२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिन्धुपाल्चोक दुर्घटना, मृत्यु हुनेको संख्या ११ पुग्यो, उद्दारका लागि हेलिकोप्टर, दिउसो दुइ बजेसम्मको घाइतेहरुको नामावली सहित


३५०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २४, शुक्रबार मा प्रकाशित ४ साल अघि
  •  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहान करिब ९ः५५ बजेतिर भएको दुर्घटनाका घाइतेको उद्दारका लागि प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल हेलिकोप्टरसहित घटनास्थलमा पुगेका छन् ।
    दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । घाइतेको उद्दार काभ्रेको बनेपा, धुलिखेल मण्डनदेउपुर तथा भक्तपुरबाट एम्बुलेन्स र हेलिकोप्टर समेत प्रयोग भइरहेको छ । घटना स्थलमा नेपाल आर्मीको एम आई १७ जहाजमा मन्त्री दुलाल केहीबेरअघि मात्र घटनास्थल पुगेको उनका स्वकिय सचिव नवराज दाहालले जानकारी दिएका छन् । दाहालका अनुसार घाइतेको उद्दारका लागि मन्त्री दुलाल स्वयं आफू घटनास्थलमा पुगेका हुन् ।
    सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गएकाहरुको सनाखत हुन सकेको छैन । बसमा ६० जनाको हाराहारीमा यत्रु सवार रहेको अनुमान प्रहरीको छ । कच्ची सडक तथा यात्रुहरुको चापका कारण बस सडकबाट तल खसेर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेपनि थप अनुसन्धान गरेपछि मात्रै कारण खुल्ने प्रहरीको भनाई छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
                     दिउसो दुइ बजेसम्मको घाइतेहरुको नामावली
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार