार दिनभर कार्यालय नखोल्दा हातमा कालो पट्टि बाँधेर बिरोध गरेका छौं । सचिब बस्नेतले थप्नुभयो जव सम्म हाम्रो माग पुरा हुंदैन तव सम्म आन्दोलन निरन्तर रुपमा अगाडि बढाउंछौं । अस्पतालमा कर्मचारीहरुले आन्दोलन गरी रहंदा प्रशासन कक्ष नखुलेमा प्रशासकहरु बसेकै स्थानमा पुगी उनिहरुलाई ल्याउने बताउनु भयो ।

    सचिब बस्नेतले थप्नुभयो अस्पतालमा आउने सेवाग्रहीलाई शुलभमा गुणस्तरीय सेवा साथै कर्मचारहिरुले सरकारी नीयम संगत पाउनु पर्ने सुबिधाको लागि आन्दोलनमा उत्रिएका छौ । हाम्रो आन्दोलनको बिषयमा सुनुवाई नगरी कार्यालय बन्द गरी प्रसाशकहरु सम्पर्कमा नआय थप कठोर बन्न बाद्ध हुनुपर्ने बताउनु भयो । हामी सोमबार सम्म निरन्तर रुपमा आन्दोलनलाई जारी राख्छौं सो दिन सम्म पनि वार्ताको वातावरण नबनाएमा प्रसाशककको कर्तुतको बारेमा सार्वजनिक गर्दै कालो मोसो लगाउन समेत पछि नपर्ने बताउनु भयो ।

    आन्दोलनको बिषयलाई लिएर अस्पताल प्रसाशन पक्षले सुचना निकालि युनियनले लगाएको आरोप झुट रहेको र सो को पछि नलाग्न कर्मचारीहरुलाई सुचना मार्फत जानकारी गराएको छ । सुचनामा उललेख गरेको छ “कर्मचारी आनदोलनको नाउंमा कुनैपनि अप्रिय अवस्था सिर्जना नगरी सम्बनिधत सवैले कर्तव्य बहन गर्नुहुनेछ” उल्लेख गरेको छ । त्यसैगरी सामान्य सहज परिस्थितिलाई असहज बनाई त्यस्तो असहज परिस्थितिको फाईदा उठाई कुनै नोकसानि हुन गएमा त्यसको पुर्ण जिम्मेवारी हानि नोक्सानि पु¥याउने पक्ष हुनुपर्ने उल्लेख गरेको सुचना टाँस गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार