२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पार्टी एकता हात्ति छिरेको, पुच्छर मात्रै अड्कीएको छ- प्रचण्ड


२७८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणमा ठूलो फड्को मार्ने बेला आएको बताएका छन् । झण्डै एक वर्ष कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने उनको दाबी छ ।

    शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय बस्दा क्षति भएको स्वीकार गरे । तर हुँदैहुँदैन भन्दाभन्दा पार्टी एकता प्रक्रिया हात्ती छिरेसरह भइसकेको, पुच्छर मात्र अड्किएको अवस्थामा रहेको सुनाए ।

    १५ महिनामा लगाएर भएपनि पार्टी टुंगिएको भन्दै उनले कुखुरा र चिलको प्रसंग सुनाए । उनले भने, ‘लेनिनले रोजाको सन्दर्भमा भनेको कुरा मलाई याद आउँछ । चिल पनि कहिलेकाहीँ कुखुराजस्तो गरेर जमिनमा आएर खोस्रिन्छ । तर कुखुरा कहिल्यै चिल जस्तो आकाशमा उडान भर्न सक्दैन । कम्युनिस्टहरु चिल हुन्, उड्न थालेपछि त्यो आकासको त्यो उचाईमा पुग्छ, जहाँ अरु पुग्न सक्दैननन् ।’

    प्रतिक्रियावादीले दयाले नभई नेतृत्वले असाधारण पहलकदमी र आफ्नै पौरखले यो ठाउँमा आइपुगेको उनले बताए । प्रचण्डले अघि भने,’अब हाम्रो उडान सुरु भएको छ । खोस्रिनेसम्म खोस्रिसक्यौं । कुखुरासँगै झण्डै एक वर्ष लुटपुटियौं । अब चिलले जस्तो उडान भर्ने समय आएको छ । हेर्नुहोला, एक वर्षमा यो पार्टी सम्पूर्ण नेपाली जनताको एक मात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ ।’

    पार्टी नेतृत्व पङ्ग्तीको जीवनलाई हेर्‍यो भने ठूलो फड्का, उपलब्धी र क्षतिबाट आएको भन्दै उनले अघि भने, ‘हामीलाई के कन्फिडेन्ट छ भने कुखुराहरुले खोस्रेजस्तो या स्यालहरुले कराएजस्तो सिंहको गर्जन हुँदैन । सिंहले गर्जिन थालेपछि कोही अगाडि पर्न सक्दैन । हामी त्यसैगरी अगाडि बढ्छौं ।’

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार