२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ट्रकसंग कार ठोकीदा ५ को मृत्यु


२३७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् ।

    प्रहरी स्रोतका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    ‘ढोका फोडेर बाहिर निकालेर गम्भीर अवस्थामा चितवन पठाएका थियौं, उनीहरु पाँचै जनालाई अस्पतालले मृत घोषणा गरेको छ,’ प्रहरी निरीक्षक अधिकारीले भने । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार