२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

सडकमा कृषि औजारका साथमा उत्रिए सशस्त्र


३१२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ११, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-सशस्त्र प्रहरी वल नेपाल नं १५ गण हेडक्वाटर काभे्र पाँचखालको टोली सामाजिक कार्यमा जुट्दै आएको छ । पाँचखाल र आसपासको क्षेत्रमा सुरक्षाको लागि निरन्तर लागेका सशस्त्रले सडक संभारको कार्यमा समेत जुटेको छ । विहानै चियाको सुर्की हतारमा लगाउंदै कृषि औजार (सावेल,पिक,खुर्पी,कोदालो,कोदाली) काधमा राखेर फर्मेसनमा तयार हुदै जलढुंगे, सर्वमंगला चार पिप्ले सडकमा उत्रिए ।

    सेतीदेवी आमा समुह र पाँचखाल वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारीको आयोजनामा भएको सडक संरक्षण कार्यमा सशस्त्र प्रहरी प्र.ना.उ (डिएसपी) नरवहादुर राउतको नेतृत्वमा १ सय १० जना सशस्त्र प्रहरीको उपस्थिति थियो । पाँचखाल वडा नं ३ मा रहेको जलढुंगे सर्वमंगला, चार पिप्ले सडकको संरक्षण गर्ने क्रममा सडकमा थुप्रीएको माटो, रुख, हटाउने कार्यको साथै सडक नाला सफा गरेको थियो ।

    बर्षातको कारणले ठाउं ठाउंमा गएको पैरोले गर्दा सडक संञ्चालनमा केही अवरोध पुगेको थियो । सडक नालामा जम्मा भएको माटोका कारण बर्षातको पानी सडकमा बग्ने हुंदा सडकमा क्षति हुने प्रवल संभावना रहेकोले नाला सफा गर्ने कार्यमा जुटेको वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारीले बताउनु भयो । “सडक स्थानियको साथै राज्यको हो, नेपालीलाई शान्ति सुरक्ष दिनु र राज्यको सम्पत्किो सुरक्षा गर्नु हाम्रो पनि कर्तव्य हो त्यसैले सामाजिक कार्यको साथमा शान्तिि सुरक्षामा हामी जुटेका छौं ” । सडक संरक्षण कार्यमा सशस्त्र प्रहरीको नेतृत्व गर्दै आउनु भएका प्र.ना.उ राउतले बताउनु भयो ।
    सडकको संरक्षण कार्यमा सेती देवि आमा समुहकी अध्यक्ष कोपिला सापकोटा, स्थानिय समाजसेवी, जनप्रतीनिधिहरु साथै स्थानियहरुको उपस्थित रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार