२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा बडा दशै कप सुरु, रुद्र र बलरामको शालिक वनाउछौं- खरेल


६१०५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ९, बिहिबार मा प्रकाशित ४ साल अघि
  •  

    पाँचखाल-पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको तिनपिप्ले युवा क्लबको आयोजना भएको बडा दशै कप फुटबल विहिबार बाट बलराम स्मृति खेल मैदान ढुंगाना बेसीमा सुरु भएको छ । पहिलो दिन भएको खेलमा धुलिखेल डि ४ ले खोपासी लाई ० का विरुद्ध ४ गोल लगाएको यियो । त्यसैगरी धुलिखेल ११ र बालकुमारि विच भएको खेलमा धुलिखेल ११ ले ३ गोल र बालकुमारीले २ गोल हानेका थिए ।

    खेलको उद्घाटन गर्दै पाँचखाल नगरपालिकका मेयर महेश खरेलले नगरमा रहेका युवाहरुको प्रतिभालाई संरक्षण गर्ने साथै विकृति विसंगतिको अन्यको लागि अगाडी बढेका युवाहरुलाई साथ र सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि खरेलले थप्नुभयो शहिद बलराम सापकोटाको नाममा निर्माण भएको खेल मैदानको संरक्षण गर्नु नगरपालिकाको साथै युवाहरुको समेत दायितव भएको बताउनु भयो । पाँचखालका हुनाहार व्यक्तित्व रुद्रवहादुर वानियाँ र शहिद बलरामा सापकोटाको सालिक निर्माणको लागि नगरले बजेट व्यवस्था गरेको बताउनु भयो । स्थानियको चाहना अनुसारको स्थानमा सालिक निर्माण गर्ने भएकोले ठाउको छनोट गर्न अनुरोध गर्नु भयो । सालिक निर्माणको लागि हाल नगरले छुट्याएको रकमले अपुग भएमा थप बजेटको व्यवस्था गर्ने बताउनु भयो ।

    कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले तिनपिप्ले युवा क्लवले युवाहरुलाई हौसला दिने ढंगको कार्य गर्दै आएको वताउनु भयो । राम्रो कार्य गर्नेलाई साथ दिनु वडाको दायित्व भएकोले बडा दशै कपको लागि वडाको तर्फबाट सहयोग गरेको बताउनु भयो । उहाँले थप्नुभयो बलराम स्मृतिको नाउमा निर्माण भएको खेल मैदानलाई व्यवस्थित गर्ने बिषयमा निरन्तर सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रमका बिशेष अतिथि सशस्त्र प्रहरी वल १५ नं गण पाँचखालका प्र.ना.उ (डिएसपि) नरवहादुर राउतले पाँचखालमा हेडक्वाटर रहेकोले पाँचखालमा सुरक्षाको अवस्था मजवुत राख्नु प्रमुख दायित्व रहेको बताउनु भयो । उहाँले थप्नुभयो सशस्त्र प्रहरीको काम मुलुककै सुरक्षा दिने भएकोले पाँचखाल, काभे्र लगायत मुलुकमै शान्ति सुरक्षाको लागि निरन्तर रहने बताउनु भयो ।

    त्यसैगरी नवप्रतिभा माध्यमिक विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले पाँचखाल वडा नं ६ को गहनाको रुपमा रहेको बलराम स्मृति खेल मैदानको संरक्षण गर्नु हामी सवैको दायित्व रहेको वताउनु भयो । युवाहरुको प्रतिभालाई संरक्षण गर्ने कार्यमा जुटेको तिनपिप्ले युवा क्लवलाई धन्यबाद दिदै युवाहरुको हौसलाको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
    त्यसैगरी कार्यक्रममा वलराम सापकोटाको धर्म पत्नि सरिता सापकोटाले वलरामको नशाबाट छरिएको रगतको अवशेषको रुपमा रहेको वलराम खेल मैदानको संरक्षण गर्नु पर्ने बिषयमा जोड दिनुभयो । उहाँले थप्नुभयो पाँचखाल नगरका मेयर महेश खरेलसंग घरपरिवारको सदस्य सरहको नाता रहेकोले खेल मैदानको स्तर उन्नति साथै वलराम सापकोटाको सालिक निर्माण गरी आफुलाई अनाथ हुनेवाट जोगाउनेमा आशावादि रहेको बताउनु भयो ।

    क्लवका अध्यक्ष सरोज धितालको सभापतित्वमा उक्त कार्यक्रममा क्लवका सचिव सोनाम छिरिङ्ग लामाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन देवराज अधिकारीले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार