२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पदका लागि हामी निरंकुशतावादी जस्तै त भएका छैनौं ? प्रचण्ड


२९७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टहरुमा क्रान्ति, सिद्धान्त र आदर्शप्रतिको निष्टा हराउँदै गएको बताएका छन् ।

    निरंकुशतावादीका विरुद्ध लडेका कम्युनिस्टहरु अहिले आएर पद, प्रतिष्ठाका लागि हिजोका निरंकुशतावादीजस्तै भन्दै गएको पनि प्रचण्डले टिप्पणी गरे ।

    सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित दिवंगत कम्युनिस्ट नेतृ तथा पूर्व मन्त्री सहाना प्रधानको ५ औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि विचार, आदर्श र निष्टाबाट विस्तारै स्खलित भइरहेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

    ‘सत्तामा पुगेपछि हामीहरु कम्युनिस्ट विचार, आदर्श र निष्टाबाट विस्तारै, थाहै नपाइकन स्खलित हुँदै जाने प्रक्रिया देखिएको छ,’ प्रचण्डले भने, ‘नाम त हाम्रो कम्युनिस्ट पार्टी नै छ, तर हामी साँच्चै कम्युनिस्टै जस्ता छौं त अहिले ?’

    व्यक्तिगत जीवनका शुख सुविधाहरुलाई त्यागेर जेल, नेलसहितको कष्टकर जीवन व्यतित गर्न रमाउने कम्युनिस्टहरु अहिले सुविधाभोगी बन्दै गएकोप्रति पनि प्रचण्डले चिन्ता व्यक्त गरे । अध्यक्ष प्रचण्डले अब विचार, राजनीति, रणनीति तथा संगठनात्मक जीवन पद्दति के हुने भन्नेमा स्पष्ट हुनु पर्ने उल्लेख गरे ।

    ‘भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेका छौं । तर, के हामीले समाजवादको यात्रा शुरु गर्ने योद्धा जस्तै छौं त हामी ?’ प्रचण्डले भने, ‘या हामी विस्तारै विस्तारै कांग्रेसजस्ता, या विस्तारै विस्तारै हिजोका निरंकुशतावादीको जस्तै जस्तै त बनेका छैनौं ?’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार