२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मुख्य मन्त्रीहरु प्रधानमन्त्रीको फोटोकपी हुन्- गगन


२९३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य गगन थापाले मुख्य मन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी भएको आरोप लगाएका छन्।

    नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको वृहत् आमसभामा बोल्दै थापाले उक्त आरोप लगाएका हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री थापाले केपी शर्मा ओलीलार्इ संघियता असफल बनाउनेतर्फ लागेको पनि आरोप लगाएका थिए ।

    उनले भने, ‘प्रधानमन्त्रीई संघिएता खारेज हुने हो कि भन्ने कत्ति पनि चिन्ता छैन । वर्तमान सरकारका प्रधानमन्त्रीलाई संघीयता कत्ति पनि चित्त बुझेको छैन । संघीयता तलमाथि भयो भने प्रदेश नंबर ३ र कर्णाली प्रदेशले अधिकार गुमाउँछ । देशको अबिभाबक जस्तो प्रधानमन्त्रीले संघीयताको चिन्ता नगर्ने झन् मुख्यमन्त्री त प्रधानमन्त्रीका फोटोकपी हुन् उनलाइ के चिन्ता ?’

    थापाले नारणहीटीमा राजारानीलाई बस्न नदिएर सितल निवासमा महारानी राख्नकानिम्ति गणतन्त्र नल्याएको बताए । लोकतन्त्र नमान्ने गणतन्त्र ठिक ठाउँमा राख्न नसक्ने र संघीयता जोगाउन नसक्ने बेइमानी काम गरेको आरोप लगाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार