२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गलत गर्ने कर्मचारीलाई ठाउंको ठाउं कारबाही हुन्छ – बाँस्कोट


३०४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ३२, शनिबार मा प्रकाशित ४ साल अघि
  • बनेपा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले विकास निर्माणमा गुणस्तरीय र छिटो साथै राम्रो काम गर्नेलाई सरकारले साथ दिने बताउनु भयो ।

    निर्माण व्यवसायीहरुले राम्रो काम गर्दा भुक्तानिमा कसैले आनाकानि गरे सरकारलाई सुचना दिनोस सरकारले त्यस्ता कर्मचारीलाई ठिक ठाउमा ल्याउने बताउनु भयो । सरकारले राम्रो कार्य गर्नेलाई साथ दिने र नराम्रा कार्य गर्नेलाई कारवाही गर्नेमा कुनै अनुहार हेरिँदैन, कमरेड पनि भनिँदैन, मन्त्री पनि भनिँदैन, नेता पनि छोडिँदैन, युनियन पनि टेरिँदैन निस्पक्ष ढंगले अगाडी बढ्ने ठोकुवा गर्नु भयो ।

    नेपाल निर्माण व्यवसायी संगठन ३ नं. प्रदेश कमिटीले आयोजनामा सम्पन्न भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री बाँस्कोटाले निर्माण व्यवसायी चुस्त भएका कार्य गर्न सुझाव दिनुभयो । राम्रो काम गरी बिल पास गर्न जाँदा कर्मचारीले आनाकानी गरे सरकारलाई सूचना दिनोस त्यस्ता कर्मचारीलाई सरकारले ठेगान लगाउंछ । गलत कार्य गर्ने कर्मचारीलाई सरकारले ठाउँका ठाउमाँ कारवाही गर्छ ।

    सरकारले ल्याएको सार्वजनिक खरिद ऐनका बारेमा निर्माण व्यवसायीले उठाएका सवालको जवाफ दिँदै मन्त्री बाँस्कोटाले ठेकेदारको कारण कतिपय ठाउँमा सरकारले गाली र जनताले सास्ती खेप्नुपरेको बताउँदै व्यवसायीको सुझाव र प्रतिक्रियालाई समेटेर ऐन संसोधन हुन सक्ने बताउनु भयो । मन्त्री बाँस्कोटाले अहिले एक छत्र रुपमा ठेक्कामा साज गरिरहेको केही ठेकेदारको कब्जामा ६ जना वा ७ जना निर्माण व्यवसायीको हातमा देशभरीका बाटाघाटा, पुलपुलेसा, खानेपानी, चौकी विमानस्थल रहँदा राष्ट्रिय पूँजीको निर्माण हुन्छ कि हुँदैन भन्दै प्रति प्रस्न गर्नुभयो ।

    मन्त्री बाँस्कोटाले थप्नुभयो केही ठेकेदारका कारण सरकार नै असफल हुने अवस्था आएको र म्याद थप गर्ने परिपाटिले पुँजीगत खर्चमा कमि हुने गरेको बताउँदै ठेकेदारले आफुले लिएको काम समयमै सम्पन्न गरे सरकारको पुँजीगत खर्चमा बृद्धि हुने बताउनुभयो । निर्माण व्यवसायीले टेण्डर खरिद प्रक्रियाबाट र कानुनी प्रतिस्पर्धाबाट काम लिएर समयमै सम्पन्न गरे मात्र मुलुक निर्माण कार्य सम्पन्न हुन सक्ने ठोकुवा गर्नुभयो ।

    कार्यक्रममा प्रनिनिधि सभा सदस्य गंगाबहादुर दोङ, नविना लामा, प्रदेश सभा सदस्य चन्द्र लामा, प्रदेश सभा सदस्यहरू लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रत्न ढकाल नेकपा काभ्रेकी अध्यक्ष रुकु चौलागाईं लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार