२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

नेपालमै पहिलाे पटक CTEVT ले माउन्टेन गाईडकाे अधिकृत स्तर तह-४ काे सीप परीक्षण सम्पन्न गरेको छ।


४२५३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • माेहन गजुरेल

    सीप परिक्षणमा सहभागिहरू र मुल्यांकनकर्ता।

    नेपालमा सीप परिक्षण प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् CTEVT अन्तरर्गत राष्ट्रिय सीप परिक्षण समिति NSTB ले २४ ओटा क्षेत्रमा प्रारम्भिक तह देखि १,२,३,४ तहसम्म गरि २८६ ओटा राष्ट्रिय पेसागत सीप प्रमाणिका /प्राेफाईल निर्माण गरेको छ।
    यसै विच सरकारले माउन्टेन गाइडलाई सीप परीक्षण गरी अधिकृतसरहको मान्यता दिने भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक बनिसकेका गाइडहरुलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्काे राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षण गरी मान्यता दिन थालेको हो।
    परिषद्ले गत साता १५ जना गाइडलाई पहिलो चरणमा परीक्षामा सामेल गराएको छ। परिषद्ले मनाङको खाङला आधारशिविरमा लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा लिएको छ। उक्त सीप परीक्षणको नतिजा २ महिना भित्र सार्वजनिक गरी प्रमाणपत्र दिने परिक्षामा संलग्न राष्ट्रिय सीप परिक्षण समितिका उपनिर्देशक मिनराज अधिकारीले बताएका छन्। ६६ वर्षअघि हिमालसँग मानव सम्बन्ध जोडिए देखिनै काम गर्दे आएका गाइडहरुको हालसम्म सीप परीक्षण हुन सकेको थिएन। परिषद्ले राष्ट्रिय सीप परीक्षण समितिबाट पर्वतारोहणमा संलग्न पथप्रदर्शक (माउन्टेन गाइड) को सीप परिक्षण गरी चौथो तह अर्थात अधिकृतसरहको सीप प्रमाणित हुने अधिकारीले बताए।

    सीप परीक्षण हुँदै।

    सीटीईभीटीअन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले पर्वतारोहण पथप्रदर्शकको व्यवसायिक सीप परीक्षण गरी प्रमाणपत्र दिने छ। आङछिरिङ शेर्पाको संयोजकत्वमा विज्ञसहितको प्राविधिक उपसमिति गठन गरी सीपको परीक्षण सुरु गरेको हो। राजपत्रमा उल्लेख भएअनुसार इन्जिनियरस्तरको चौथो तह नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शककाे प्रमाणपत्र दिन थालियको हो।

    हाल नेपालमा करिब ७० जना बढी नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक छन्। पर्वतारोहण क्षेत्रमा काम गर्ने कामदारको सीपका आधारमा प्रमाणपत्र दिने निर्णय पहिलोपटक भएको हो। सीप परीक्षणले माउन्टेन गाइडको वृत्तिविकास, वैदेशिक रोजगारमा थप मान्यता, काम गर्दा उचित पारिश्रमिक पाउन सहयोग, उद्धारजस्ता कार्यमा सेना, प्रहरी, लोकसेवामा प्रवेश पाउने सम्भावना बढ्नेछ। सरकारी मान्यता प्राप्तिसँगै हिमालमा सम्पर्क अधिकृतका रूपमा खटिएर काम गर्ने अवसरसमेत उनीहरूले पाउनेछन्।

    उप- निर्देशक मिनराज अधिकारि

    माउन्टेन गाइडको सीप प्रमाणित गर्नु उनीहरूको कामको सम्मान भएको सीटीईभीटीले जनाएको छ। यसले पेसामै उत्साह थपिएको नेपाल राष्ट्रिय पर्वतारोही पथप्रदर्शक संघका अध्यक्ष आङनुरु शेर्पाले बताए। सीप परीक्षणको व्यवस्थाले विश्वमा गाइडप्रतिको दृष्टिकोणमा सकारात्मक सन्देश जाने शेर्पाको भनाई छ।
    यस्तो सीप परिक्षणले आत्मा सम्मान पाउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि मान्यता पाउने छन भने हाललाई भिजिट नेपाल 2020 लाई पनि सफल वनाउन महत्त्वपूर्ण भुमिका खेल्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार