२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नवरात्रीमा गर्नै नहुने काम


२४१३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • हिन्दू नेपालीहरुको महान पर्व दर्शैको पाँचौं दिन हो ।दशैंलाई नवरात्र पनि भनिन्छ । दशैं घरमा घटस्थापनाको दिनदेखि देवीहरुको पूजा उपासना हुने गरेको छ ।

    आज नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरि मनाइएको छ ।

    १० दिनसम्म देवी दूर्गाका ९ अवतारको पूजा आराधना र उपासना गरि दशमीको दिन प्रसाद ग्रहरण गरेसँगै दशैं वा नवरात्र सकिन्छ । तर सांस्कृतिक रुपमा भने देशका कतिपय स्थानमा आफूभन्दा ठूला वा मान्यजनबाट पूर्णिमाको दिनसम्म पनि टिका थाप्ने प्रचलन रहेको छ ।

    नवरात्र विशेषत देवी भगवतिको शक्तिको उपासनाको पर्व हो । देवी माताहरुको पूजा उपासना र आराधनाले दुख कष्ट नाश हुने धार्मिक विश्वास रहेको छ । यो बेलामा देवी माताको पूजा आराधना गर्न केही नियमहरु रहेका छन् भने व्यक्तिले पनि नियममा रहनुपर्छ ।

    यस्ता छन् नियम

    – नवरात्रीका दौरान उपवास गर्ने व्यक्तिले जुँगा, दोह्री, कपाल काट्नु हुँदैन ।

    – घरमा देवीको मूर्ति तथा कलश स्थापना गरेपछि घरलाई खाली छाड्नु हुँदैन ।

    – ९ दिनसम्म सात्विक भोजन मात्रै गर्नुपर्छ । उपवास गर्ने व्यक्तिले माछा, मासु, अण्डा तथा लसुन, प्याज एवम् मास र मसुराको दाल खानु हुँदैन ।

    – उपवास गर्ने व्यक्तिले व्रतको बेला खाने खानामा अनाज समावेश गर्नु हुँदैन । फलफूल र दूध मात्रै खानु पर्छ ।

    – विष्णु पुराणका अनुसार नवरात्री व्रतको समयमा दिउँसो सुत्नु हुँदैन ।

    – उपवासका दौरान जाँड रक्सी छुनु पनि हुँदैन ।

    – व्रतको दौरान सूर्तिजन्य पदार्थ, जस्तै चुरोट, खैनी, गुटखा पनि सेवन पनि गर्नु हुँदैन ।

    – व्रतको समयमा शारीरिक सम्बन्ध राख्नु हुँदैन ।

    – महिलाले मासिक धर्म महिनावारीको बेला पूजा गर्नु हुँदैन ।

    – महिनावारीको सात दिनसम्म पूजा गर्न बर्जित गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार