२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोशनी शाहीले बोली फेर्दैमा महराको पद वाहाली हुंदैन- पौडेल


५२२४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं : संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन । नेपाल बार एशोसिएशनका महासचिव लिलामणी पौडेलले संसद सचिवालयकी कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप लागेका महरा सभामुख पदबाट मुक्त भएको उल्लेख गर्दै उनी त्यही पदमा बहाली हुने सम्भावना नरहेको बताए।

    महासचिव पौडेलले त्यस प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले बोली फेर्दैमा यो घटनाको अनुसन्धान प्रक्रिया नरोकिने पनि स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी कार्यविधि संहिता अनुसार पीडित भनिएकी शाहीले प्रहरीको हटलाइन सेवामा आफू पीडित भएको जानकारी दिएपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको पनि स्पष्ट पारे। नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले महरा प्रकरणको छानविन प्रक्रिया नरोकिए पनि पीडित भनिएकी  महिलाले अनुसन्धानमा नसघाए घटनाको सत्यतथ्य बाहिर आउन कठिनाई हुने बताए।  उले पीडित भनिएकी महिला शाहीले डिएनए परीक्षण गर्न नदिए अनुसन्धानका लागि निवर्तमान सभामुख महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने तर्क पनि गरे। कार्यक्रममा बोल्दै संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले पदबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त रहेको बताउनु भयो ।

    उहाँले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार सभामुख पदको निर्वाचन हुनुपर्ने पनि बताए।  संविधानले फरक दल र फरक लिंगलाई सभामुख र उपसभामुख हुनुपर्ने परिकल्पना गरेको उनको दावी छ। संविधानविद् ज्ञवालीले संविधानको परिकल्पना अनुसार दलहरुले सभामुखको निर्वाचन गराउँदा फरक दलका सभामुख र उपसभामुख बनाउनुको विकल्प नरहेको पनि बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार