२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

यौन हिंसाबाट जोगिन निःशुल्क शिक्षा आवश्यक- मन्त्री कोईराला


२३७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • बनेपा- उग्रेश्वर मन्दिर परिषरमा आयोजना गरिएको महोत्सव उद्घाटन गर्दै प्रमुख कोइरालाले प्रदेश ३ का प्रत्येक विद्यालयमा नर्सको व्यवस्थापन गरेर बालबालिकाको चौतर्फि विकासका लागि काम गरिरहेको बताउनुभयो । प्रमुख कोइरालाले दक्ष युवाहरु खाडी देशमा गएर पसिना बगाउन रुचाउने तर आप्mनो देशमा श्रम गर्न नरुचाउने गरेको बगाउनुभयो । कोइरालाले देशमा बालकालिका र महिला माथि हुने यौन हिंसा बाट जोगाउनका लागि निःशुल्क शिक्षा हुनु पर्नेमा जोड दिनुभएको थियो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैध, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु लगायतको सहभागिता रहेको थियो ।

    आजदेखि सुरु भएको महोत्सव असोज १६ गते सम्म चल्नेछ । कार्यक्रममा चर्चित र्यापर भि–टेन, रेस्लरहरू, गायक तथा हास्यकलाकारहरू लगायतले प्रस्तुती दिनेछन् भने कृषि, घरेलु सामग्री लगायत एक सय भन्दा बढी व्यापारिक स्टल, बालउद्यान लगायत विभिन्न खेलकुदको प्रदर्शनी रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार