२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कम्यूनिष्टलाई उठ्नै नसक्ने गरी सिध्याछौं- देउवा


३६२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १३, सोमबार मा प्रकाशित ४ साल अघि
  • बनेपा-नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु लाई राजनितीक रुपमा उठ्नै नसक्ने गरी सिध्याउन सकिने बताएका छन् ।  काभ्रेको बनेपा स्थित नेपाल शिक्षक संघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा शिक्षक सेवा आयोगबाट स्थायी कोटामा नाम निकाल्न सफल शिक्षकहरूलाई सम्मान र सेवा निवृत्त शिक्षकहरुलाई सम्मान पत्र प्रदान गर्दै उनले जनतालाई हरेक कुरामा दुःख दिएर राजा महाराजाका जसरी शासन सञ्चालन गर्न खोज्ने लाई पत्ता साफ गरेरै छाड्ने बताए ।

    कम्युनिष्टहरुको आफ्नो बिचार नै नभएको बताउँदै उनले पछिल्लो समय चिनिया नेता सि जिङ पिङको बिचार नेपालमा लाद्न खोजेको भन्दै बिदेशी नेताका बिचार नेपालको सन्दर्भमा उपयुक्त नहुने र त्यस्ता बिचार बोकेकाहरु बिदेशीका दलाल भएको आरोप लगाए । नेपाली कम्यूनिष्टहरुले लेनिन,माओत्सेतुङ जस्ता बिदेशी नेताका बिचार बोकेकका नेपाली कम्यूनिष्टहरु पछिल्लो समय चिनिया नेता सि जिङ पिङको बिचार नेपालमा लाद्न खोजेको र त्यस्ता बिदेशी बिचार बोकेकाहरु लाई नेपाल देशको मायाँ नहुने बताए । नेपाल बहुभाषिक,बहुजातिय,बहुसाँस्कृतीक,बहुधार्मिक मुलुक रहेको भन्दै सिजिङ पिङ को बिचार लादेर सामन्तवाद तर्फ कम्यूनिष्टहरु जान खोजेको आरोप लगाए । नेपालको विकास र समृद्धीका लागि नेपाली विचार आबश्यक छ नेपाली बिचारले मात्र नेपाल समृद्ध बनाउन सकिने उनको तर्क थियो ।
    उनले आफ्नो पार्टी तर्फ लक्षित गर्दै कार्यक्रर्तालाई भाषण भन्दा गाउँगाउँका जनताको समस्या बुझेर काममा लाग्न नेताहरूलाई निर्देशन दिएका थिए । देउवाले भने– ‘यहाँ भाषण गर्ने होइन, गाउँका जनताले के दुःख पाएका छन, समस्या के छन, सरकारका कारण कति दुःख भोगेका छन् त्यसमा लाग्नुहोस् । त्यसले मात्र काँगे्रसलाई बलियो र कम्युनिष्ट सरकारको अन्त्य गराउँछ ।’ देउवाले तीन बर्ष धेरै लामो समय नभएकाले अहिले देखिनै जनताको घरदैलोमा जान नेतालाई निर्देशन दिएका थिए ।

    बलियो सरकारले धेरै भ्रष्टाचार गर्दैछ-काँग्रेस नेता सिटौला

    नेपाली काँगे्रसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार बहुमतको दम्भमा देशको ढुकुटी रित्याउने खेलमा लागेको आरोप लगाएका छन् । बनेपा स्थित नेपाल शिक्षक संघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा शिक्षक सेवा आयोगबाट स्थायी कोटामा नाम निकाल्न सफल शिक्षकहरूलाई सम्मान र सेवा निवृत्त शिक्षकहरुलाई सम्मान पत्र प्रदान गर्दै उनले उक्त कुरा बताएका हुन् । सरकारले दुई तिहाईको दम्भमा संघिय,प्रादेशिक र स्थानिय तहमा भ्रष्टाचारै भ्रष्टाचार गरेको बताएका हुन् । जनताबाट अनेक बहानामा कर उठाउँदै उठाएको कर बाट बिलासी जीवन बिताउन उनिहरु लागि परेको बताए । उनले भने जनताहरु सिटामोल र जिवनजल नपाएर छटपटाइरहेको अबस्थामा कम्यूनिष्ट नेताहरु भने उपचारका बहानामा राज्यको पैसा दोहन र भ्रष्टाचार बृद्धिमा लागेको आरोप लगाए । संविधानको उल्लघन गर्दै राष्ट्रिय सभा ,संघ र प्रदेश स्तरमा एउटै पार्टीका राष्ट्रिय सभा अध्यक्ष,उपाध्यक्ष, सभामुख उपसभामुख राखिरहेकाले त्यसको बारेमा सदन र सडकबाट काँगे्रसले खबरदारी गर्नुपर्ने बताए । उनले भने शिक्षा,स्वास्थ्य,सेना,प्रहरी र न्यायपालिका समेत प्रधानमन्त्रीले आफ्नो कब्जामा लिई राजा महाराजाले भन्दा पनि निरङकुश शैलिमा सक्ता सन्चालन गर्न खोजेको आरोप लगाए । आफ्ना पार्टी सभापती देउवाले केहि समय अगाडी कम्यूनिष्ट शासनमा रुन समेत नपाउने भन्ने कुरा भाइरल बनाउदैं खिल्ली उडाएको मा अहिले सभापति ले भनेको कुरा यथार्थमा परिणत भएको बताएका थिए ।

    कार्यक्रममा बोल्दै नेता बद्री पाण्डेले मुलुक कम्यूनिष्टको खेलौना नभएको भन्दै खेलौना सम्झी देश बिगार्न नखोज्न कम्यूनिष्टहरुलाई आग्रह गरेका थिए । उनले भने हामीलाई हारीएकोमा चिन्ता छैन तर कम्युनिष्ट सरकारले काम गर्न नसक्दा जनतामा निरासा बढ्दै गएको बताए । उनले भने प्रधानमन्त्रीको इच्छामा चल्ने ब्यबस्था अगाडी बढाउँदा न्यायपालिका र सबैंधानिक निकायहरु समेत निष्पक्ष रुपमा अगाडी बढ्न सक्दैन । एउटा नागरिकले सरकारको विपक्षमा आफ्नो तर्क र विरोध गर्दा उसलाई सरकारी गुण्डाले आक्रमण गर्नु निन्दनिय रहेको र कम्यूनिष्टहरु निरङ्कुश शैलीमा अगाडी बढेको बताए ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेस काभ्रेका पूर्व सभापति तथा वर्तमान केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले नेपालीहरुको महान पर्व वडा दशै नजिकिँदै गर्दा जनताहरु सुरक्षित रुपमा यात्रा गर्न नपाएको प्रति आक्रोस व्यक्त गर्दै सरकारले चुनाबी घोषणा पत्र विपरित क्रियाकलाप गर्दै जाँदा जनताहरु थप आर्थिक भार व्यहोर्न बाध्य भएको बताए । उनले सरकारले निरङकुश बन्दै जाँदा सम्बिधान कार्यान्वयनमै समस्या आउने आशंका ब्यक्त गरे । उनले आफ्नो पार्टी नेपाली काँग्रेस तर्फ लक्षित गर्दै भने पार्टी जोगाउने हो भने सबै नेताहरुले व्यक्तिगत स्वार्थ छोडी एकताबद्ध भएर अगाडी बढ्नु पर्ने तर्क गरे ।

    नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले सरकारका गलत क्रियाकलापका बिरोधमा सबैजना लाग्नु पर्ने बताउँदै एकजुट भएर अगाडी बढ्न सके नेपाली काँग्रेस सँगै नेपाली जनताको समेत भविश्य उज्वल रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सभापतिहरु मध्येबाट तिर्थ लामा,नेपाल शिक्षक महासंघका केन्द्रिय महासचिब लक्ष्मिकिशोर सुबेदी,शिक्षक संघ प्रदेश ३ का अध्यक्ष नारायण तिमल्सिना,शिक्षक महासंघ काभ्रेका अध्यक्ष आश्विन चौलागाँई, नेपाली काँग्रेसका जिल्ला सदस्य गोबिन्द बहादुर थापा ,नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री माधव ढकाल लगायतले शिक्षक र शिक्षा क्षेत्रका गुणस्तर बृद्धिका लागि सबै जना लाग्नु पर्ने बताएका थिए । हालै शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल र निबृत्त शिक्षकहरु गरी कुल ४ सय ७५ शिक्षकहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, नगर, गाउँ लगायत शुभेच्छुक तथा भातृ संस्थाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल शिक्षक संघ काभे्रका अध्यक्ष राजेशराज महतको अध्यक्षता सम्पन्न कार्यक्रम संघका सचिव शम्भु घिमिरेले सञ्चालन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार