२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

टेलिकमको दशैं अफर


२४४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १२, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् ।

    १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444#  डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् ।

    २. पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444#  डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिने छ ।

    ३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *1400#   डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400  मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

    ४. प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ ।  आˆनो मोबाइलमार्फत *1400#   डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर *1400# मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400  मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

    मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।

    ५. रिचार्जमा बोनस- जीएसएम/सीडीएमए ग्राहकका पि्रपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ ।

    विजया दशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०, १०० र २०० को बोनस ३ दिन भित्र र रु. ५०० र १००० को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट  रु. १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार