२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

चिनियाँ राष्ट्रपतिको नेपाल आगमनको सन्देश के हो ?


३१४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २५, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमण भ्रमण आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरूले सी भ्रमणको दौरानमा हुने सम्झौतादेखि यसले प्रवाह गर्ने सन्देशसम्मको चर्चा गरेका छन् ।

    कान्तिपुरले ‘सी आगमनको सन्देश’ शीर्षक दिएर मुख्य समाचार छापेको छ । सम्पादक सुधीर शर्माको बाइलाइनमा लेखिएको सामग्रीमा चीनले नेपाल आफ्नो प्राथमिकताको मुलुक भएको राजनीतिक सन्देश यो भ्रमणमार्फत दिन चाहेको उल्लेख छ ।

    विश्लेषणात्मक समाचारमा कान्तिपुरले लेखेको छ– अहिले नेपालमा चीननले चाहेजस्तै राजनीतिक स्थायित्वसमेत आएको छ । एमाले–माओवादीबीच एकता होस् भन्ने उसको पुरानो प्रेरणाले मूर्तरूप लिएको र एकीकृत पार्टीले सुविधाजनक बहुमत पाएर सरकार बनाएका बेला सी हिमालमुन्तिर झरेका छन् । यसबीच उनको सबभन्दा बढी भेटघाट र व्यक्तिगत चिनाजानीसमेत भएक नेपाली नेताहरूमा नेकपाकै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड पर्छन् ।त्यसैले काठमाडौंमा कदाचित राजनीतिक नेतृत्व फेरिए पनि नीतिगत निरन्तरता कायम रहनेमा बेइजिङको विश्वास बढेको हुनसक्छ ।’

    कान्तिपुरमा लेखिएअनुसार यो अवस्थामा राष्ट्रपतीय तहबाट गरिने सम्झौताको कार्यान्वयन दुर्घटनामा नपनर्ने उनीहरूको बुझाइ छ । नेकपाले सी भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखको उपस्थितिमा आफ्ना केन्द्रीय नेताहरूलाई सी विचारधाराबाट समेत प्रशिक्षित गराइसकेको छ । सम्भवतः यो दुई देशबीच वैचारिक अनुकूलता रहेको सन्देश दिने प्रयास थियो । भलै त्यो नेकपाभित्रै विवादको विषय बन्यो, कान्तिपुरको विश्लेषण छ ।

    कान्तिपुरले अगाडि लेखेको छ– जानकारहरूको भनाइमा सीको आगमन नेपालको राजनीतिक अनुकूलताका कारण मात्र नभई भूराजनीतिक आवश्यकताबाट समेत निर्देशित छ ।अन्नपूर्णले चिनियाँ राष्ट्रपतिको भ्रमणको दौरानमा दर्जन बढी सम्झौता गर्ने तयारी रहेको लेखेको छ । अन्नपूर्णका अनुसार, केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौतादेखि पूर्व–पश्चिम राजमार्गको सहुलियत ऋणसम्मका प्रस्ताव नेपालले सम्झौताका लागि तयार पारेको छ ।

    सीको दुईदिने राजकीय भ्रमणको सुरक्षा प्रवन्धका लागि सेनाको कमान्डमा १५ हजार फौज परिचालन गरिएको अर्को खबर पनि अन्नपूर्णमा छ । परिचालित सैनिकले विमानस्थल, सवारी रूट, होटल, कार्यक्रमस्थल तथा अन्य संवेदनशील स्थानमा सुरक्षा दिने समाचारमा उल्लेख छ ।

    नेपाल–चीनसम्बन्धबारे विशेष सम्पादकीय नै लेखेको गोरखापत्रको पहिलो पृष्ठ सी भ्रमणकै विषयले भरिएको छ । राजधानीले पनि चिनियाँ सी भ्रमणकै वरिपरि रहेर सामग्री पस्केको छ । सी भ्रमणबाहेक सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाको विषयलाई पनि आजका दैनिक पत्रिकाहरूले समेटेका छन् । पत्रपत्रिकाहरूका अनुसार, ३४ सिटको बसमा तेब्बरभन्दा बढी यात्रु राख्दा दुर्घटना भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार