२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

देखासेखि ढंगले पर्व मनाउंदा संकृतिको संरक्षण हुदैन -लम्साल


३१७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-प्रदेश सांसद लक्ष्मण लम्सालले संकृतिको संरक्षण गर्नु हामी नेपालीको कर्तव्य हो, तर संकृतिको संरक्षण गर्ने नाउमा देखासेखि गर्ने हो भने संकृतिको संरक्षण नहुने बताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको तिनपिप्ले युवा ल्वब द्वारा आयोजित बडा दशैं कप फुटबलको समापन कार्यक्रममा सांसद लम्सालले उक्त धारणा राख्नु भएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि सांसद लम्सालले शहिदको नाउंसंग जोडीएको वलराम स्मृति फुटबल मैदानको स्तर उन्नतीको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले थप्नुभयो राष्ट्रिय स्तरको फुटबल मैदान पाँचखाल वडा नं ४ मा निर्माणको लागि बजेटको व्यवस्था भई सकेको बताउनु भयो ।

    वलराम सापकोटाको नाउसंग जोडिएको पाँचखाल ६ डुंगाना बेसीमा रहेको मैदानलाई व्यवस्थित साथै नमुना ढंगको बनाउनको लागि सवै पक्ष एक जुट हुनुपर्ने बताउनु भयो । युवाहरुले आफुसंग भएको प्रतिभालाई सार्वजनिक गर्ने वातावरणको लागि तिनपिप्ले युवा क्लबले खेलेको भुमिका अत्यन्त सह्रानिय भएको वताउंदै राम्रा कार्य गर्ने युवाहरुलाई आफुले सघाउने बताउनु भयो ।

    पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले बडा दशैं कपको आयोजना गरी शान्ति साथै सौहार्द पुर्ण तरिकाले खेल सम्पन्न भएकोमा आयोजक साथै सहभागिहरुलाई धन्यवाद दिनु भयो । आफ्नो वडामा रहेको खेल मैदानहरुको संरक्षण गर्दै युवाहरुको हौसलाको लागि निरन्तर लागि रहने बताउनु भयो ।

    युवा क्लबका अध्यक्ष सरोज धितालको सभापतित्वमा सम्पन्न उक्त समापन कार्यक्रमका सञ्चालक दोय बाबुकाजी पराजुली र सुमित्रा श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य क्लवका उपाध्यक्ष निर्मल श्रेष्ठले गनुभएको थियो । खेलमा सहभागि भएका १६ टिम मध्य धुलिखेल डि.ले प्रथम भई नगद ५० हजार सहितको उपाधि हासिल गरेको छ भने दितिय स्थान टिम स्पिड न्युरोड काठमाडौले नगद २५ हजार सहितको उपाधी हासिल गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार