२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हिरासतमा रहेका महरा अश्वस्थ


३२३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • सम्झना मैनाली

    बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेर निर्वतमान सभामुख कृष्णबहादुर महरा सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

    सिंहदरबार वृत्तमा दुई वटा हिरासत कक्ष छन् । एउटा कक्षमा पुरुष र अर्कोमा महिलाहरुलाई राखिन्छ । महरा पुरुष हिरासत कक्षमा अन्य अभियुक्तसँगै बसिरहेका छन् । सो कक्षमा लागूऔषध कारोवारी र ठगीका अभियुक्तहरुसँगै उनलाई राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

    हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरुका अनुसार महरा उदास र मौन देखिएका छ । सोमबार दिउँसो हिरासत कक्षको सीसी टीभीमा हेर्दा उनी सुतिरहेका थिए । अधिकृतहरुका अनुसार उनले केही बेर पुस्तक पनि पढे । उनलाई प्रहरी अधिकृतका लागि बनाइएको खाना दिइएको छ । वीर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा ‘ब्लड प्रेसर हाइ’ देखिएपछि उनलाई नुन र अमिलो कम हालेको खान पहिल्यै झिकिन्छ ।

    स्वास्थ्यमा समस्या नआओस् भनेर एक जना चिकित्सक पनि तैनाथ राखिएको छ । श्वासप्रश्वासमा असहज हुन सक्ने भएकाले अक्सिजन पनि तयारी अवस्थामा राखिएको छ ।लामखुट्टेको समस्या नहोस् भनेर धुपको पनि व्यवस्था गरिएको प्रहरी स्रोत बताउँछ । स्वास्थ्यका कारण उनलाई छुट्टै कोठामा एक्लै राख्ने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार