२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आमा छोरा भएर बाबुको हत्या


२७७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • सप्तरीको महदेवा गाउँपालिकामा पत्नी र छोराको कुटाइबाट एक व्यक्तिको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पत्नी र छोराको कुटाइबाट घाइते भएका महदेवा गाउँपालिका ३ पकरी निवासी गफुर पमरियाको ज्यान गएको हो ।

    ६३ बर्षीय पमरियालाई ५० वर्षीया पत्नी जुमली खातुन र २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम पमरियाले कुटपिट गरेका थिए । आइतबार राति आफ्नै घरमा कुटपिट गर्दा घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    उनलाई कुटपिट गर्नुको कारण खुल्न सकेको छैन । घटनामा संलग्न उनकी पत्नी र छोरा फरार भएको तथा खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार