२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दाइजो नदिँदा नेपाली मूलकी युवतीको हत्या


२९६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २६, आईतबार मा प्रकाशित ४ साल अघि
  • विराटनगर । नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा भारतको जोगवनीमा भेटिएको छ । विराटनगर– ११ पञ्चमुखी चोंक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो ।

    स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको भन्दै घरपक्षबाट मानसिक यातना भोगिरहेकी रञ्जनाकोे शव सिमावर्ती क्षेत्र जोगवनीदेखि करिब १० किलोमिटर दक्षिण अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै भेटिएको हो ।

    आइतबार शव भेटिएपछि प्रहरीले मृतकका श्रीमानसहित चारजनालाई पक्राउ गरेको छ । माइती पक्षको उजुरीपछि भारतीय प्रहरीले मृतकका श्रीमान भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई पक्राउ गरेको हो ।

    स्थानीय उमालाल सहनीका अनुसार रञ्जनाको गत फागुनमा अररिया जिल्ला तकिया निवासी २५ वर्षिय भिम बहरदार मागी विवाह भएको थियो । विवाहपछि दाइजोमा मोटरसाइकल मागेपछि सहनी परिवारले ९० हजार भारतीय रुपैयाँमा मोटरसाइकल किनिदिएको थियो । तर दाइजो नपुगेको युवतीलाई परिवारले मानसिक यातना दिइरहको सहनीले बताए । पछिल्लो समय बहरदार परिवारले पसल राख्न भन्दै युवतीको माइती पक्षसँग दुईलाख मागिरहेको थियो ।

    केही दिन अघि माइत आएकी युवतीलाई श्रीमानले आएर लगेपछि हत्या गरेको माइती सहनीले बताए । सहनीका अनुसार खोलामा युवतीको शव भेटिदा हातखुट्टा बाँधेको अवस्थामा थियो । बिहिबार वा शुक्रबार हत्या गरी खोलामा फालेको शव आइतबार बिहान शौच गर्न जानेहरुले देखेको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार