२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मन्दिरमा १४ हजार बोकाको बलि


२७७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा याे वर्ष १४ हजार ६ सय ३३ बोकाको बलि दिइएको छ ।आइतबार साँझ करिब ८ बजेबाट सुरु भएको बलि प्रदानको कार्यक्रम सोमबार बिहान ३ बजेर ३३ मिनेटसम्म चलेको पूजा मूल आयोजक महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले जानकारी दिए।

    गत बर्ष मन्दिरमा १४ हजार ९ सय ९७ बोकाबली प्रदान गरिएको थियो ।बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाको लागि ५ जनाको समूहमा स्वयंसेवक परिचालित थिए । बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा ५ जना जनशक्ति खटाइएको थियो । त्यस्तै नवमीका दिन अर्थात आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुरले जानकारी दिएका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार