२०८१ फागुन ५, सोमबार | Mon, 17, Feb, 2025

अदालत भित्रै गोली हानी अत्महत्या


३८६७ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १९, आईतबार मा प्रकाशित ५ साल अघि
  • थाइल्याण्डमा एक न्यायाधीशले अदालततभित्र आफैंलाई गोली हानेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् ।

    शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश फिएन्चनाले हत्या र अवैध बन्दुक राखेको आरोपमा पक्राउ परेका पाँच मुस्लिम पुरुषलाई सफाइ लिएका थिए ।लगतै न्यायापालिका निश्पक्ष हुनुपर्छ भन्दै न्यायिक सपथ बाचन गरेका उनले अचनाक पेेस्तोल निकालेर आफ्नै छातीमा गोली हानेका हुन् ।फिएन्चना, यला प्रान्तको अदालतका न्यायाधीश हुन् । यला क्षेत्र विद्रोहबाट प्रभावित दक्षिण थाइल्याण्डमा पर्छ ।

    न्यायाधीश फिएन्चनाले पाँच जनालाई सफाइ लिएपछि इजलासमा भावुक सम्बोधन गरेका थिए । त्यसको फेसबुकमा प्रत्यक्ष प्रशारण समेत भएको थियो ।उनले भनेका छन्, पाँच प्रतिवादीले अपराध गरेका होइन भनेर म भनिरहेको छैन । उनीहरुले गरेका हुनसक्छना् तर न्यायिक प्रक्रिया पारदर्शी र विश्वसनीय हुनुपर्छ । गलत व्यक्तिलाई दण्ड दिँदा उनीहरु बलिको बोका मात्र हुनसक्छन् ।’अदालतमा उपस्थित प्रत्यक्षदर्शीहरुकाअनुसार उनले दिवंगत थाई राजाको तस्वीरअघि न्यायिक सशत बाचन गरेका थिए । लगतै आफैंलाई गोली हानेका हुन् ।उनको एउटा अस्पतालमा उपचार भइरहेको छ ।घटनापछि उनले लेखेको एउटा विज्ञप्ति भेटिएको छ, जसमा आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा भएको बाहृय हस्तक्षेप हुनसक्ने संकेत गरिएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु