२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

फेसबुक हेरौं भन्यो हेर्नै नसकिने-प्रचण्ड


२७९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ११, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जालमा सबैभन्दा आलोचना खेप्ने नेता मध्येमा एक पर्छन् ।

    गल्ती कमजोरी गर्दा नेतृत्वले आलोचना खेप्नु त स्वभाविक हो तर कहिले काँही विना गल्ती गाली खनुपर्छ । शनिबार एक कार्यक्रममा पूर्वप्रधामन्त्री समेत रहेका प्रचण्डले त्यस्तै गुनासो पोखे । ‘यसो फेसबुक हेरौं भन्यो हेर्नै नसकिने हुन्छ, आफैंमाथि खनिएको हुन्छ’ उनले भने, ‘मनमा कुरा त ठीकै लेख्यो भन्ने भए त आनन्द हुन्छ तर, हुँदै नभएको विषयमा पनि (आलोचना हुन्छ) ।’

    उनले भारतीय विदेशमन्त्री एज जयशंकर आउँदाको घटना सुनाए । ‘हामी भेट्नेमै थियौं तर पूर्वप्रधानमन्त्री हुनुको नाताले मैले या त हामी कहाँ आउँदा हुन्छ, या जहाँ बसेको त्यो भन्दा अर्को होटलमा सजिलो हुन्छ भनियो । मिलाउन नसकेपछि भेट भएन’ प्रचण्डले भने, ‘खुसुक्क बालुवाटारमा भेट्यो भनेर आयो । मैले भेटेकै होइन । भन्न खोज्यो, कोही सुन्नेवाला छैन ।’

    यस्ता थुप्रै घटना रहेको भन्दै उनले भने, ‘जोसँग नेता-नेतृत्वको साइनो सम्बन्ध नै छैन तर त्यही हो, त्यही हो भनेर आएपछि त्यसको प्रतिवाद कसरी गर्ने ?’ मिडियाले नै सत्य बाहिर ल्याउन सक्ने तर नेताहरु आफैं फिल्डमा उत्रिएर पार नलाग्ने प्रचण्डले बताए । उनले भने, ‘त्यसकारण नेताहरुको पिर मर्काबारे पनि सोचिदिने हो कि भनेर तपाईहरु (पत्रकार)सँग न्याय माग्नुपर्ने ठाउँमा छौं ।’ कसैलाई नियन्त्रण गर्ने, कानून लगाउने र दबाएर ठिक पार्नेतिर नजाने तर गलतका विरुद्ध सहीले विजय हासिल होस् भन्ने चाहना राख्ने प्रचण्डले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार