२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

हजार डलरको रासिबाट पत्रकार सम्मानित हुने


२३६८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं, २१ असोज : निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई यो वर्षको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ शिवाकोटीलाई प्रदान गरिने भएको हो ।

    इन्जा मुख्यालय (अमेरिका, वासिङ्टन) ले विज्ञप्ति जारी गरी एक हजार अमेरिकी डलर राशि रहेको उक्त पुरस्कार यो वर्ष शिवाकोटीलाई दिने निर्णय गरिएको जनाएको छ ।आउँदो नोभेम्बर १७ तारिखका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भव्य समारोह आयोजना गरी उक्त पुरस्कार शिवाकोटीलाई दिइने इन्जा व्यवस्थापन समितिले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार