२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

तीन बर्ष भित्रमा काभे्रको कुनै ठाउमा पानीको अभाव हुदैन- बाँस्कोटा, हामीले अभिभावकको रुपमा बाँस्कोटा र लम्साललाई लिएका छौ- खरेल


३२२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    पाँचखाल-सुचना प्रबिधि तथा संञ्चार मन्त्री गोकुल बाँस्कोटाले पाँचखालमा सुरुभएको खानेपानी आयोजना दक्षीण एसियाकै सवैभन्दा महत्वपुर्ण साथै ठुलो योजना रहेको बताउनु भयो ।

    पाँचखाल नगरको भबिस्यसंग जोडिएको सुनकोशी पाँचखाल खानेपानी आयोजनाको सम्झौता कार्यक्रमका प्रखुख अजितति मन्त्री बाँस्कोटाले काभे्र जिल्लामा पानीको अभावलाई छिटै समाधान गर्ने ठोकुवा गर्नुभयो । अभाव भएको स्थानहरुको प्राथमिकताको आधारमा योजना सुरु गराएर आगामी तीन बर्ष भित्र काभे्रको कुनै पनि स्थानमा पानीको अभाव हुन नदिने बताउनु भयो ।

    कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो पानीको लागि धेरै अभाव भएको तेमालमा करिव अन्तिम चरणमा काम भएको , बनेपा, धुलिखेल र पनौती समेत तीन नगरलाई समेटेर बृहत खानेपानीको काम तिब्र गतिमा अगाडी बढेको बताउनु भयो । कोशिपारी र नमोबुद्ध नगरमा भएको अभावको बिषयमा व्यवस्था गर्दै गरेको बताउनु भयो । पाँचखालमा पनि पिउने पानीको निकै अभाव हुदै गएको अवस्थामा काम सुरु भयो । तर नगरमा सुरुभएको आयोजनाले नसमेटिएको ठाउको लागि छुट्टै ढंगले व्यवस्था गर्ने तयारी गरेको बताउनु भयो । त्यसैगरी मण्डन देउपुरमा पानीको अभाव छ, सो स्थनमा छिटै १ अर्व ७५ करोडको आयोजना ल्याउने तयारी गरेको बताउनु भयो ।

    कार्यक्रममा मन्त्रि बाँस्कोटाले थप्नुभयो आगामी तीन बर्ष भित्रमा पाँचखालको योजना सम्पन्न गर्न आफुले आवश्यक सहयोग गर्ने बताउनु भयो । परियोजना सफल गराउन आवश्यक ४० रोपनि जग्गा उपलब्ध गराउने बिषय चुनौतिको बिषय भएकोले सो व्यवस्थापनको लागि कानुनि रुप, व्यवहारिक रुप, राजनैतिक रुपबाट समेत सघाउन तयार रहेको बताउनु भयो । नगरका दिदि वहिनीहरुले आफुले लगएको सुन गालेग खानेपानीको लागि उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकम जम्मा गरेकोले योजना छिटो सम्पन्न गराउने बिषयमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममा बिषेश अतिथि प्रदेश सांसद लक्ष्मण लम्सालले पाँचखाल नगरलाई सकारात्मक ढंगबाट अगाडी बढाउन सके नगरको बिकास टाढा नभएको बताउनु भयो । आयोजना सञ्चालनको क्रममा कसैले बदमासि गरे त्यस्तालाई नाङ्गेझार पारेरै छाड्ने बताउनु भयो । मुलुकका विभिन्न स्थानमा संञ्चालन भएको विकास निर्माणको कार्यहरु सुस्त गतिमा अगाडी बढेकोले समयमा काम सम्पन्न हुन नसकेको बताउंदै पाँचखालको योजनाले मुलुकमा नयाँ ढंगको शंकेत दिने खालबाट सम्पन्न गर्ने बिषयमा आफुले के—कस्तो सहयोग गर्नुपर्ने हो सो गर्न तयार रहेको बताउनु भयो । समृद्ध पाँचखाल निर्माणको लागि आयोजनाको महत्वपुर्ण भूमिका हुने भएकोले राम्रा कार्यको लागि सवैले सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेलले पाँचखालमा सुरु भएको खानेपानी आयोजना कुनै पनि दल बिशेष आयोजना नभई सामुहिक आयोजना भएको बताउनु भयो । सवै पक्ष एक जुट भएर काम गर्दा कुनैपनि कार्य सफल हुने बताउंनु भयो । उहाँले थप्नुभयो समृद्ध पाँचखाल निर्माणको लागि हामीले अभिभावकको रुपमा मन्त्री गोकुल बाँस्कोटा र सांसद लक्ष्मण लम्साललाई लिने गरेको बताउनु भयो । पाँचखालमा हुने कुनैपनि कार्य मेरो कारणले गर्दा भएको भन्ने दम्भ गर्नुपर्ने अवस्था कसैको छैन, सवै नगरवासीको चाहना अनुसारका कार्यमा हाम्रा अभिभावकहरुको सहयोगमा भएको बताउनु भयो । भावि पुस्पताको लागि धन शम्पति भन्दा महत्वपुर्ण बिषय पानी भएकोले सोही कार्यमा एक जुट भएर अगाडी बढेको बताउनु भयो ।

    सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कुमार लामिछानेको सभापतित्व, उपाध्यक्ष रविन्द्र सिपखानको स्वागत मन्तव्य तथा सचिब मणि राज गौतमको संञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभे्र उप—प्रमुख मञ्जु गौतम, शहरी खानेपानी तथा सरसफाई आयोजनाका निर्देशक विद्यानाथ भट्टराई, नगर बिकास कोषका प्राबिधिक सहयोग अधिकृत सुवास राज पन्त लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो भने सम्झौतामा आयोजना निर्देशक विद्यानाथ भट्टराई, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, प्रविधिक सहयोग अधिकृत सुवास राज पन्त र सुनकोशी पाँचखाल उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले हस्ताक्षर गर्नु भएको थियो ।

    नेपाल सरकार खानेपानी विभागको सहलगानि तथा एसियाली विकास वैंकको ऋण लगानीमा २ अर्व २१ करोडको लागतमा सुरुहुन लागेको उक्त खानेपानी योजनाको लागि उपभोक्ताहरुको तर्फबाट ५ प्रतिशत जम्मा गरेका छन् । कुल लागत स्टमेट २ अर्व २१ करोडको ७० प्रतिशत एशियाली विकास वैंकले पाँचखाल नगरको जमानिमा ऋण लगानि गर्ने, २५ प्रतिशत नगरबिकासको तर्फबाट ऋण उपलब्ध गराउने गरी आयोजना अगाडी बढेको छ ।

    उक्त योजना मार्फत प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने भएको छ । दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने तयारी भएको हो । पाँचखालमा पौरानिक मुलहरु त, केही वर्ष अगाडिनै सुकिसकेको र विकल्पको रुपमा इनारको माध्यम अपनाएको सो पनि सुक्न थालेपछि बोरिङ्ग गरी पानीको व्यवस्था गरेकोमा सो स्रोत पनि भरपर्दो नभएको अवस्थनामा दिर्घकालिन ढंगको भरपर्दो पानीको याजना सफल हुंदा जवसम्म कोशि वगिरहन्छ तवसम्म पाँचखालमा पानीको समस्या रहन्न ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार