२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

प्रमुख प्रशासकीय अधिकृत आक्रमण


२३१५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १३, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले सोमबार दिउँसो आक्रमण गरेको छ ।

    ५/६ जनाको नकावधारी समूहले गमगढीबाट कार्यालय जानेक्रममा अन्दाजी १ बजेको समयमा सोरु गाउँपालिका-७ सिप गाउँमा उपाध्यायमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक लालबाबु ऐरले जानकारी दिए ।टाउकोमा गम्भीर चोट लागेका उपाध्यायलाई गमगढीस्थित अस्पतालमामा प्राथमिक उपचारपछि थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको उनले बताए ।  कुटपिट गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक ऐरले जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार